स्तनपानका क्रममा बच्चाको मृत्यु– खास कारण यस्तो

मंसिर १४, २०७५

स्तनपानका क्रममा विश्वमा धेरै शिशुहरुले ज्यान गुमाउने गरेका छन् । नेपालमा पनि दुध खुवाउने क्रममा शिशुहरुको मृत्यु भएको समाचारहरु बेला बखतमा सार्वजनिक हुने गरेको छ । 

भारतको केरलामा एक वर्षमा ६ शिशुको मृत्यु स्तनपानको क्रममा भएको थियो । 


ADVERTISEMENT

शिशुहरुको मृत्युका करण आमाको दूध भने होइन । गलत ढंगले गरेको स्तनपानका कारण बालबालिकाको मृत्यु हुन पुगेको हो । 

दिल्लीस्थित पीडियाट्रिशियन तथा चाइल्ड स्पेशलिस्ट डाक्टर दिनेश सिंघल भन्छन्,‘बच्चाको मृत्युको कारण आमाको दूध त हुन सक्दैन । यो हुन सक्छकि स्तनपानको बीचमा आमाबाट केही लापरवाही भएको हुनसक्छ जसको कारण शिशुको मृत्यु भएको हुन्छ ।’

डा सिंघल भन्छन्,‘सबैभन्दा पहिला मानिसहरुले यो बुझ्न जरुरी छ कि यी मृत्युमा स्तनपानको सीधा सम्बन्ध छैन ।’

वास्तवमा कयौंपटक यस्तो हुन्छ कि आमा जब चच्चालाई दूध पिलाइरहेकी हुन्छिन् त्यतिबेला दूध बच्चाको खाने नलीमा जानुसट्टा स्वास नलीमा जान्छ । जसलाई ट्रयांकिया भनिन्छ । स्वास नलीबाट दूध फोक्सोमा जान्छ जसका कारण बच्चाको मृत्यु हुन पुग्छ ।’

डा. सिंघलका अनुसार दुध पिलाउँदा बच्चालाई कहिले पनि सीधा अवस्थामा राख्नु हुँदैन । 

जब बच्चालाई दुधपिलाउने समय आउँछ तब आमाहरु सुत्ने गरेका छन् जुन कयौं अवस्थामा खतरनाक हुन सम्छ । यसका कारण दूध स्वास नलीमा जाने सम्भावना हुन्छ जसका कारण बच्चाको ज्यान खतरामा पर्छ । 
 

मंसिर १४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार