मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री भीम रावलले सत्यनिरुपण तथा व्यक्ति बेपत्ता छानबिन आयोगबाट काम सम्पन्न नभएको देख्दा आफूलाई आश्चर्य र दुःख लागेको गुनासो पोखेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने काम अहिलेसम्म किन भएन ? मलाई आश्चर्य लागेको छ । आयोगले आफ्नो छानबिनको काम पूरा गर्नेछ, द्वन्द्वबाट पीडितहरुले संक्रमणकालिन न्याय पाउनेछन्, र त्यसपछि कसैलेपनि द्वन्द्वकालमा हामीले भोग्नुपरेको यो पीडा त्यसले निकास पाएका छैनन् भन्ने गुनासो गर्न नपाउन भन्ने उद्देश्यबाट संविधान निर्माणको बखतमा हामीले यो आयोगको परिकल्पना गरेका थियौं । तर, आयोगले समयमै गर्नुपर्ने काम सम्पन्न नगरेकोमा म दुःखी छु ।’
नेता रावलले यी दुई आयोगले सरकारले दिएको काम अहिलेसम्म पूरा नगरेकोमा आफूलाई आश्चर्य तुल्याएको सुनाए । उनले भने,‘आयोगलाई दिईएको काम अहिलेसम्म पूरा गरेन् । किन काम गर्न सकेन ? मलाई आश्चर्य र दुःख लागेको छ । यदि आयोगहरुलाई कुनै कानुनी तथा व्यवहारिक समस्या छ भने त्यो सरकारलाई भन्नुपर्यो । होईन भने काम किन अघि बढेन ? यदि समस्या छ भने के समस्या हो, त्यसतर्फ सरकारले पनि ध्यान देओस् ।’
मुलुकमा अहिले आफ्नै पार्टीको झण्डै दुई तिहाई बहुमतको सरकार रहेको र प्रदेशमा पनि ६ वटै प्रदेशमा नेकपाको बहुमतको सरकार रहेको सुनाउँदै उनले भने,‘अब कुनैपनि प्रकारको द्वन्द्व छैन । र, कसैले कानुन उल्लंघन गरे, संविधान उल्लंघन गरे भने यो त कानुनी शासन हो नि। कानुनबमोजिम सम्बन्धित समूह व्यक्ति जानुपर्छ। त्यो दिशातर्फ सरकार जानुपर्छ भन्ने मेरो आग्रह छ ।’
अहिलेपनि हामी द्वन्द्वमै छौं जस्तो गरेर कतिपयले गर्ने व्यवहारप्रति आफू सहमत नभएको रावलको भनाई छ ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...