कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
कञ्चनपुर– यहाँको कृष्णपुर नगरपालिका– ८ का हर्कबहादुर कामीको घरबाट सुनका तयारी अवस्थाका ३० तोला गहना चोरी गर्ने तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
गहना बेच्दै हिँडेको अवस्थामा चोरीमा संलग्न कृष्णपुर नगरपालिका–९ का २८ वर्षीय वासुदेव अवस्थी र कैलालीको गोदावरी नगरपालिका–९ बस्ने २३ वर्षीय दीपकबहादुर बमलाई प्रहरीले गहनासहित पक्राउ गरेको हो । घरमा कोही नभएका बेला ढोकाको ताला फुटालेर गहना चोरी गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।
चोरीको गहना सस्तोमा किन्ने कैलालीको धनगढी उपमहानगरपालिका–३ का सुर्मादेवी सुनचाँदी गहना पसलका सञ्चालक ३५ वर्षीय दीपेन्द्र सोवलाई समेत प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्नबाट प्रहरीले सुनको तिलहरी छड्के एक थान, सानो तिलहरी थान एक, अाैंठी विना पत्थरको थान एक, जुली एक सेट दुई थान, सिरफुल चन्द्रमा थान एक, बालि दुई जोर चार थान, नाकको फुली एक थान, चाँदीको हार थान एक र चाँदीका सिक्का २६ थान बरामद गरेको छ ।
गहना चोरी भएका हर्कबहादुर कामीले प्रहरीमा दिएको जाहेरीअनुसार सुनका १५ थान गहना झण्डै ३० तोला, चाँदीका १० तोलाका सिक्का, चाँदीको २०० ग्रामको पाउजु र रु ५० हजार चोरी भएको थियो । चोरीमा संलग्न र चोरीका गहना खरिद गर्ने तीनै जनालाई इपका झलारीको हिरासतमा राखिएको छ ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...