×

NMB BANK
NIC ASIA

काठमाडौँदेखि लुम्बिनीसम्म महोत्सव हुने

मंसिर ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ– अन्तर्राष्ट्रिय स्तरका कलाकारलाई स्वदेशमा आकर्षित गरी कला र पर्यटनको अभिवृद्धि गर्ने उद्देश्यले यही मङ्सिर १७ देखि २३ गतेसम्म ‘दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव’ काठमाडौँदेखि लुम्बिनीसम्म गरिने भएको छ । 

अन्तर्राष्ट्रिय जलरङ समाज नेपालले आयोजना गर्ने महोत्सवमा १० मुलुकका ३५ कलाकारको सहभागिता रहनेछ । महोत्सवको पहिलो दिन नेपाल कला परिषद्मा उद्घाटन गरी औपचारिकता दिइनेछ भने १८ देखि २३ गतेसम्म लुम्बिनीमा कार्यशाला गरिनेछ । 

समाजका अध्यक्ष एनबी गुरुङले पछिल्लो समय विकास भएका विभिन्न प्रविधि तथा कला कौशलको यस क्षेत्रमा भइरहेको प्रयोगलाई अन्तर्राष्ट्रिय तहका कलाकारबाट अनुभव आदान प्रदान गर्न महोत्सवले सहयोग गर्ने जानकारी दिए । महोत्सवमा सहभागी हुने मुलुकका सम्बन्धित कलाकारले आ–आफ्नो देशमा नेपालका पर्यटकीयस्थल, सौन्दर्यस्थल, मनोरम दृश्यबारे जानकारी गराउन काठमाडौँदेखि लुम्बिनीसम्म महोत्सव गर्न लागिएको र यसले भ्रमण वर्षबारे प्रचार–प्रसार गरी पर्यटक अभिवृद्धि गर्ने उनले बताए । 

नेपाल सांस्कृति संस्थान, नेपाल पर्यटन बोर्डलगायत संस्थाको समन्वयमा हुने उक्त महोत्सव करीब रु २५ लाखको लागतमा सम्पन्न गरिने आयोजकले जनाएको छ । महोत्सवले पर्यटनको विकास र यस क्षेत्रमा हुने सकारात्मक परिवर्तनमा भूमिका निर्वाह गरिने विश्वास राखिएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x