×

NMB BANK
NIC ASIA

नटुंगिएको कथा

मंसिर ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

कर्म बीरलाइ आफै अनौठो लागि रहेको हुन्छ । यो पराई ठाउं । ठाउं पनि नभनु पराई देश । यो सानो कोठा । कोठा पनि कहां हो र , सानो पहाडमा बनाईने बाख्राको खोर जस्तो । त्यसैमा कर्मबीर ले बाह्र बर्ष भन्दा बढि आफ्नो उर्बर उमेरको अबधि बिताई सकेको छ । नौ दिनमा नौलो बिस दिनमा बिस्र्यो भन्छन् । तर बाह्र बर्ष भन्दा बढि पराई देशमा बसेको भएपनि उसले बिर्सेको पनि छैन, सम्झन पनि मन लाग्दैन यो ठाउंलाई । बिर्सन पनि नसक्ने, सम्झन पनि मन नलाग्ने, कस्तो बिरोधाभाष कर्मबीरको यो ठाउं । तर कर्मबीर बाह्र बर्ष भन्दा बढि यहि उझया्लो नआउने र हावा नछिर्ने चिसो भुईं कोठामा बसेको छ ।

Sagarmatha Cement
Muktinath Bank

१८ बर्षको उमेरमा घर छोडेको उसले अहिले तीन दशक नाघि सकेको उमेर सम्झिदा उसको दिमाग चक्कराउन थाल्छ । उसले आफ्नो देश, समाज, गाउं घर, साथि भाई, ईष्टमित्रलाई सम्झिन्छ । तर जति उसले सम्झिए पनि यो बिरानो देशले कुन्नी किन हो कतै जान दिंदैन, न यसले माया गर्छ, न यसले उसलाई केही दिन सकेको छ । केवल उसको उर्बर शक्तिलाई च्यापि राख्ने काम मात्र गरेको छ यो बिरानो देशले ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोठामा यत्र तत्र छरिएर रहेका सामान देख्दा झन् उसलाई बिरक्त लागेर आउंछ । गोल्टीन्को स्टोभ, पानी राख्ने माटोको भुंड्को, कुच्चिएको सिलभरको थाल , आकार बिग्रिएको  सिलभरकै गिलासलाई एकोहोरो चियाउंदै गरेको हुन्छ । यी बस्तुहरु उसको लागि अति नै प्रिय छन् । उ कोठा भित्र पस्ने बित्तिकै यिनीहरुनै उसका साथि हुन्छन् । बाह्र बर्ष भन्दा बढि समय उसले यिनीहरु संगै बिताई आएको छ । कुच्चिएका, टुटेका, फुटेका, काला, मैला, नराम्रा जेजस्ता भएपनि यिनीहरुलेनै उसलाई साथ दिदै आएका छन् । यिनीहरु बिग्रिएर, भक्तिएर काम नलाग्ने भएभने उसलाई अरु कुनै साथि हुने छैनन् , यो ठूलो सहरमा । त्यसैले उसको यिनीहरुसंग गहिरो प्रेम बसेको छ ।
कहिले कहिले उसलाई लाग्छ, यिनीहरुले पनि मलाई कति गिज्याई रहेका । आकार बिग्रिएका र नमिलेका अनुहारहरुलाई देख्दा बिग्रिएको मनमा झनै खिन्नता आउने गरेको हुन्छ । निर्जीब बस्तुसंग रिस गर्नु मुर्खता मात्र हुन्छ भन्ने उसलाई लाग्दछ र आफ्नो बेथा अन्यत्रै मोडेको हुन्छ उसले ।


Advertisment
Nabil box
Kumari

सिमेण्टीको भुई माथि सानो दरी, दरी माथि पुरानो मैलो तन्ना देख्दा उसलाई झनै एक किसिमको हीनता भाव जागृत भएको हुन्छ । मान्छे जीउनको लागि मात्र आबश्यक हुने तल्लो कोटीको बस्तु पनि उपभोग गर्न नसक्ने यो जीन्दगी खै के जीन्दगी जस्तो लाग्छ उसलाई । धेरै धनी मान्छे बस्ने यो दिल्ली सहरले कर्मबीरलाई भने केही दिन सकेको छैन । यो बिदेशी सहरले उसलाई केवल दिन सकेको छ पीर, चिन्ता, अभाब आदि आदि मात्र । यस्तो हुन्छ भन्ने कुरा कर्मबीरले थाहा पाएको भए सायदै उसले आफ्नो देश छोड्थ्यो होला । उसलाई बेला बेलामा याद आउने गर्दछ ’ बर्मा गए कर्म संगै, नेपाल गए कपाल संगै’ । बिदेश गएर उसले केके न गर्छु भन्ने थियो होला , तर आफ्नै अबस्था देखेर खिन्न मन हुने गर्दछ उसको ।

Vianet communication
Laxmi Bank

यो भब्य ठूलो सहरमा उभिएका  असंख्य अग्ला घरहरुले उसलाई संधै चियाई रहे पनि उसलाई कुनैले पनि एक रात मिठो निद्रा दिन र एक छाक मिठो खाना दिन सकेको छैन । कसै संग आफन्तको जस्तो बोली मिसाउन सकेको छैन कर्मबीरले । राम्रो लाउन त कुरै छैन । जाडोमा चिसोले अनुहार फुल्ने र गर्मीमा सन्क्रमणात्मक रोग त उसले कति सह्यो कति । समाउने हांगो र टेक्ने डालो नभए पछि जो सुकैलाई समस्या भई हाल्छ । यिनै दुःख खेपेर अल्झिएकोछ कर्मबीर यो ठूलो सहरमा ।

अपरिचित ठाउं र अपरिचित भिडमा उ कहिले पनि रमाउन सकेको हुंदैन । आफ्नो हुनको लागित धरती र यो धरतीमा रहनेहरुले पनित चिन्न सक्नु पर्योनी । तर उसलाई कस्ले चिन्ने । बाह्र बर्ष सम्म पनि न उसले चिन्न सक्यो न अरुहरुले । यो अबधिमा उसले धेरै पसिना बगाई सकेको छ , धेरै कुरा दिन सकेको छ । खैत यो अपरिचित ठाउंले उसलाई केही दिन सकेको ? यस्तै कुरा मनमा खेलाएर उसले धेरै रात बिताएको हुन्छ । 

आफ्नो मातृभूमिलाई छोड्दा उसलाइ केही गर्छु भन्ने थियो र उ बिरानो भूमिमा पाईला टेक्न आएको हो । अबत उ निराश भई सकेको छ , यो बिरानो देश बाट । १८ बर्ष को कमाई बाट उसले धेरै गर्छु भन्ने थियो । तर त्यो उसको लक्ष्य कल्पनामानै सीमित भयो । उसले केही गर्न सकेन । केवल खानको लागि बांचेको जस्तो लाग्यो उसलाई, बांच्नको लागि खान होईन । ठूला ठूला महल, गाडि, रिमीझिमी बजार, चिल्ला र फराकिला सडक, सफासुघर, मानिसको ब्यस्तता, स्कुल, कलेज, बिश्वबिद्यालय, कार्यालय जानेहरुको तांती जस्ता रमाईला कुराहरुले कर्मबीरको मनलाई आकर्षण गर्न सकेको छैन । उ सम्झिदै जान्छ यी याबत् बस्तु देख्न सकिए पनि यिनीहरु उसका लागि थिएनन् । उसका लागित केवल हेर्नको लागि मात्र थिए । सो केशमा सजाएर राखिएका चिजबिज जस्ता । उ कल्पना गर्दै जान्छ, देखेर मात्र के गर्ने यदि आफ्नो बसमा छैन भने । एकोहोरो देखाईको के प्रयोग हुन्छ  ? । अर्काको हातमा भएको बस्तुको के अर्थ हुन्छ र ? यदि आफ्नो हातमा छैन भने । जति नै शुखी सहर भएपनि उसको लागि यो सहर भिखारी जस्तो लाग्छ उसलाई ।  उ आफूलाई पनि भिखारी जस्तो भएको लाग्छ । कर्मबीर यसरी आफूलाई तुच्छ किसिको ठान्दछ र यो सहरलाई सधैको लागि कहिले नफर्किने गरी छोडेर जाने बिचार गरी रहेको हुन्छ उसले ।

हो, सांच्चैनै कर्मबीर कर्ममा बिश्वास गर्ने मानिस हो । उसले कसैलाई ठग्नु थिएन, झुटको खेती गर्नु थिएन, कसैको शोषण गर्नु थिएन, केवल गर्नु थियोत असल कर्म । केटाकेटी अबस्था देखिनै उ जन्मिएको, हुर्किएको समाजका मानिसहरुको आचरण र ब्यबहार बारे उ पूर्ण रुपमा परिचित थियो नै । उसले देखेको समाज बाट उ वाक्क भई सकेको हुनाले नै उसले आफ्नो जन्म थलो छोडेको थियो । हुनत कर्मबीर सानो उमेरको भएपनि अरु परिपक्व उमेरका भन्दा कम थिएन । गाउंमा उसलाई कसैले हेप्न सक्दैनथे । उ आफनो काममा जहिले पनि अग्रसर भईनै रहेको  हुन्थ्यो । कर्ममा बिश्वास गर्ने मानिस जहिले पनि आफ्नै परिश्रममा बांच्न र रमाउन चाहन्छन् भन्ने कुरा कर्मबीर को गतिबिधि बाट प्रष्ट झल्किन्थ्यो ।

हुनत कर्मबीरलाई गाउंका मानिसहरुले त्यति बिश्वास  नगरेका भए पनि अरु भन्दा भिन्न स्वभाबको देख्दा भने अचम्म मानेका हुन्थे । उसको बिचार दूरगामी र उसले बोलेका कुराहरुले अरुहरुको मथिंगल रिंगाएका हुन्थे । सानो भएपनि उ आंटिलो थियो । उसले जे गरेको हुन्थ्यो त्यसलाई फत्ते नगरीकन छोड्दैनथ्यो । उसको नाम पनि कर्मबीर, काम पनि त्यस्तै किसिमको । त्यसैकारणले गर्दा उ आफूलाई हरेक कामकुरामा दृढ संकल्पित राखेको हुन्थ्यो । उ कसैसंग डराउंदैनथ्यो । उ हक्कि स्वभाबको थियो । 

अठार बर्षको मान्छे, घर छोडेर पलायन हुनु भनेको ठूलो कुरो थियो त्यस बखतमा । तर उसले किन घर छोड्यो भन्ने कुरामा चर्चा सम्म पनि थिएन । घरपरिबार बाट पनि सायद उ अपहेलित थियो । आफ्नो भन्ने मान्छे कोही नभए पछि धेरै बालकहरुले बाटो बिराएका हुन्छन् । कर्मबीरले भने बाटो बिराएको थिएन । उसले आफ्नो भबिष्यको बाटो खोज्नको लागि हिडेको थियो । बाह्र बर्ष बिरानो मुलुकमा बिताउंदा पनि नत अपरिचित यो मुलुकले उसलाई आकर्षित गर्न सक्यो नत उ जन्मिएको ठाउंलनै ।

अनायास एक दिन कर्मबीरको मनमा एक प्रकारको भावना तरंगित हुन पुग्यो । उसले यो बिरानो मुलुकलाई छोड्ने बिचार गर्यो । फेरी उसले बिचार गर्न थाल्यो । आफू जन्मिएको थातथलो उसले छोडि सकेको छ भने बिरानो ठाउं पनि छोडि हिड्ने हो भने उसको अब बिसाउने ठाउं कहां हुन्छ ? ।यस्तै कुरा उ गम्दै जान्छ र आखिरमा उ आफ्नै जन्मिएको हुर्किएको ठाउंतिर फर्किने निधो गर्दछ ।

उ फेरी पनि मन भित्र आफ्ना कुरा खेलाउंदै जान्छ । फर्किएर पनि के गर्नु । आफ्नो जन्मभूमि मात्र भनेर के गर्ने । जन्मभूमि भन्दैमा सबै थोक हुने होईन । सबभन्दा ठूलो त आफूलाई माया दिने वा आफ्ना सुभ चिन्तक हुनु पर्यो । यो उसको गाउंमा उसलाई माया दिने कोही नभएर नै उ मुगलान जानु परेको थियो । उसको बावुको मृत्यु उ सानै हुंदामा भएको हुनालेनै उसले आफ्नो जन्म थलो छोडेको थियो । अन्य बिकल्प केही नभएको कारण बाट निश्चयनै उ आफनै गाउं फर्किनु उसको बाध्यता थियो ।

कर्मबीरको उमेर अहिले तीस बर्ष भई सकेको हुन्छ । अझै उसलाई केही गर्न सक्ने उन्मादको धक धकी रहेकै छ । उ फेरी पनि बिचारमा रुमल्लि रहेकै हुन्छ । जे सुकै भएपनि कर्मबीर भने अहिले आफ्नो थोत्रो दरीमा पुराना लत्ता कपडा बेरेर एउटा पुरानै टिनको बाकसमा आफ्ना झिटी गुण्टा राखेर त्यो बिरानु सहरलाई बाई बाई गर्दै  आफ्नै जन्म घर तिर पाईला अगाडि बढाउंछ ।

रेलको पुरानो डिब्बा, पुरानो दरीको गुण्टा, पुरानो टिनको बाकसले झन उसको दिमाग तताएका हुन्छन् । अझ त्यसमा थपिएको उसको कोठाको बाताबरणले उसको टाउकोको बोझ झनै गरुंगो हुंदै गएको हुन्छ । उ सम्झिदै जान्छ दुई दिनको जीन्दगी यसै बिताई दिन्छु जहां गएर पनि भन्ने बिचार आउंछ उसलाई । अरु कोही नभए पनि उसलाई आफ्नो बुढी आमाको यादले सताउंछ । आफ्नो शरीरलाई तिलान्जली दिएर जन्म दिने आमालाई उसले बिर्सन सक्दैन । बनपाता गर्दा आफूले नखाई नखाई पातमा पोको पारेर ल्याएको अ‍ैसेलु र आफ्नै पोटुका च्यातेर उसलाई कमिज सिलाएर दिएको सम्झनाले उसको आमाको माया उसले बिर्सिएको छैन । अरु उसका लागि शत्रु भएपनि उसकी एउटी बुढी आमाले भने पक्कै बिर्सन सक्दिनन् भन्ने उसलाई लागि रहेको हुन्छ । 

कर्मबीर यस्तै कल्पनामा तरंगित भएको हुन्छ । उसका कल्पना कल्पना मात्र थिएनन् । यथार्थ कल्पना थिए । उ मन भित्रै जोड घटाउ गर्दै जान्छ । बाह्र बर्ष सम्ममा उसले आमालाई चिने पनि आमाले चिन्न सकिनन् भने के गर्ने भन्ने उसलाई चिन्ता लागेको हुन्छ ।  उसलाई जन्म दिने आमाले नचिन्ने भन्नेत प्रश्नै आउंदैन । तर पनि उसलाई अन्य कतिपय शंका मनमा उब्जि रहेकै हुन्छन् । सायद उसको आमालाई दानुभाईहरुले कर्मबीर आयो भने म चिन्दिन भनेर भन्नु भनेर सिकाएर राखेका रहेछन् भने के गर्ने ? बाबुको मृत्यु भैसकेको हुंदा बाबुको अंश उनीहरुलेनै हडपेको भए के गर्ने ? बुढि आमाको सम्पत्ति पनि उनीहरुले बेच बिचन गरी सकेको भए के गर्ने ? उसको आफ्नै अंश बांडि चुंडि खाई सकेको भए के गर्ने ? बाह्र बर्ष हराएको भैसकेकोले  मृत घोषणा गरी सबै सम्पत्ति कानूनी रुपमा उनीहरुले बैध बनाएको भए के गर्ने ? सायद बुढी आमाको र उसको नामको सम्पत्ति जस्ताको तस्तै छ भन्ने हल्ला बाहिर गर्ने तर भित्र भित्रै सबै आफ्ना आफ्ना नाममा बनाई सकेका रहेछन् भने के गर्ने ? भन्ने संभाबित प्रश्नहरुको जबाफ उसका लागि अनुत्तरै छन् । 
यी र यस्तै प्रश्नहरुले उसको तातेको दिमागमा झन् तापक्रम थप्ने काम भएको छ । कुन स्टेशनमा ओर्लने हो र कहां जाने हो भन्ने सम्म पनि कर्मबीरले राम्रो संग याद गर्न सकेको हुंदैन । अहिले उ आफैलाई पागल जस्तो ठानेको हुन्छ ।

उ सोच्दै गएको हुन्छ । उसका बाल सखाहरु पनि घर जाम गरी बसेका होलान् । कति साथिहरु खाडि मुलुकमा उंट चराई रहेका होलान् । कतिले गाउ. घरमै सानो तिनो ब्यबसाय गरेका होलान् । कति साथिहरु सरकारी जागिरमा ठूलै पदमा पुगेका होलान् । कतिले भने यो संसार नै छोडि सके होलान । अन्य केही साथिहरु र गाउं घरका बुढा बुढिहरुको अबस्था बारे पनि भित्र भित्रै उसको मनमा कौतुहल जागि रहेको हुन्छ । अझ उसलाई उसका बाल सखा रामे, पूर्ने, शंकरे, गाबिन्देहरुको सम्झना ह्दय भरी रहेको हुन्छ । उसलाई एकपटक अपुष्ट समाचार अनुसार कसैले सुनाएको थियो, उसको निकै मिल्ने साथी र संगै गाई चराउन जाने गोबिन्दको मृत्यु भएको कुरा । यदि यो सांचो हो भने उसको मन कति तड्िपनेछ  । उ कर्मबीर आफैले पनि कल्पना गर्न सक्ने छैन ।

बाह्र बर्ष सम्म बिदेशमा गुम्सिएको उसको अनुभव र आफ् जन्मिएको घरको सम्झनाले उसलाई आक्रान्त पारि रहेको हुन्छ । उसको आमाले उसलाई नचिन्ने बहानाको नाटक, बावुको अंश बाट बन्चित, बुढी आमाको सम्पत्तिको बिक्रि, उसको आफ्नै अंशको हरण, उसको मृत्युको कानूनी घोषणा, उसको अंश जस्ताको तस्तै छ भन्ने बनावटी कुरा, संधियारेहरुले सांधकिल्ला सारेर उसको जग्गा खाएका जस्ता बिभिन्न मनमा खेली रहेका कुराहरुले खासै असर नपारे पनि कर्मबीर भने किं कर्तब्य बिमुढ भएको हुन्छ ।

केही दिनको यात्रा पछि कर्मबीर आफ््नो जन्म थलो आई पुगेको हुन्छ । बाटोमा आई रहदा उसलाई चिन्ने कोही नभए पनि प्रकृतिले भने उसलाई चिनेको जस्तो भान पर्दछ । तर उसले भने आफू जन्मिएको, हुर्किएको, गाईबस्तु संग रमाउंदै गरेको स्थलहरु र खोला, नदीनाला, बन जंगल, उकाली ओरालीलाई राम्रैसंग चिनेको हुन्छ ।

लामो अन्तराल पछि घरको दृश्य देख्दा उ भित्र भित्रै निकै खुशी भएको थियो । पहिले भएको घरलाई चोठा कोठा बनाएर चटक्क पारिएको, रंगरोगन राम्रो संग गरीएको, घरको वरीपरी राम्रो सरसफाई देख्दा उसको मन खुशीले फुरुंग भएको थियो । तर यो खुशीको क्षण धेरैबेर टिक्न सकेन । उसले पुन ःअतीतलाई सम्झन पुग्छ । घर छोड्नु भन्दा पूर्ब यो घरको घृणाको पात्र थियो उ । उ अपहेलित थियो । उसको लागि यो संसारमा कोही भएको जस्तो लाग्दैनथ्यो र त्यसैले उसले घर छोडेर बिदेशीएको थियो । आज उ फेरी युध्द बाट पराजित सिपाही र जुवामा सम्पत्ति गुमाएको जुवाडे जस्तो भएर घर फर्किएको छ ।

चराचुरुंगी लागायत सबै जनावरहरु घाम डुब्न लागे पछि आफ्नो बासस्थान तीर फर्किएका हुन्छन् , त्यस्तै किसिम बाट कर्मबीर पनि गोधुली साझकै समयमा बाह्र बर्ष पछि घर फर्किएको हुन्छ । तर उसलाई माया दिनुत कता हो कता सोधपुछ सम्म पनि कसैले गरेको हुंदैन । उ बिरक्तिएको हुन्छ । उसको मन अमिलो हुन्छ । एकै छिन टुस्स पिडिको डिलमा पनि उसलाई बस्न मन लाग्दैन । कसैले बस पनि भनेको हुंदैन । दाजुभाईलाई मनमा चिसो पर्न गएको हुंदा उ संग कसैले पनि एक शब्द बोल्न नचाहेको कुरा कर्मबीरले पनि बुझ्यो । उसले आफैलाई धिक्कार्यो । एउटै कोख बाट जन्मिएका र एउटै लाम्टो चुसेका दाजुभाई बाट त माया पाउन सकिएन भने अरु को बाट आश गर्ने भन्ने बिचार उसको मनमा आयो । धन्न यो सम्पत्तिको खेल भन्दै मन भित्र भित्रै कुरा खेलार्ई रह्यो ।

जुन ठाउमा आफ्नो अपमान हुन्छ, जुन ठाउमा आफूलाई घृणा गरीन्छ, त्यस्तो ठाउंमा बस्नु कर्मबीरलाई उपयुक्त लागेन । कसैसंग बोली नमिसाई उ त्यहां बाट बहिर्गमन हुने धारणा बनायो । बिरानो मुलुक बाट आउंदा जसरी अनेक कल्पना गर्दै आएको थियो । त्यसरीनै कर्मबीर बिरानै मुलुक तीर फर्कि गएको हुन्छ । आफूलाई जन्मदिने आमा संग एक शब्द बोल्न नपाएकोमा उसको मन भरी पीडा उब्जिएको हुन्छ र घुक्क घुक्क रुंदै आफ्नो अपरिचीत गन्तब्य खोज्दै बाटो लागेको हुन्छ ।

बाटोमा कर्मबीरलाई अनेक किसिमका अतीतका सम्झना पनि आई रहन्छन् । उ जस्ता अनगिन्तीहरुले आफ्नो मातृभूमि र जन्मदिने आमालाई माया गर्न नपाएर बिदेशीएका धेरै उदाहरण उसलाई राम्रै थाहा छ । साने, डल्ले, गुने, गणेशे, जंगे धेरै टिक्न नसकेर पराई भएका घटनाले उसको सुक्क सुक्कको रुवाईलाई केही मथ्थर पारेको हुन्छ । अबिरल नदी बगे जस्तो कर्मबीरको जीवन कहां गएर ठोक्कीन पुग्ने हो ?कसलाई के थाहा  ? कहां गएर उसको कथा टुंगिने होला ?

( गाउं घर बाट कर्मबीर जस्ता धेरै पात्रहरु हराएर बेपत्ता भएका छन् ।  यहांत उ एक प्रतिनिधि पात्र मात्र हो । धन सम्पत्तिको लागि माया ममता, कोखको साईनो, रगतको नाता जस्ता कुनै कुराले पनि असर नगर्ने हाम्रो समाजको यस प्रकारको चरीत्रमा सुधार ल्याउने तर्फ सबैको ध्यान जानु पर्नेनै देखिन्छ – लेखक )

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x