माघ २७, २०८०
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
मंसिर ५, २०७५
चितवन- कुनै समय सडकका पेटीमा डेन्ड्राइटको गन्ध सुँघेर लठ्ठिरहने बालक यतिबेला रेडियो र टेलिभिजनबाट सर्वसाधारणलाई सकारात्मक सन्देश दिने काममा सहभागी छन् ।
करीब चार वर्षको उमेरमा सडकमा पुगेका सुरज कँडेल ‘किरण’ ६ वर्षदेखि भरतपुरस्थित कालिका एफएम र टेलिभिजनमा समाचार खोज्ने, बनाे र कार्यक्रम प्रस्तुत गर्नेजस्ता कार्यमा व्यस्त छन् ।
भरतपुरको बेलटाँडीमा बसोवास गर्दैगर्दा बाबुको देहावसान भयो । आमा अर्कैसँगै जानुभयो । केही दिन आमासँगै सौतेनी बाबुकहाँ गए पनि टिक्न कठिन भयो । त्यहाँबाट एक साँझ विकल्पविहीन बनेपछि करीब चार वर्षको उमेरमा आफू सडकमा होमिएको किरण बताउँछन्उ । किरणले भने “मलाई सम्झना छ, विकल्प केही नभएपछि म सडकमा गएँ । पहिलो रात डेन्ड्राइटसहितको कालो नशालु पदार्थ मलाई खुवाए ।” त्यसपछिको केही समय निकै दुःखदायी जीवन सडकमा बितेको ी स्मरण गर्छन् ।
पहिलो दिन दुखिया नामको साथी भेटेको स्मरण गर्दै ले भने “कैयौँ रात र दिन हामी भोकै बसेका छौँ ।” कवाडी सङ्कलन गर्ने, चोर्नेजस्ता काम गरेर आएको पैसाले बजार नजिकैको तामाङ टोलमा रु १० तिरेर भात खाने गरेको उनलाई सम्झना छ । मान्छेले सडक बालबालिकालाई हेर्ने दृष्टिकोण नकारात्मक छ । बालबालिकाको बाध्यता कसैले नबुझेकामा उनी गुनासो पोख्छन् । यही क्रममा किरण नारायणगढको पुलचोकबाट ‘हाम्रो घर’ को सहारामा पुगे ।
हाम्रो घरकी आमा गङ्गा सिग्देलका अनुसार १० वर्ष हाराहारीको उमेरमा किरणलाई त्यहाँ लगिएको थियो । त्यहीँ बसेर किरणले एसइईसम्मको अध्ययन गरे । त्यसपछि उन २०६९ सालबाट कालिका एफएममा आबद्ध भए । रेडियोको प्राविधिकमा काम गर्दै जाँदा सोही समूहले सञ्चालन गरेको कालिका टेलिभिजनमा कार्यक्रम उत्पादन र सञ्चालनसमेत गर्दै आएका छन् ।
सोही क्रममा झण्डै दुई वर्षअघि कालिका एफएममै कार्यरत सविता महतोसँग किरणको विवाह भयो । अहिले सात महीनाकी छोरीसँगै किरण दम्पती कालिका एफएम र टेलिभिजनमा कार्यरत छन् । ‘किरण’ हाम्रो घरले राख्ने थर हो । पहिले उनको थर बोहोरा थियो । सडकमै रहँदा एक जना जोगीले उनलाई बेच्नका लागि लग्यो । किरणले भने “मेरो साथीको बुबा जोगी थिए, माग्नका लागि भन्दै निजगढ पुर्याए । मलाई भारत बेच्न लैजान लागेको जस्तो लाग्यो, त्यहीको चिया पसलेलाई भनेँ ।”
घटनाक्रम सुनाउँदै उनले थपे“पसलेले प्रहरीलाई भनेपछि जोगी पक्राउ परे । मलाई चिया पसलेले पाले । कँडेल थिए । त्यसैले थर कँडेल लेख्दै आएँ ।” केही समय निजगढ बसेका किरण फेरि नारायणगढ बजारको सडकमा फर्किए । त्यसपश्चात् किरणलाई हाम्रो घरले आश्रय दिएको हो । उनको एउटा भाइ कक्षा १० मा पढ्दै विहान बेलुका पसलमा काम गर्छ । उनलाई छाडेकी आमाको बारेमा खासै थाहा नभएको किरणको भनाइ छ ।
उनलाई आश्रय दिएको हाम्रो घरकी सचिव मीना खरेलका अनुसार हालसम्म सो संस्थाले ६१ सडक बालबालिकालाई पुनःस्थापना गरेको छ । हाल हाम्रो घरमा २१ भाइ र आठ बहिनी छन् । बाँकी नौले पेशा÷व्यवसाय गरिरहेका छन् । अन्यलाई परिवारसँग पुनःस्थापना गराइएको खरेल बताुहुन्छ । सडकबाट पुनःस्थापना गरी हुर्काएर पेशा÷व्यवसायमा लगाई घरजमसम्म भएको देख्न पाउँदा आफूलाई निकै आनन्द लाग्ने गरेको सामाजिक अभियन्तासमेत रहेकी खरेल बताउँछिन् ।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...