माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
अंग्रेजी पुस्तकको समीक्षा अंग्रेजीमा हुनु स्वाभाविक हो । हिरामणि घिमिरेले त्यही गर्नुभएको हो---डा. देवेन्द्रराज पाण्डेको नयाँ पुस्तकको चर्चा ‘स्पटलाइट’ मा छपाएर । समीक्षकले समीक्षाको थालनी एक अमेरिकी उद्गारको उध्दरणबाट गर्नुभएको छ :
‘ If all sinners were to be shot at sight, few would be left to bury the dead.’---Clarence Darrow. ( सबै पापीलाई देख्नासाथ गोली ठोकेर मारियो भने मर्नेहरूलाई गाड्ने मानिस बाँकी रहने छैनन् )
क्लेरेन्स ड्यारोले बीसौं शताब्दीको शुरूमाप्रकट गरेको यस विचारलाई उतिखेरैकै सन्दर्भमा पढ्नु गुन्नु श्रेयस्कर होला । विगतबाट पाठ सिकेर सजग हुने कुरो भिन्दै हो ।
घिमिरेले समीक्षा गरेको पुस्तकले अध्ययनमा ल्याएका कुराहरू मूलत: सदाचार, इमान्दारी र सेवाभावसित सम्बन्धित छन् ; भ्रष्टाचारको विरोधमा छन् । तर यस टिप्पणीले कोट्याउन खोजेको कुरो अर्कै छ, र त्यो हो उध्दरण र त्यसको प्रस्तुति सम्बन्धी प्रचलन ।
हिरामणि घिमिरेले धेरै मेहनत गरेर, खोजेर, खोतलेर सात समुद्रपारबाट ल्याएको एक घतलाग्दो उध्दरण नेपालका अंग्रेजी पाठकहरूसित बाँडचुँड गर्नुभएको छ । यो प्रशंसनीय काम हो । यस्तो काम पढालेखा कहलिने अन्य नेपालीले पनि गर्छन्, गरेका छन् । म पनि बेला-बखत, मौका पर्दा गर्छु । देश-देशावरका बयान, पुस्तकहरू छिचोल्दा नयाँ सोच वा कोण भेट्टाएँ भनेर खुसी पनि हुन्छु । उध्दरण दिनमा कञ्जुस्याञी गर्दिनँ ।
अचेल कहिलेकाहीँ लाग्छ, अनाहक टाढा-टाढा भौंतारिएर गल्ती पनि गर्दो रहेछु ।
खँदिला, रसीला र पोटिला उध्दरण वरिपरि पनि पाइने रहेछन् । यही हिमवत्खण्डको सेरोफेरोमा भेटिने रहेछन्—मूल्यवान् वृक्ष वनस्पति भेटिए झैं । वेद, उपनिषद्, गीता समेत एक हैन अनेक ग्रन्थ उपलब्ध छन् । रुचि हुनुप~यो, पहुँच बढाउनु प-यो । पहुँच बढाउन संस्कृतको अध्ययनले ठूलै सघाउ पुग्ने देखियो । जो जानकार छ उसबाट सिक्न सङ्कोच मान्नु भएन ।
एसियाको यस हिमाली खण्डमा उपयोगी र विचारोत्तेजक उध्दरण फेला पार्न सात समुद्रपारका लेखक, विद्वान्हरू यतै आइपुग्दा रहेछन् । भनौं, यता आएर बटुलेका सामग्री अंग्रेजीमा रूपान्तरण हुँदै युरोप, अमेरिका पुग्दा रहेछन् । र, त्यताका समाजको चिन्तन-मनन प्रकृयामा ती सामग्रीको योगदान हुँदो रहेछ । अन्वेषकहरू आदान-प्रदानमा लागेकै हुन्छन् ।
उदाहरण हुन सक्छ यसै वर्ष (सन् २०१८) संयुक्त राज्य अमेरिकामा प्रकाशित पुस्तक ‘वार अन् पीस’ ( शान्तिमाथिको युध्द ) । कूटनीतिक संयन्त्रहरू खिया लागेका, भुत्ते भैदिनाले विश्वमा अमेरिकी प्रभाव निरन्तर घटिरहेको छ भन्ने लेखक रोनन् फ्यारोको निचोड छ । पत्रकारिता र अमेरिकी परराष्ट्र सेवा दुबैतर्फको अनुभव बटुलेका फ्यारोले चर्चित पुस्तकको प्रस्तावना खण्ड नै पूर्वीय ग्रन्थ‘मनुस्मृति’ को उध्दरणबाट गरेका छन् । यसरी :--
Appoint an ambassador who is versed in all sciences, who understands hints, expressions of the face and gestures…The army depends on the official placed in charge of it…peace, and its opposite, war, on the ambassador. For the ambassador alone makes and separates allies; the ambassador transacts that business by which kings are disunited or not.
THE MANUSMIRITI, HINDU SCRIPTURE, CA. 1000 BCE
कस्ता-कस्ता गुण, खुबी र क्षमता भएको व्यक्तिलाई राजदूत नियुक्त गर्नू भनेर इसापूर्व एकहजार वर्ष पहिले मनुले निर्देश गरेका छन् । त्यसको मर्म एक अमेरिकी लेखकले बुझेर आजको सन्दर्भमा उल्लेख गर्न आवश्यक देखेका ठाने । भनेका छन्, सेनाले पनि कूटनीतिको जिम्मा लिनेकै भर गर्नुपर्ने हुन्छ । आदि, इत्यादि ।
मनुस्मृतिको यस उध्दरणले फ्यारोको पुस्तकको वजन बढाएको छ ।
चारशय पृष्ठको यस पुस्तकमा लेखकले डोनाल्ड ट्रम्पको सरकार बहाल भएपछि अमेरिकाको विश्वछवि झन् झन् धमिलिएको यथार्थ औंल्याएका छन् ।
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...