×

NMB BANK
NIC ASIA

ज्ञानेन्द्रका अर्थमन्त्री रुप ज्योतिको ‘ठगी धन्दा’, अढाइ करोड लिएर जग्गा हडप्ने प्रपञ्च

मंसिर १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– २०७० सालताका नेपालको ठूलो व्यवसायिक घराना ज्योति समूहले हाउजिङमा पनि लगानी गर्ने ‘हल्ला’ चल्यो । हल्ला चल्नु अघि नै ज्योति समूहले हाउजिङमा लगानी गर्ने रणनीति बनाइसकेको थियो । जसका लागि ल्याण्डमार्क डेभलपर्स प्रा.लि. दर्ता भइसकेको थियो । 

Muktinath Bank

कूल १० करोड १० हजार रुपैयाँ बराबरको प्रथम पूँजी भएको कम्पनीमा ज्योति समूहको ५० लाख रुपैयाँको शेयर छ । ज्योति समूहकै अर्को कम्पनी स्याकर कम्पनी प्रालिको ९ करोड ५० लाख रुपैयाँको शेयर लगानी छ । एकपटक मध्यमबर्गीय परिवारका लागि कम लगानीमै घर निर्माण गरिदिने भनेर सर्वसाधारणबाट पैसा उठाएर ठगी गरेको भनेर बद्नाम भएको जय स्निपिङ्ग मिल्स प्रालिले पनि ल्यान्डमार्क डेभलपर्समा १० हजार रुपैयाँको शेयर लगानी गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ज्योति समूहले हाउजिङमा लगानी गर्ने भएपछि काठमाडौंका रैथानेदेखि बाहिरबाट आएर व्यापार व्यवसायमा संलग्नहरुले ‘घर’ किन्न पैसा जम्मा गरे । जसमध्येका एक हुन्, काठमाडौं महानगरपालिका–२६ गल्कोपाखाका बिज्ञेन्द्रकृष्ण मल्ल । मल्लले २ जेठ २०७१ मा १० लाख रुपैयाँ अग्रिम भुक्तानी गरेर ल्याण्डमार्क डेभलपर्सले काठमाडौंको बाँसबारीमा निर्माण गर्न लागेको हाउजिङमा आफ्नो क्षेत्र ‘बूक’ गरे । मल्ललाई कम्पनीले ७ आना क्षेत्रफलमा व्यवसायिक प्रयोजनसहितको घर निर्माण गरिदिने प्रतिवद्धता जनाएको थियो । त्यसका लागि मल्लले केही इन्जिनियरसँग सहयोग समेत लिएर आफ्नो ‘ड्रिम’ हाउसको डिजाइन समेत आफ्नै इच्छा अनुसार बनाएका थिए । 


Advertisment
Nabil box
Kumari

२०७१ जेठबाट हाउजिङ निर्माणको प्रक्रिया शुरु गरेको ल्याण्डमार्कले हाउजिङ निर्माणको सम्पूर्ण जिम्मा सीई कन्सट्रक्सनलाई दियो । निर्माण क्षेत्रमा ख्याती कमाएको सीई कन्सट्रक्सनलार्इ ल्याण्डमार्कले हाउजिङ निर्माण मात्र हैन, बिक्रीदेखि बुकिङका सन्दर्भमा सम्पूर्ण निर्णय गर्ने अधिकारी पनि पायो । सीई कन्सट्रक्सन र ल्याण्डमार्कबीच भएको सम्झौतामा सीईले हाउजिङ निर्माणदेखि बिक्री गर्नेसम्मको अधिकार राख्ने उल्लेख छ । नाफामा प्रतिशत बाँडेर लिने दुवै कम्पनीबीच सम्झौता भएको थियो । 

Vianet communication
Laxmi Bank
मल्लले रुप ज्योतिलाई पटक पटक भेटेर आफ्नो जग्गा नहडप्न आग्रह गरे । तत्कालीन राजा ज्ञानेन्द्रको शासन कालमा ‘अर्थमन्त्री’ समेत रहेका ‘शक्तिशाली’ रुप ज्योतिले मल्लको कुरा के सुन्थे र ? रुप ज्योति मल्ललाई चेतावनी दिन्थे, ‘त्यो जग्गा मिल्दैन, जे गर्न सक्छौ गर !’

सीईले हाउजिङमा हात हालेपछि बिज्ञेन्द्रकृष्ण मल्लले २०७१ को भदौमा थप १ करोड २६ लाख ७५ हजार रुपैयाँ बुझाए । उक्त पैसा सीई कन्सट्रक्सनले बुझेको थियो । 
 
करिब २२ वटा घर निर्माण गर्ने हाउजिङका लागि सबै घर बूक भइसकेका थिए । तर, काम भने सुस्त गतिमा अगाडि बढ्दै थियो । यसबीचमा १२ वैशाख २०७२ सालको भूकम्पले गर्दा हाउजिङको काम १ वर्ष नै प्रभावित भयो । 

बल्लतल्ल २०७४ तिर हाउजिङ निर्माणको क्रम अन्तिम चरणतिर पुग्यो । बिज्ञेन्द्रले आफ्ना लागि निर्माण हुुन लागेको घरबारे जानकारी लिइरहेन्थे । तर, जब घर निर्माण भइसकेर हस्तान्तरण हुनुपर्ने बेला आयो, त्यसपछि शुरु भयो झमेला । 

ल्यान्डमार्कले मल्ललाई बेच्ने भनेर अग्रीम रकम समेत लिइसकेको जग्गामा त ज्योति ग्रुपका उपाध्यक्ष डा. रुप ज्योतिको ‘नजर’ लागिसकेको रहेछ । रुप ज्योतिले उक्त जग्गामा आफ्नो व्यक्तिगत प्रयोजनका लागि घर बनाउने उद्देश्य राखेर मल्लको पैसा पचाउने सोच बनाए । 

मल्लले रुप ज्योतिलाई पटक पटक भेटेर आफ्नो जग्गा नहडप्न आग्रह गरे । तत्कालीन राजा ज्ञानेन्द्रको शासन कालमा ‘अर्थमन्त्री’ समेत रहेका ‘शक्तिशाली’ रुप ज्योतिले मल्लको कुरा के सुन्थे र ? रुप ज्योति मल्ललाई चेतावनी दिन्थे, ‘त्यो जग्गा मिल्दैन, जे गर्न सक्छौ गर !’

त्यसपछि मल्लले प्रहरी–प्रशासन गुहारे । प्रहरीले रुप ज्योतिविरुद्ध मुद्दा दर्ता गर्न मानेन । मल्लका अनुसार रुप ज्योतिको शक्तिका अगाडि प्रहरी प्रशासन निरिह देखियो । यद्यपि उनले आफ्नो न्यायको लडाइँ भने जारी राखे । 

यसबीचमा उनले गृहमन्त्री राम बहादुर थापा (बादल)लाई सम्बोधन गर्दै आफूमाथि रुप ज्योतिबाट अन्याय भएकाले न्याय पाउनुपर्ने भन्दै पत्र लेखे । गृहमन्त्रीलाई नै पत्र लेखेपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै उक्त प्रकरणमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन जारी गर्यो । 

गृह मन्त्रालयको पत्रपछि रुप ज्योति केही नरम देखिए । उनले मल्लसँग पैसा फिर्ता लिन भने । मल्ल पैसा फिर्ता लिने पक्षमा थिएनन् । २०७१ सालमा बुझाएको पैसा २०७५ मा आएर त्यत्तिकै फिर्ता लिनु उपयुक्त पनि थिएन । 

त्यसपछि मल्ल, ल्यान्डमार्क डेभलपर्स र सीई कन्सट्रक्सनबीच त्रिपक्षीय छलफल भयो । त्रिपक्षीय छलफलका क्रममा थाहा भयो, ल्यान्डमार्क डेभलपर्सले २०७१ भदौमा मल्लले बुझाएको १ करोड २६ लाख ७५ हजार रुपैयाँ बुझ्नै मानेको रहेनछ । सीई कन्सट्रक्सनले उक्त रकम बुझेर मल्लाई रसिद समेत दिइसकेको थियो । तर, ल्यान्डमार्कले भने ‘तपाईंको खातामा पैसा नै छैन...’ भन्दै उल्टै मल्लमाथि मुद्दा चलाउने चेतावनी दिने गरेको रहेछ । 

तीनै पक्षबीच भएको छलफलपछि सीई कन्सट्रक्सनले ०७१ भदौदेखि २०७५ सम्मको कात्तिकसम्मको ब्जायसहित जोडेर ल्यान्डमार्कलाई पैसा बुझाउने भयो । सीई कन्सट्रक्सनले ३० कात्तिक २०७५ मा ल्यान्डमार्कलाई २ करोड ७० लाख रुपैयाँ बुझायो, बिज्ञेन्द्रकृष्ण मल्लका नाममा । 

ल्यान्डमार्कलाई २ करोड ७० लाख रुपैयाँ बुझाइ सकेपछि बिज्ञेन्द्रकृष्णले जग्गा र घर पाउने आश राखेका थिए । तर, रुप ज्योति भने उक्त २ करोड ७० लाख रुपैयाँ ‘पचाउने’ ध्याउन्नमा लागे । बिज्ञेन्द्रकृष्णले आफूविरुद्ध प्रहरीमा उजुरी दिनसक्ने भन्दै रुप ज्योतिले अदालतमा निषेध आज्ञाको उजुरी दिन थाले । 

यसबीचमा बिज्ञेन्द्रकृष्णले गत शुक्रवार (मंसिर ७ गते) महानगरीय प्रहरी परिसर काठमाडौंमा रुप ज्योतिविरुद्ध ठगी मुद्दाको उजुरी दायर गरे । प्रहरीले भने आफ्नो उजुरीका विषयमा गम्भीर रुपमा छानबिन प्रक्रिया अगाडि नबढाएको बिज्ञेन्द्रकृष्णको भनाइ छ । ‘घर दिन्छु भनेर २ करोड ७० लाख रुपैयाँ बुझेको मानिसले ठगी गरेका छैन भन्दै प्रहरीले अनुसन्धान नै गर्न मानेको छैन,’ बिज्ञेन्द्रले लोकान्तरसँग पीडा पोख्दै भने, ‘प्रहरीले उल्टै रुप ज्योतिको पक्षमा कुरा गरिरहेको जस्तो देखिन्छ ।’

महानगरीय प्रहरी परिसरले भने रुप ज्योतिविरुद्ध थप अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको जनाएको छ । ठगी मुद्दाको विषयमा मुद्दा प्रक्रिया अगाडि बढाउन सरकारी वकिलसँग छलफल भइरहेको महानगरीय प्रहरी परिसर स्रोतले लोकान्तरलाई जानकारी दियो । सरकारी वकिल कार्यालयको रायअनुसार रुप ज्योतिविरुद्ध मुद्दा प्रक्रिया अगाडि बढाएर पक्राउ पूर्जि जारी गर्ने प्रहरीको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x