×

NMB BANK
NIC ASIA

काठमाडौं – नेपालमा एचआईभी संक्रमितमध्ये ४७ प्रतिशत एआरभी उपचारको पहुँचमा नरहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

नेपालमा ३१ हजार २० जनामा एचआइभी संक्रमण रहेको र तीमध्ये १९ हजार २० जना पुरुष तथा १२ हजार महिला रहेको केन्द्रले जनाएको छ । एचआईभी संक्रमितमध्ये १६ हजार ४ सय २८ जना मात्रै एआरभी उपचारको रहेको केन्द्रको तथ्याङ्क छ । बाँकी ४७ प्रतिशत एआरभी उपचारको पहुँचमा नरहेको केन्द्रले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. तारानाथ पोख्रेलका अनुसार ७६ प्रतिशत एचआईभी असुरक्षित यौन सम्पर्कको माध्यमबाट सरेको छ ।  


Advertisment
Nabil box
Kumari

हामीले जनचेतामूलक कार्यक्रम गरिहेका छौं, तर सबैको पहुँचमा सन्देश पुग्न सकेको छैन,’ निर्देशक डा. पोख्रेलले भने, ‘७६ प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कका कारण सरेको छ ।’ 

Vianet communication
Laxmi Bank

नेपालमा सुइद्वारा लागू पदार्थ प्रयोग गर्नेहरू, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगीहरूमा एचआईभीको उच्च जोखिममा रहेका छन् । यस्तै रोजगारीका लागि विदेशिने र जेलमा रहेका कैदीहरू एचआईभीको जोखिममा रहेका छन् । 

नयाँ संक्रमणको दर घट्दै

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांकका अनुसार सन् २०१० देखि १७ सम्ममा नयाँ एचआईभी संक्रमितको संख्या घट्दै आएको देखिएको छ ।

सन् २०१० देखि २०१७ सम्ममा ६१ प्रतिशतले नयाँ संक्रमण घटेको छ । यस्तै गर्भवती आमाबाट हुने संक्रमणको दर ६३ प्रतिशतले घटेको छ । तथ्यांक अनुसार यो अवधिमा एड्सका कारण मृत्यु हुने दर २३ प्रतिशतले घटेको छ ।

नेपालले एड्सको महामारीलाई अन्त्य गर्न र दिगो विकासको लक्ष्यलाई हासिल गर्न सन् २०२० सम्ममा ९० प्रतिशत एचआईभी संक्रमितहरूले आफ्नो संक्रमणको अवस्थाबारे थाहा पाउने, तीमध्ये ९० प्रतिशतको औषधि उपचारमा पहुँच हुने र औषधिको प्रयोग गर्नेहरूमध्ये ९० प्रतिशतमा शरीरमा भइरसको भार न्यून बनाउने लक्ष्य राखेको छ । 

सोही लक्ष्यलाई प्राप्त गर्न सरकारले यस वर्षको विश्व एड्स दिवसलाई ‘एचआईभीको जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ भन्ने नारा सहित जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्दैछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x