×

NMB BANK
NIC ASIA

सुर्खेत – नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले बहुमतीय संस्कार अवलम्बन गरेर आफैलाई असफल बनाउने कार्य गरेको आरोप लगाएका छन् ।

Muktinath Bank

वीरेन्द्रनगरमा बुधवार नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता सिटौलाले सभापति असफल हुन कांग्रेस नै असफल हुने भएका कारण सहमति, सर्वसम्मतको प्रक्रिया अपनाउनुपर्नेमा जोड दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘वीपी कोइरालाले हरेक निर्णय लिँदा सबै कार्यकर्ताको राय बुझेर लिने गर्दथे,’ पार्टी सभापति देउवाको एकल निर्णयप्रति इङ्गित गर्दै उनले भने, ‘कार्यकर्ताको चाहना विपरीत उहाँले काम गर्नुभयो भने उहाँ नै असफल हुनुहुन्छ र त्यसले सिंगो पार्टीलाई नै असफल बनाउने छ । यसमा सुधार हुन जरुरी छ ।’ उनले पार्टी सभापति देउवाको होस खुल्ने अपेक्षासमेत व्यक्त गरे ।


Advertisment
Nabil box
Kumari

नेता सिटौलाले आफूले कांग्रेसलाई एउटै मालाले सजाउन चाहेको बताए । ‘एकाध व्यक्ति माला लगाउन थालेको पाइएको छ,’ उनले भने, ‘तर सबैले सबैलाई माला लगाउनुपर्छ । एकताको, सहमतिको, सहकार्यको सन्देश दिनुपर्छ ।’

Vianet communication
Laxmi Bank

द्वन्द्वपीडितलाई न्याय देउ

नेता सिटौलाले आजकै दिन बृहत् शान्ति सम्झौता भएको बताउँदै अहिलेसम्म पनि द्वन्द्वपीडितले न्याय नपाउनु दुःखद भएको प्रतिक्रिया दिए । ‘हिजो हामी ७ दल र तत्कालीन विद्रोही पक्ष माओवादीबीच बृहत् शान्ति सम्झौता भएको थियो,’ उनले भने, ‘सोही सम्झौता अनुरुप हामीले आयोग गठन गरेर द्वन्द्वपीडितलाई न्याय दिने कार्य अघि बढाएका थियौं । तर अहिले आयोगको काम कहाँ, के भइरहेको छ थाहा नै छैन ।’ उनले तत्काल सरकारले पीडितलाई उचित न्याय दिन पहल गर्नुपर्ने र त्यसका लागि सरकारलाई आवश्यक सहयोग गर्न कांग्रेस तयार छ ।’

उनले पीडितले न्याय नपाएको खण्डमा बदलाको भावना जाग्ने र त्यसले देशमा फेरि अशान्ति ल्याउन सक्ने खतरा कायमै रहेको बताए । ‘अहिले त देशमा शान्ति छ, सबैले काम गरिरहेका छन्,’ उनले भने, ‘तर भविष्यमा न्याय दिन नसकेको खण्डमा देशमा कतै फेरि हिंसात्मक वातावरण बन्ने त होइन, मलाई चिन्ता लागिरहेको छ । यो समस्या समाधान गर्न सरकार र प्रतिपक्ष सबै लाग्न जरुरी छ ।’

सरकारले केही गर्न सकेन

नेता सिटौलाले वर्तमान दुईतिहाईको सरकारले १ वर्षमा केही काम गर्न नसकेको आरोप लगाए । ‘१ वर्षमा सरकारले न त जनतालाई आशा दियो, न त भरोसा नै दियो,’ उनले भने, ‘बरु सरकारले कुखुरादेखि जग्गामा चर्को कर लगायो र जनतालाई निराशा मात्रै दियो ।’ 

नेता सिटौलाले सरकारले अहिले नेकपालाई र नेकपाका कार्यकर्तालाई व्यवस्थापन गरिरहेको बताए । ‘नेकपा अहिले कार्यकर्ता व्यवस्थापनमा व्यस्त छ । देशमा विकास निर्माण गर्ने, जनतालाई व्यवस्थापन गर्ने कुरामा ध्यान नै दिन सकेको छैन,’ उनले भने, ‘यो १ वर्षमा सरकारले जनतालाई केही दिन सकेन । आगामी ४ वर्षमा पनि सरकारले जनतालाई केही दिन नसक्ने हो कि भन्ने लागिरहेको छ ।’ उनले वर्तमान सरकारस्थिर सरकार भएका कारणले जनताको अपेक्षा पूरा गर्न कटिबद्व भएर लाग्नुपर्नेमा जोड दिए ।

निरीह कांग्रेस

उनले संसदमा नेपाली कांग्रेस निरीह भएको बताए । ‘सरकारको राम्रो कामको प्रसंसा गर्ने, नराम्रो कामको विरोध गर्ने काम हामीबाट हुन सकेको छैन,’ उनले भने, ‘सरकारसँग सत्ताको उन्माद भएपनि निरन्तर खबरदारी गर्ने जिम्मा पाएको नेपाली कांग्रेस चुपचाप लागिरहेको छ । यसले हामी कस्तो लोकतन्त्रको अभ्यास गर्दैछौं भन्ने कुरा प्रष्ट हुन्छ ।’ उनले सरकारको बन्दा आँखालाई प्रतिपक्षले खोल्न नसकेको बताए ।

‘सरकारले मनपरी गरिरहेको छ,’ उनले भने, ‘प्रतिपक्ष सुस्ताइरहेको छ । सरकारलाई सही बाटोमा हिँडाउन सकिरहेको छैन ।’ नेपाली कांग्रेसले अब सरकारलाई खबरदारी गर्नुपर्ने बेला आएको बताए । नेता सिटौलाले अब महासमितिको बैठक तोकिएको मितिमा नै गर्नुपर्नेमा जोड दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x