पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
बंगलादेशमा रहेको हजारौं रोहिंग्याहरूलाई म्यान्मार फर्काउने प्रयास शुरू भएको कैयौं दिनपछि संसारको सबभन्दा बढी खेदिएको यो अल्पसंख्यक समुदायको भविष्य झनै अनिश्चित देखिएको छ । उनीहरू म्यान्मार फर्किए नै भने पनि सुरक्षित रूपमा फर्किन अझै वर्षौं लाग्ने चिन्ता व्यक्त गरिएको छ ।
गत साता म्यान्मार र बंगलादेश सरकारले कक्सेस बजारस्थित शिविरमा रहेका सात लाखभन्दा बढी रोहिंग्या शरणार्थीहरूलाई म्यान्मार फर्काउने प्रयास गरेपनि एकजना पनि रोहिंग्या जान मानेनन् । यसले गर्दा संसारको सबभन्दा ठूलो आप्रवासी संकट थप अनिश्चित बनेको छ ।
रखाइन प्रान्तको अवस्था अझै खतरनाक र अस्थिर रहेकाले शरणार्थीहरू घर फर्किन चाहेपनि निकै ठूलो अवरोध रहेको छ । सन् २०१७ को अगस्ट महिनामा सेनाको दमनपछि दशौं हजारजना मारिए, महिलाहरूमाथि बलात्कार भयो र गाउँका गाउँ नष्ट गरिए । त्यसले गर्दा लाखौं मानिस भाग्न बाध्य भए ।
म्यान्मार सरकारले गत साता रोहिंग्याहरूलाई फिर्ता लिन तयार रहेको घोषणा गरेको थियो अनि उनीहरूलाई दिनको १५० जनाको दरले स्वागत गर्नका लागि शिविर र रिसेप्सन केन्द्रहरू बनाएको थियो । तर देश फर्किनका लागि रोहिंग्याहरूले आवश्यक मानेका सुरक्षा, नागरिकता र हिँडडुलको स्वतन्त्रता जस्ता शर्तमा कुनै प्रत्याभूति दिइएको छैन ।
‘म्यान्मारले रोहिंग्यालाई फिर्ता लेला भन्ने मलाई विश्वास छैन,’ म्यान्मारका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक याङ्घी लीले बुधवार द गार्डियनलाई बताइन् ।
म्यान्मार आफैंले फर्किएका रोहिंग्याहरूलाई रखाइनमा रहेको मउङद टाउनशिप क्षेत्रबाट बाहिर निस्कन नदिइने बताएको छ । यो उनीहरू भागेको तीन क्षेत्रमध्ये एक हो ।
‘देश फर्काउने कुरा अत्यन्तै अवास्तविक छ र निकै खतरनाक पनि,’ लीले बताए । ‘म्यान्मारले रोहिंग्यालाई फिर्ता लिने वास्तविक इच्छा देखाएको छैन र उनीहरूलाई फिर्ता लिने कुरा गफै मात्र हो । उनीहरूलाई देश छोड्न बाध्य पार्ने कुनै कुरामा पनि परिवर्तन आएको छैन ।’
रखाइनमा अस्थिर अवस्था रहेकाले शरणार्थीहरूलाई निकट भविष्यमा फिर्ता पठाउन निकै कठिनाइ हुन सक्ने देखिएको छ । मानवअधिकार समूह र गैरसरकारी संस्थाहरूले यही परिस्थितिको दुरुपयोग गरेर म्यान्मारले रोहिंग्यालाई वर्षौंसम्म कक्सेस बजारस्थित शिविरहरूमा थन्क्याइरहने डर व्यक्त गरेका छन् ।
मेलमिलापका प्रयासहरू भएपनि रोहिंग्यालाई सुरक्षित रूपमा फर्किनका लागि वर्षौं वर्ष लाग्ने लीले बताइन् किनकि रखाइनमा राज्यको कानूनले, व्यवहारले र नीतिले दशकौंसम्म गरेको विभेदका कारण मुसलमानविरोधी भावना गहिरोसँग गढेको छ । परिस्थिति अत्यन्त खराब भएकाले रखाइनमा रहेका मुसलमानहरू अहिले पनि बंगलादेशतिर भागिरहेका छन् । जनवरी महिनादेखि अहिलेसम्म १४ हजारजनाले सीमा पार गरिसकेका छन् र संयुक्त राष्ट्रसंघको तथ्यखोजी (फ्याक्टफाइन्डिङ) मिसनले ‘नरसंहार अझै भइरहेको’ हालै बताएको छ ।
लीको निराशावाद मार्क फर्मानेरले पनि व्यक्त गरे । उनी बर्मा क्याम्पेन यूकेका निर्देशक हुन् । म्यान्मारले सार्वजनिक रूपमा आफू शरणार्थीलाई देश फर्काउन इच्छुक रहेको देखाएको देखावटी मात्र भएको र अन्तर्राष्ट्रिय दबाबलाई सहज बनाउनका लागि मात्र गरिएको फर्मानेर बताउँछन् । रखाइन प्रान्तमा जातिसफाया गरिएको निष्कर्ष राष्ट्रसंघीय तथ्यखोजी मिसनले निकालेपछि म्यान्मारमाथि अन्तर्राष्ट्रिय दबाब बढेको हो । निष्कर्षले त म्यान्मारका सैन्य जनरलहरूलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट नरसंहारका लागि अनुसन्धान गर्नुपर्ने पनि बताएको छ ।
‘वास्तवमा म्यान्मारले उनीहरू सबैलाई फिर्ता लिने वा उनीहरूको नागरिकता कायम गर्ने उद्देश्य लिएकै छैन,’ फर्मानेरले भने । ‘तपाईंले स्पष्ट देख्नुहुन्छ, उनीहरूले लगभग ३० हजार रोहिंग्यालाई राख्नका लागि मात्र शिविर बनाएका छन् । अन्तर्राष्ट्रिय समुदायको घाँडो मन्साउनका लागि उनीहरूले सानो संख्याको शरणार्थी फिर्ता लिने मूल्य चुकाउन तयार रहेको विचार गरेका हुन् । तर उनीहरू त्यसभन्दा बढी शरणार्थी लिन चाहँदैनन् ।’
म्यान्मारले दिनको १५० रोहिंग्या फिर्ता लिने प्रतिज्ञा गर्दा शिविरमा रहेका दश लाख शरणार्थीलाई क्रमशः फिर्ता लिन बीस वर्ष लाग्ने देखिएको फर्मानेरले बताए । शिविरमा सन् २०१७ भन्दा अगाडि भड्केका हिंसाबाट भागेका शरणार्थी पनि छन् ।
रोहिंग्यालाई नागरिकता प्राप्त गर्ने बाटो खोल्ने पनि म्यान्मारले बताएको छ । सन् १९८२ मा रोहिंग्याहरूको नागरिकता खोसिएको थियो । तर नागरिकता दिनका लागि रोहिंग्याहरूले पहिले नेसनल भेरिफिकेसन कार्ड लिनुपर्ने हुन्छ ।
धेरै शरणार्थीहरू यो कार्ड लिन मानिरहेका छैनन् किनकि यो लिएपछि उनीहरूले आफू अधिकारप्राप्त म्यान्मार नागरिक भन्दा पनि विदेशी बंगाली रहेको स्वीकार गरेको ठहर्छ । मउङद जिल्ला प्रशासक उ सोए आङले फ्रन्टीयर म्यान्मार पत्रिकालाई सबै रोहिंग्यालाई नागरिकता दिन असम्भव रहेको यही हप्ता बताए ।
‘म्यान्मारले रोहिंग्याका लागि स्थायी रंगभेदी व्यवस्था तयार गर्न लागेको देखिन्छ र बंगलादेशबाट फर्किएका सबैजनालाई यही व्यवस्थामा थन्क्याइनेछ,’ ह्युमन राइट्स वाच संस्थाका एसिया उपनिर्देशक फिल रोबर्टसनले बताए ।
उता बंगलादेश चाहिँ दश लाख रोहिंग्या शरणार्थीहरू कक्सेस बजारमा रहिरहने कुरा स्वीकार्न तयार छैन । बंगलादेशको शरणार्थी आयोगका आयुक्त मोहम्मद अबुल कलामले द गार्डियनलाई देशफिर्ती पक्कै पनि हुने बताए ।
बंगलादेशले कुनै पनि रोहिंग्यालाई जबर्जस्ती सीमातिर नलखेट्ने प्रतिज्ञा दोहो¥याएपनि धरातलीय यथार्थका बारेमा जानकारी राख्ने कैयौं गैरसरकारी संस्थाहरूले निजी रूपमा चिन्ता व्यक्त गर्दै बंगलादेशी अधिकारीहरूले सहायतामा कडीकडाउ गर्ने र कक्सेस बजारमा गैरसरकारी संस्थाको प्रवेशाज्ञा रोक्ने वा शरणार्थीहरूमाझ गलत सूचना फैलाएर उनीहरूलाई फर्किनका लागि प्रेरित गर्नसक्ने बताएका छन् ।
रोहिंग्याको उपस्थिति अस्थायी मात्र हो भनी बंगलादेशले बारम्बार भनिरहँदा ऊ कक्सेस बजारमा थप स्थायी संरचना बनाउन अनिच्छुक रहेको अर्थ लाग्छ । हजारौं बालबालिकाका लागि विद्यालय भवन बनाउने कुनै सम्भावना छैन ।
संयुक्त राष्ट्रसंघको शरणार्थी नियोगकी प्रवक्ता क्यारोलाइन ग्लकले शरणार्थीहरू शिविरमा जति धेरै बस्छन्, त्यति धेरै अतिवादको खतरा रहने र विशेषगरी काम गर्न नपाएका युवामा अतिवाद फैलिन सक्ने बताइन् ।
बंगलादेश अझै पनि शरणार्थीहरूलाई भासन चार टापुमा रहेको एक नयाँ शिविरमा राख्ने योजनालाई अगाडि बढाउन चाहिरहेको छ । उक्त टापुमा बाढीको उच्च जोखिम रहेका कारण ह्युमन राइट्स वाच र सहायता निकायहरूमा चिन्ता छाएको छ । आयुक्त कलामले भासन चारमा शरणार्थीलाई सार्ने काम चुनाव सकिएपछि मात्र गरिने बताए ।
द गार्डियनकी दक्षिणपूर्वी एसिया संवाददाता हान्ना एलिस–पिटरसनको विश्लेषणको भावानुवाद
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...