पुस ४, २०८०
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
जनयुद्ध, जनआन्दोलन र जनताको म्यान्डेट अनुसार मुलुकलाई सुशासनयुक्त समृद्ध बनाउने उत्तम अवसर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ज्यूलाई आएको छ । जनताको अपेक्षा अनुरूप वर्तमान सरकारले यस अवसरलाई मुलुक र जनताको पक्षमा फाइदा पुग्ने दीर्घकालीन महत्त्व राख्ने विकास निर्माणका काम गर्नेछ । मुख्यतः जनतालाई सरकारले सुशासनको आभास दिलाउने छ ।
सुशासनको लागि प्रधानमन्त्री केपी शर्मा ओली ज्यूबाट यथोचित पहल भएका छन् । परन्तु कार्यान्वयनको पक्षमा भने राम्रो नतिजा आएको छैन । दुईतिहाई मतबाट निर्माण भएको वर्तमान सरकार विगतजस्तो कमजोर होइन । यद्यपि सरकारको लक्ष्य अनुरूप काम किन प्रभावकारी हुन सकेनन् भन्ने विषयमा बहालवाला मन्त्रीका कार्यशैलीबारे आन्तरिक समीक्षा हुन जरुरी छ । समीक्षाको मतलब मन्त्रीको अनुहार परिवर्तन गर्नुपर्छ भन्ने होइन ।
अहिले कांग्रेसको उपस्थित संसदमा कमजोर छ । कांग्रेस केन्द्र र ७ वटा प्रदेशका सरकारमा उपस्थितिविहीन छ । यस्तो अवस्थामा विपक्षी दल कांग्रेसलाई दोष लगाउने, आलोचना गर्ने पुरानो चलनलाई नेकपाले अब अपनाउनु हुँदैन ।
यातायात क्षेत्रको सिन्डिकेट हटाएर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ऐतिहासिक काम गर्नुभएको छ । परन्तु गृहमन्त्री बादलको यो कदमलाई सरकारभित्र नै खेल भएको सुनिन्छ । यातयात क्षेत्रको सिन्डिकेट हटाउने निर्णय पूर्ण कार्यान्वयनमा आलटाल गर्नु हुँदैन ।
अहिले पनि सरकारी कर्मचारी कोहीले राम्रो काम गरिरहेका छन् भने कोही कर्मचारी अहिले पनि ‘सरकारी काम कहिले जान्छ घाम’कै शैलीमा काम गरिरहेका छन् । कतिपय कर्मचारी मालदार मन्त्रालयमा सरूवा र बढुवा पाउनको लागि चाकडीमै व्यस्त छन् । यस्ता दास मनोवृत्ति भएका कर्मचारी छिटो रिटायर्ड भए उत्तम हुने थियो । सरकारका काम प्रभावकारी नहुनुको पछाडिको धेरै समस्या मध्येको एउटा कर्मचारीतन्त्र पनि हो । मुलुकमा सुशासनको लागि कर्मचारीहरू महत्त्वपूर्ण भूमिका हुन्छ । सरकारले कर्मचारीलाई उत्साहपूर्ण काम गर्ने वातावरण बनाउने उत्तरदायित्व पनि हो ।
मुलुकमा अहिले सुशासनभन्दा कुशासन बढ्दै गइरहेको छ । दिनहुँजसो महिलामाथि भएका अमानवीय हिंसाका घटना बढ्नुले समाजमा भय, डर र त्रासको वातावरण सिर्जना भएको छ । मैना सुनार, निर्मला पन्त र पुष्पा केसी लगायतका अन्य इमान्दार चेलीलाई बलात्कार र हत्या गर्ने अपराधीलाई कैदको कठघरमा उभ्याउन नसक्नुले सरकारमाथि प्रश्न उठेको छ । यद्यपि सरकार यस्ता जघन्य किसिमका अपराधमा संलग्न अपराधीलाई पत्ता लगाउन आफ्नो सबै अस्त्र प्रयोग गरिरहेको छ ।
विगतजस्तै अहिले पनि मुलुकमा रोजगारीको समस्या उस्तै छ । यो अवस्थामा अधिकांश म्यानपावर व्यवसायीले आर्थिक ब्रह्मलूट गरिरहेका छन् । यो अवस्थामा श्रममन्त्री गोकर्ण विष्टको पहल सकारात्मक हुँदाहुँदै पनि म्यानपावर व्यवसायीले प्रभावकारी कार्यान्वयन हुन दिइरहेका छैनन् । सरकार र निजी क्षेत्रको संघर्ष कसले जित्छ ? हेर्न भने बाँकी नै छ ।
अहिले पनि किसानले आफ्नो उत्पादनको मूल्य आफैं तोक्न पाउँदैनन् । बिचौलियाले मनपरी मूल्य कायम गर्दै उपभोक्तालाई अलमल बनाइरहेका छन् । यस्तो लाग्छ – यी बिचौलियाले सरकारलाई पनि अलमल बनाइरहेका छन् ।
यहाँ पारदर्शी कारोबारभन्दा धेरै अपारदर्शी कालो काम भइरहेको छ । यस्तो अवस्थामा सरकारका कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले विगतका सरकारका मन्त्रीजस्तो आदर्श र सुशासनको सुगा रटाई गर्नुभन्दा जंगबहादुर शैलीको साहसपूर्ण एक्सनमा उत्रन जरूरी छ । यो त दुईतिहाई मतको समर्थन प्राप्त वामपन्थीको वचश्व रहेको सरकार हो ।
शहरमा फराकिला सडक बने । तर दूरदराज गाउँमा कच्ची बाटो पनि पूर्णरुपमा पुग्न सकेको छैन । ग्रामीण क्षेत्रका मोटरबाटो कालोपत्रे हुने त कहिले हो कहिले ? परन्तु मुलुकमा बन्ने जुनसुकै सरकारको जोड र ध्यान काठमाडौंका सडकलाई मात्र प्राथमिकता दिइरहेको देखिन्छ ।
काठमाडौंमा वार्षिक खर्च गर्ने बजेटको आधा प्रतिशत रकम सरकारले कुनै एउटा निर्वाचन क्षेत्र, नगरपालिका वा गाउँपालिकाको विकास निर्माणमा खर्च गर्ने हो भने त्यस क्षेत्र मुलुकको भौतिक सुविधासम्पन्न र नमूना विकास देखिने छ । यस्तो प्रयोग भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको मुख्यमन्त्री हुँदा नमूना विकास गरेका थिए ।
मुलुकमा हजारौंको बलिदानपछि प्राप्त स्थिरता अमूर्त समृद्धको लागि पटक्कै होइन । सीमित व्यक्तिको वर्गीय उत्थानको निम्ति फगत समृद्ध नारा मुलुकमा घन्किएको अवश्य होइन । अहिले संसदमा सर्वहारा श्रमजीवी वर्ग पक्षधर वामपन्थीको वर्चश्व सरकारलाई गरीब र सुकुम्बासीको ओठमा हाँसो ल्याउने सुनौलो अवसर छ ।
नातावाद, कृपावाद र व्यक्तिगत आवश्यकतालाई निरूत्साहित गर्दै जनताको पक्षमा इमान्दारीपूर्वक काम गर्न विलम्ब नगरौं । यदि विलम्ब भयो भने सरकार र जनताबीच अन्तर्विरोध बढ्ने सम्भावना देखिन्छ । सरकार सचेततापूर्वक गम्भीर हुन आवश्यक छ ।
मुलुक समृद्ध बनाउने अठोट ओठदेखि गोठसम्म कहिले पुग्ने हो ? मञ्चमा माइकबाट चर्को श्वरमा लगाएको नारा व्यावहारिकतामा कहिले अनुभव गर्न पाइन्छ ? नेतृत्वका योजना मात्र होइन, कार्यान्वयन पनि कहिले देख्न पाइन्छ ? हाम्रा नेतृत्वमा भएको भौतिकवादी दृष्टिकोण सत्ताको वरीपरी पुगे पश्चात् सधैं किन ओझेलमा पर्छ ? अब नेताहरू सचेत हुनैपर्छ, आत्मकेन्द्रित स्वार्थको पुलिन्दा बोकेर मुलुक समृद्ध बन्दैन ।
असीमित सपनाको वकालत गर्ने र सत्तामा पुगेपश्चात् सिरानीमुनि सपना राखेर चीर निद्रामा पुग्ने नेताले सुशासनको अनुभूति जनतालाई गराउन सक्दैन । मुख्यतः पार्टीका शीर्ष नेताले व्यक्तिगत स्वार्थका लागि सत्ता र पदको दुरूपयोग गर्दा मुलुकमा जनताले सुशासनको अनुभूति गर्न पाउँदैनन् ।
अहिले पनि केही तत्वहरू तराई–मधेशमा सुशासन नहोस् भन्ने चाहन्छन् । ती तत्वले आन्तरिक रुपमा सिके राउतलाई मलजल गरिरहेका छन् । मुलुकलाई अस्तव्यस्त बनाउने यिनीहरूको डिजाइनलाई सरकारले बुझ्न जरूरी छ । यसमा भूराजनितिको प्रभाव पनि हुन सक्छ । कम्यूनिस्ट नेतृत्वको सरकारलाई कमजोर बनाउन अन्तर्राष्ट्रिय चलखेलको पनि सम्भावना छ ।
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...