×

NMB BANK
NIC ASIA

सत्तारुढ पार्टीका नेताहरू नै अत्याधिक बहुमतको वर्तमान  सरकार असफल भएको औंल्याइरहेका छन् । सरकारले शान्ति सुरक्षा र न्याय दिन नसकेको, महंगी, भ्रष्टाचार र कमिसनखोरी रोक्न नसकेको, जनतामा सकारात्मक आशाको सञ्चार गर्न नसकेको र पूर्ण बहुमतको सरकारका साथै प्रदेश तथा स्थानीय सरकार समेत एउटै दलको हुँदा पनि विगतमा मनमोहन नेतृत्वको ९ महिने सरकार हुँदा जतिको काम समेत गर्न नसकेको भन्ने असन्तुष्टि सरकारमा रहेकै दलका नेताहरूले व्यक्त गरिरहेका छन् ।

Muktinath Bank

दुईतिहाइ बहुमतको सरकार हुँदा पनि मुलुकको बेडा पार लगाउने छाँट नदेखिएको र सरकारका गतिविधिले जनतामा निराशा छाएको तथा उनीहरूसामु जान पनि अप्ठ्यारो परेको कुरा उठाउँदै गएको संसद्मा सत्तारुढ दलका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नै ‘बेडा पार लगाइदेऊ माझी’ भन्ने गीतको स्मरण गरेका थिए । त्यतिबेला विदेश यात्राबाट फर्केर आउँदा आउँदै प्रधानमन्त्री केपी ओलीले त्यसप्रति व्यंग गर्दै त्यस्तो गीत गाएको मैले पनि सुनेको छु भनेर त्यो गुनासोलाई उपेक्षा गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्तारुढ दलकै सांसद विरोध खतिवडाले बालिका निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणका सन्दर्भमा संसदमा गम्भीर प्रश्न उठाउँदै असन्तुष्टि जनाएका थिए । उनले अपराधी पत्ता नलागेको र सही छानबिन नभएकोमा यस्तो असन्तुष्टि प्रकट गर्दै नियमित प्रहरी प्रशासन हुँदाहुँदै एकपछि अर्को छानबिन आयोग किन गठन गर्नु परेको हो ? भन्ने प्रश्न उठाएका थिए र यस्तै हो भने प्रहरी संगठनलाई नै खारेज गरिदिए भइहाल्यो नि ! भन्ने प्रतिक्रिया जनाएका थिए ।


Advertisment
Nabil box
Kumari

यसबीचमा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि यो सरकारका गतिविधिले जनता सन्तुष्ट नभएको बताएका थिए र आवश्यक परे कदम चाल्नेसम्मका कुरा पनि गरेका थिए । अर्का नेता वामदेव गौतमले त सहमतिको राष्ट्रिय सरकार गठन गर्नुपर्नेसम्मका कुरा उठाएर यो सरकारको काम र कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए । 

Vianet communication
Laxmi Bank

अहिले पछिल्लोपटक सत्तारुढ दलकै अर्का नेता नेता भरतमोहन अधिकारीले जनताले आफ्नो दललाई देश सुम्पेको तर सरकार असफल भएको प्रतिक्रिया दिएका छन् । उनले विगतको अल्पमतको मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारले जति पनि अत्यधिक बहुमतको वर्तमान काम गर्न नसेको कुरा व्यक्त गरेका छन् । मनमोहन नेतृत्वको त्यो ९ महिने अल्पमतको सरकारमा माधव नेपाल परराष्ट्रमन्त्री स्वयं भरतमोहन अधिकारी अर्थमन्त्री र वर्तमान प्रधानमन्त्री केपी ओली गृहमन्त्री रहेका थिए । 

वर्तमान ओली नेतृत्वको सरकारले शासन सत्ता सम्हालेको ९ महिना पूरा गरिसकेको सन्दर्भमा एक सञ्चार माध्यमसँग कुरा गर्दै सत्तारुढ दलका बयोवृद्ध नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले ओली नेतृत्वको वर्तमान सरकार आफूले पाएको म्याण्डेडका आधारमा चल्न नसकेको र पूरै असफल नै भएको कुरा हालै विदेशी सञ्चारमाध्यम बीबीसँग प्रष्ट बताएका छन् ।

मनमाहेन नेतृत्वको त्यतिबेलाको सरकारको काम उल्लेख गर्दै अधिकारीले भनेका छन्– “त्यतिखेर नौ महिना अल्पमतको सरकार हुँदा समेत हामीले जनतामा बेजोड उत्साह सिर्जना गरेका थियौं । अहिले त केन्द्र, प्रदेश र स्थानीय सरकार जताततै हेर्दा कम्युनिस्टलाई जनताले देश नै सुम्पेको जस्तो छ । तर जनता, कार्यकर्ता सबै निराश छन्, त्यसैले भन्नैपर्छ– सरकार पूरा असफल भएको छ ।’’ 

स्वयं सत्ताधारी दल नै वर्तमान सरकारको क्रियाकलाप, कार्यशैली र त्यसको परिणाम स्वरूप मुलुकमा उत्पन्न समस्याले सरकार असफल भएको निष्कर्ष निकालिरहेको छ ।

अहिलेको सरकारले विकास र समृद्धिमा ध्यान केन्द्रित गर्नुपर्ने औल्याउँदै अधिकारीले देशका लागि ठूला विकास परियोजनाहरू पनि आवश्यक भएको तर लोकतन्त्र र लोककल्याणकारी राज्यको अवधारणा अनुरूप हुनेगरी गाउँगाउँका मानिसको आवश्यकता र मर्म समेटिने काम पनि हुनुपर्ने धारणा पनि व्यक्त गरेका छन् ।

यसबारे अझ प्रष्ट पार्दै उनले भनेका छन्— “उत्पादन वृद्धि, रोजगारी वृद्धि, लगानीको वातावरण सिर्जना, पूर्वाधार विकास, सामाजिक सुरक्षाको विस्तार र सुशासन कायम गर्नेजस्ता आम सरोकारका मुद्दामा यो सरकारले जनतालाई छुन सकेको छैन । नेपालजस्तो देशमा विकास गर्न यी कुरामा सन्तुलित प्रयास आवश्यक भएको बताउँदै अधिकारी भनेका छन्– ‘तर यहाँ त कम्युनिष्ट सरकार भए पनि कांग्रेसको पालाको कार्यक्रमहरू दोहोर्‍याउने काम मात्र भएको, त्यसबाहेक अरु केही नभएको,’’ उल्लेख गरेका  छन् ।  उनले प्रष्ट भनेका छन्– “हामीले त्यतिखेर ‘आफ्नो गाउँ, आफैं बनाऊँ’ जस्ता अभियानदेखि लिएर विकासको लहर, सामाजिक सुरक्षाका कार्यक्रमजस्ता थुप्रै पक्षले जनतालाई उत्साहित गराएका थियौं । तर अहिले ९ महिनामा केही भएन ।’

अहिलेको सरकारले के कारणले गर्दा काम गर्न सकिरहेको छैन भन्ने प्रश्नमा अधिकारीले भनेका छन्– ‘यो सरकारले कुन आर्थिक मोडलमा ‘समृद्ध नेपाल एवम् सुखी नेपाली’ हुन सक्छन् भन्ने पहिल्याउनै जानेन । राहत कार्यक्रम, सामाजिक सुरक्षामा लगानी र ग्रामीण विकासका कामहरू हुन सकेनन् । कृषिमा सुधारको केही नयाँ प्रयास नै भएको छैन । त्यस्तो प्रयास गरेको भए त कृषि त्यस्तो क्षेत्र हो जहाँ तीन महिनामै प्रतिफल देख्न सकिन्छ । सरकारी अनुदानहरू बिचौलियाले खाइरहेका छन्, जसका कारण भएका कार्यक्रमबाट समेत कृषकहरू लाभान्वित हुन सकेका छैनन् भन्ने यावत कुरा उनले औंल्याएका छन् ।

उनले थपेका छन्— ‘आर्थिक विकासका जनपक्षीय मोडलहरू तयार भएनन् । लगानी बाहिरबाट ल्याउनैपर्छ र निजी क्षेत्रलाई प्रोत्साहन गर्नैपर्छ । तर यहाँ आयातको अर्थतन्त्र फस्टाइरहेको छ । बैंकहरू मोटाइरहेका छन् । उद्योग विस्तार हुन सकेका छैनन् । दुईवटा पार्टीहरू एकीकृत हुँदा देशमा जुन उत्साह थियो त्यो अहिले पाइँदैन,’ भरतमोहनले सरकारको कारणले स्थिति यस्तो भएको प्रष्ट पारेका छन् ।

सत्ताधारी पार्टीका नियमित बैठकहरू बस्न नसकेको, सरकारी कामको समीक्षा हुन नसकेको, सरकारमा बस्नेहरूको संकीर्ण सोचाइ रहेको र आलोचनाबाट बच्न बैठकहरूलाई अनेक बहानामा टार्दै लगेको भन्ने पार्टीभित्रको बढ्दो असन्तुष्टिलाई  पनि प्रधानमन्त्री पक्षका नेताहरूले सरकारको आलोचना गर्न के नै बाँकी छ र भन्ने प्रतिटिप्पणी गर्दै  हलुका रूपमा लिएको देखिन्छ । उनीहरू सरकारले उल्लेख्य केही गर्न नसके पनि नराम्रो पनि केही गरेको छैन भनेर उम्किने गरेका छन् ।

यसरी प्रतिपक्षमा रहेको र कमजोर गतिविधिमा सीमित रहेको नेपाली कांग्रेस र आम जनताको असन्तुष्टिको कुरै छाडौं, स्वयं सत्ताधारी दल नै वर्तमान सरकारको क्रियाकलाप, कार्यशैली र त्यसको परिणाम स्वरूप मुलुकमा उत्पन्न समस्याले सरकार असफल भएको निष्कर्ष निकालिरहेको छ । यी सबै कुराले सत्तारुढ दलको नीति, निर्णय र कार्य क्षमतामाथि नै गम्भीर प्रश्न उठेको छ ।

देशमा शान्ति सुरक्षाको स्थिति बिग्रनु, महिला हिंसा तथा बलात्कारका घट्नाहरू दिनप्रतिदिन बढ्दै जानु र तिनको उचित छानबिन तथा न्याय नहुनु, जनता चरम महंगीको मारमा परिरहनु, बाह्य हस्तक्षेपका अनेक गतिविधिहरू बढिरहनु, सरकारले विलाश र सुख सुविधा वृद्धिका निर्णयहरू अघि सार्नुले समेत जनतामा आक्रोश र असन्तुष्टि चुलिँदै गएको छ । यसरी बहुमतप्राप्त सरकारले राजनीतिक स्थायीत्व र सामाजिक स्थीरता दिन्छ भन्ने कुराले केही अर्थ राख्दो रहेनछ र परिवर्तनको सही प्रतिनिधित्व पनि गर्न सक्दो रहेनछ भन्ने कुराको थप पुष्टि भएको छ ।

पढ्नुस् यो पनि :

भरतमोहन भन्छन्- तस्करहरूले अब देश खान मात्रै बाँकी छ !

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x