×

NMB BANK
NIC ASIA

२२ दिन थुनामा बसेर छुटिन् सर्वोच्चका न्यायाधीशकी श्रीमती, सहमतिमा ‘किर्ते’ गरेको बयान

मंसिर ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

उदयपुर– नक्कली छोरा बनाएर जन्मदर्ता गरेको अभियोगमा २२ दिन थुनामा परेकी सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी श्रीमती ललिताकुमारी थुनामुक्त भएकी छन् । 

Muktinath Bank

ललिताकुमारीका ससुरा बलबहादुर राउतले दिएको उजुरीका आधारमा प्रहरीले उनीसहित उनका दाजु र भाउजुलाई १४ कात्तिकमा पक्राउ गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुद्दाको प्रारम्भिक सुनुवाईका क्रममा जिल्ला अदालत उदयपुरले तीनै जनालाई थुनामा राखेर अनुसन्धान आदेश दिएको थियो । मुद्दाको अनुसन्धानका लागि थुनामा रहेका उनीहरु जिल्ला अदालतकै आदेशानुसार बुधवार रिहा भएका हुन् । 


Advertisment
Nabil box
Kumari

प्रहरीले उनीविरुद्ध सरकारी कागजात किर्तेको अभियोगमा मुद्दा चलाएको थियो । न्यायाधीश तीर्थराज केसीको इजलाशले कागजात किर्तेको मुद्दामा प्रतिवादी पक्षले प्रमाण नष्ट गर्ने संभावना नरेकाले ललिताकुमारीलाई रिहा गर्न आदेश दिएको हो । 

Vianet communication
Laxmi Bank

‘निजहरूलाई हिरासत नराखी अड्डाले खोजेको बखत उपस्थति गराउने शर्तमा मुद्दाको अनुसन्धान गर्न कुनै वाधा नदेखिने हुँदा थप अवधि हिरासतमा नराखी अनुसन्धान गर्नुहोला,’ न्यायाधीश केसीको इजलाशले जारी गरेको आदेशमा भनिएको छ । 

१४ वर्ष अगाडि (२०६१ सालमा) विवाह गरेको प्रकाशमान र ललिताका सन्तान छैनन् । ललिताले श्रीमान् (न्यायाधीश प्रकाशमान सिंह राउत)कै सहमतिमा दाजु–भाउजुको सन्तानलाई आफ्नो बनाएर जन्मदर्ता गराएको प्रहरीमा बयान दिएकी थिइन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x