×

NMB BANK
NIC ASIA

कसले गर्‍यो हुसेनको हत्या ? भारतीय गाडीमा फौजी पोशाकमा रातिराति आउने को थिए ?

मंसिर ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुनसरी – सुनसरीको दुहवी नगरपालिका–९ सोनापुरको छाताबेलीस्थित जयबाबा इँटा उद्योग अगाडि मोटरसाइकलमा आएका २ जनाको गोली प्रहारबाट ज्यान गएका फिदा हुसेनको हत्या घटनाले सुनसरीमा थप तरङ्ग ल्याएको छ ।

Muktinath Bank

केही महिना अगाडि मात्र हत्या भएका खुर्सिद आलमको हत्यासँग बुधवारको घटनालाई कतिपयले जोडेर हेरेका छन् भने कतियपले रीसइबीपछि हत्या गरिएको हुनसक्ने अनुमान लगाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रामनगरका खुर्सिद अन्सारीको हत्याको ठीक ६० दिनपछि बुधवार बिहान सनुसरीमै अर्का मुस्लिम व्यवसायीको हत्या भएको हो । दुहवीको जयबाबा इँट्टा उद्योगमा व्यवस्थापक रहेका हुसेनलाई २ जना बन्धुकधारीले बिहान साढे ६ बजे गोली हानेका थिए । ३ गोली लागेका भनिएका हुसेनलाई उपचारको लागि विराटनगर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।


Advertisment
Nabil box
Kumari

हत्या गर्ने अपराधिक समूह भएको हुनसक्ने भनिएपनि कसैले पनि हेल्मेट नलगाएकाले हेल्मेट बिना गाउँसम्म कसरी पुगे भन्ने विषय गम्भीर भएको इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षण रामनारायण माझीले बताए ।

Vianet communication
Laxmi Bank

असोज ४ गते रामनगरको भुटाहामा हत्या गरिएका खुर्सिद अन्सारीको हत्या भारतीय बन्दुकधारीले गर्नु र भारतीय नम्बर प्लेटमा आएर हत्या गरिएको थियो । खुर्सिदलाई पटक–पटक सुपुर्दगी गर्न भारतले नेपाललाई आग्रह गरेको सन्दर्भले उनको हत्यालाई शंकास्पद रुपले हेरिएको थियो । अन्सारीको हत्याको छानबिन गर्न गठित एसएसपी किशोर दाहाल नेतृत्वको टोलीले पनि खुर्सिद हत्यारा भारतीय रहेको निष्कर्ष निकालेको थियो ।

बुधवार भएको हुसैन हत्याबारे स्थानीय हाजी रमजानले भारतीय हावा नेपालमा भित्रिएको आरोप लगाएका छन् । ‘भारतमा मुस्लिम सक्ने अभियान नेपालमा आएको छ, यसले हामीलाई त्रसित बनाएको छ,’ उनले भने, ‘इन्डियाको हावा नेपालमा आएको छ, नेपालमा मुस्लिमलाई सक्न लागेका छन् ।’

हत्या भएका हुसैन सबैको सुखदुःखमा साथ दिने व्यक्ति भएको उनले बताए । पटक–पटक मुस्लिमलाई हत्या गर्न प्रयोग भएका गाडी भारतीय नम्बर प्लेटका भएको र हत्यारा भारतीर नै जानुले मुस्लिमको हत्या भारतीय हात भएको उनले बताए । विभिन्न समयमा हत्या गरेर मुस्लिमलाई त्रास फैलाउन खोजिएका उनको तर्क गरे । 

हाजी रमजानले केही दिन अघिदेखि नै गाउँमा भारतीय गाडीमा फौजी पोशाकमै केही व्यक्तिको घुमफिर भइरहेकोबारे प्रहरीलाई जानकारी गराइएको बताए । इन्डियन गाडीमा राति ९–१० बजेको समयमा १५ दिन अघिदेखि नै खनार, छातावेली (जहाँ हुसैनको हत्या भयो) र दुहबी–१ को परास्टोकीमा फैजी पोशाकमा भारतीय गाडीमा रातिराति घुम्ने गरेकोबारे प्रहरीलाई जानकारी गराउँदा समेत वास्ता नगरिएको उनले बताए । ‘मैले सीडीओ, एसपी सा’प सबैलाई यस्तो छ है भनेर जानकारी गराएँ,’ उनले भने, ‘त्यसपछि वडाध्यक्ष आफैले पनि जानकारी गराउनुभएको थियो, हाम्रो कुरा वास्तै गरेनन् ।’

हत्याको विषयमा मुस्लिम समुदाय कडा आन्दोलनमा उत्रिने तयारीमा लागेका छन् । गृहमन्त्रीले आएर हत्यारालाई खोजी गरी कानूनी दायरामा ल्याउने प्रतिबद्धता नजनाउँदासम्म आन्दोलन जारी रहने जनाइएको छ ।

यसरी भयो हत्या

बुधवार बिहान ६ बजेतिर हुसैन दम्पती मर्निङ वाकमा निस्किएका थिए । केहीबेरपछि नजिकै नजरमा पुग्दा हुसैनले पत्नीलाई घर पठाए र आफू इँटाभट्टातिर लागे । तर हुसैन इँटाभट्टा नपुग्दै उनीमाथि गोली प्रहार भयो ।

घटना सोनापुर नहर चोकदेखि उत्तरपट्टिको हो । इँटा उद्योगतर्फ गइरहेको बेलामा उनीमाथि कसले गोली चलायो ? अहिलेसम्म अत्तोपत्तो छैन । तर जिल्लाका सुरक्षा अधिकारी अहिले घटनास्थलमा पुगेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारीसहित प्रहरी प्रमुख पनि मृतक फिदा हुसैनको घरमा पुगेका छन् । 

प्रहरीले हत्याबारे सोधिखोजी गरेको जनाएपनि हालसम्म हत्यारा पक्राउ गर्न सकेको छैन । स्थानीय १ जनाले भागेको बताएपनि गोली हान्ने व्यक्ति कस्ता थिए भन्नेबारे कसैले बताउन सकेको छैन । एउटा मोटरसाइकलमा २ जना आएको र हिँडिरहेको बेलामा फिदामाथि गोली प्रहार भएको देखिनमा आएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक राजनारायण माझीले घटनामा आएका २ जनाले गोली हानेर भागेको बताएका छन् । गोली हानेर भाग्दा दक्षिणतिर गएको भए हत्यारा सीमा कटेको हुनसक्ने बताइएपनि गोली प्रहार गर्ने व्यक्ति गोली हानेर पूर्वतिर भागेकाले खोजी भइरहेको माझीले जानकारी दिए । प्रहरीले केही व्यक्तिलाई अनुसन्धानको लागि पक्राउ गरेको जनाएको छ । 

दुहबी बजार तनावग्रस्त

हत्यापछि आक्रोशित मृतकका आफन्तले दुुहबी बजार बन्द गराएका छन् भने सडकमा सवारी गुड्न दिएका छैनन् । दुहवी बजार सुनसान छ, कुनै पनि सवारीसाधन केही मोटरसाइकलबाहेक सबै साधन सञ्चालनमा रोक लगाइएको छ ।

सुनसरीको दुहबी बजार तनावग्रस्त बनेको छ । व्यवसायी फिदा हुसैनमाथि गोली प्रहार भएको विषयलाई लिएर बजार तनावग्रस्त भएको हो । प्रशासनले सुरक्षा दिन नसकेको भन्दै मृतकका आफन्त र समर्थक बजार बन्द गराउन निस्किएका छन् ।

बजार, पसल बन्द गराउन निस्किएको समूहले औषधी पसलमा समेत क्षति पुर्याएको छ । समूहले दुहबी चोकको अमरदीप मेडिकल पसलका सञ्चालक हाकु साहको टाउको फुटाएका छन् ।

यातायात बन्द

सुनसरीको दुहबीमा गोली प्रहार गरी स्थानीय फिदा हुसैनको हत्यापछि दुहबी बजार बन्द भएपछि  सवारीसाधन विराटनगरको पुष्पलाल चोक हुँदै विराटचोकबाट हिँड्न थालेका छन् । बन्दका कारण मोटरसाइकलबाहेक कुनै पनि सवारीसाधन स्थानीयले आउजाउ गर्न नदिएर बन्द गराएपछि सवारीसाधन विराटनगरबाट नेताचोक हुँदै विराट चोक निस्किएका हुन् ।

दुहवीका विभिन्न स्थानमा टायर बालिएको छ । सुरक्षा मध्यनगर गर्दै प्रहरीले व्यापक सुरक्षा परिचालन गरिएको प्रहरी निरीक्षक रामनारायण माझीले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x