काठमाडौँ- उच्च अदालत पाटनले टिपर व्यवसायीलाई पेशा व्यवसाय गर्नका लागि सरकारले निर्धारण गरेको समय पालना गर्न आदेश जारी गरेको छ ।
न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले आज टिपर व्यवसायीले पेशा व्यवसाय गर्दा निश्चित मापदण्डको पालना गर्नुपर्ने हुँदा सरकारले निर्धारण गरेको समयको पालना गर्नुपर्ने आदेश जारी गरेको हो । आदेशमा व्यवसायीलाई सम्पत्ति कमाउने संवैधानिक हकको पनि संरक्षण हुने र नागरिकको पनि जीउधनको सुरक्षा हुने हुनाले तोकेको समय बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म टिपर नचलाउने भनिएको छ ।
जुनसुकै समयमा पनि टिपर चलाउन पाउनुपर्ने माग गर्दै टिपर व्यवसायी सङ्घ दोलखाले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेको थियो । सरकारले टिपरका कारण धेरै नागरिकको ज्यान गएपछि बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म मात्र चलाउनका लागि समय निर्धारण गरेको थियो । अदालतले सरकारले व्यवसायीका लागि आचारसंहिता बनाएर समय निर्धारण गर्नसक्ने भएकाले लिखित जवाफ माग्नुपर्ने कारण नदेखिएको उल्लेख गर्र्र्दै रिट खारेज गरेको छ ।
थप समाचार
- कर्णालीको राजधानीबाट लागूऔषधसहित ६ पक्राउ
- युवतीमाथि यौन दुर्व्यवहार गरेपछि टीयूका सहायक डीनलाई विद्यार्थीले लगाए कालोमोसो
- कर्णाली प्रदेश मदिरामुक्त !
- पूर्व रजिष्ट्रार अटेरी बन्दा फिर्ता भएन विश्वविद्यालयको गाडी
- पदोन्नति भएका ३९ प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदान
- सिन्डिकेट अन्त्य गर्न यातायात प्राधिकरण, बस चढेको भुक्तानी कार्डबाट
प्रतिक्रिया दिनुहोस