×

NMB BANK
NIC ASIA

रजनीकान्तको २.०– चर्चाबढी गरिएको फितलो फिल्म

मंसिर १५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

रजनीकान्त र अक्षयकुमार स्टारर फिल्म २.० को चर्चा यतिवेला व्यापक छ । रजनीकान्तका फ्यानहरुले फिल्म रिलिज भएसँगै फिलिम हलहरुको बाहिर पोस्टर टाँगेर पूजा गरेको दुध चढाएको समाचारहरु पनि बाहिरिएका छन् । 
भारतीय फिल्म उद्योगको सबैभन्दा महँगो फिल्म समेत रहेको २.० को चर्चा विभिन्न कारण बाट भइरहेका छन् । यसअघि आएको फिल्म रोबोटको सिक्वेलको रुपमा रिलिज भएको फिल्ममा पहिलोपटक भारतीय अभिनेता अक्षय कुमारले भिलेन पात्रको अभिनय गरेका छन् । 

Muktinath Bank

प्रविधिको उच्चतम प्रयोग गर्दै शंकरले बनाएको फिल्मको चर्चा अनुसार दर्शकलाई निराश पारिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्माण भएको लामो समय कुरेको फिल्मका कारण पनि आम मानिसको चासो यो फिल्ममा थियो । यसका साथै भारतीय फिल्म उद्योगमा एक पछि अर्को फिल्मको असफलताका कारण पनि रजनीकान्त र अक्षयको फिल्म रोमाञ्चक र अविष्मरणीय हुने अधिकांशको अनुमान थियो तर कथात्मक प्रस्तुती भने फितलो रहेको फिल्म हेर्नेहरुले अनुभव गरेका छन् । 


Advertisment
Nabil box
Kumari

प्रविधिको प्रयोगले वातावरणमा पारेको नकारात्मक प्रभाव र त्यसको परिणामलाई फिल्मले देखाउन खोजेको छ । तर त्यसको प्रस्तुतीकरण फितलो भएको आभाष हुन्छ । 

Vianet communication
Laxmi Bank

पहिलो फिल्म रोवर्टमा कथावस्तु आकर्षक रहेको र प्रविधिको प्रयोगपनि राम्रोसँग गरिएका कारण धेरै २.० रोवर्ट भन्दा उत्कृष्ठ हुने अनुमान गरेका थिए । 

फिल्मका लेखक÷निर्देशन शंकरले फिल्म निर्देशनका क्रममा इस्पेसल इफेक्टहरुमा ध्यान केन्द्रीत गरेका छन् । 

तर उठान गरिएको विषयप्रतिभने फिल्म हेर्नेको समर्थन रहेको छ मात्र त्यसको प्रस्तुतीकरण कतै चुकेको आभाष हुन्छ । 

यस्तो छ कथा

कथाको सुरुवात एकजना व्यक्ति पन्छिराजन(अक्षयकुमार)ले टेलिफोनको टावरमा झुण्डिएर आत्महत्या गरेसँगै सुरु हुन्छ । तामिलनाडुका मोबाइल उपभोक्ताको हातबाट मोबाइलहरु गायब हुन्छ । व्यक्तिका साथै मोबाइलपसलहरुबाट समेत मोबाइल गायब हुन्छ तर कहाँ जान्छ कसैलाई थाहा हुँदैन । जसमा कारण शहरमा आतंक नै सिर्जना हुन्छ ।

त्यसको खोजीका लागि रजनीकान्तले प्रयास गर्छन् । र एक स्थानको खोलामा सबै मोबाइलहरु देख्छन् तर त्यो चराको रुपमा उडेर विध्वंस गर्न थाल्छ । त्यसपछि डा. वसीकरण( रजनीकान्त)ले रोबोर्ट फिल्मको चिट्टीलाई फेरि ‘रिलोड’ गरिन्छ । अपडेट गरिएको भर्सन भएका कारण फिल्मको नाम २.० राखिएको हो ।


चिट्टी र चरा आकृतिको राक्षसबीच लडाइ हुन्छ । उक्त चरारुपी राक्षस कोही नभएरु चराविज्ञ पन्छिराजन( अक्षयकुमार) हुन्छन् । 

पन्छिराजन(अक्षयकुमार)ले किन सबै मोबाइललाई थुते, शहरमा विध्वंश मच्चाए भन्ने घटना फिल्मको दोस्रो हाफमा देखाइएको छ । 

चरालाई माया गर्ने अक्षयकुमारले किन आत्महत्या गरे र विध्वंस मच्चाए भन्ने फिल्ममा देखाइएको छ । फिल्मले यो संसार मानिसको मात्र होइन अन्य जीवको पनि हो भन्ने कुरालाई प्रस्तु गर्न खोजेको छ । मानिसले आफ्नो स्वार्थका लागि अन्य जीवको अस्तित्व नै संकटमा पारेको भन्दै यसको प्रयोग सकारात्मक रुपमा हुनुपर्ने सन्देश दिन खोजेको छ । तर त्यति दमदार कथा फिल्ममा पाउन सकिँदैन ।

मोबाइल हराएको घटनाबाट सुरु भएको फिल्मको पहिलोहाफसम्म दर्शकले फिल्ममा के भइरहेको छ भन्ने मेसो पाउन सक्ने अवस्था छैन । मोबाइल हराउने र ठूलो चराले वा मोबाइलले नै विभिन्न आतंक सिर्जना गरेको दृश्य देख्न पाइन्छ । दोस्रो हाफदेखि केही कथात्मक भएपनि त्यसपछिका द्वन्द्व सामान्य लाग्छन् । 


मोबाइल रेडियसका कारण पन्छिहरुलाई हानी पुगेको र आवश्यकता भन्दा बढी मात्रामा फ्रिक्वेन्सी वितरण गरेका कारण समस्या उत्पन्न भएको फिल्ममा देखाइएको छ । तर रेडिएसन विरुद्ध पन्छिराजनको अभियानलाई पनि कमजोर रुपमा देखाइएको छ । 

कथाबस्तुसहितको फिल्म खोज्नेहरुका लागि यो फिल्म सामान्य नै छ । 


भीएफएक्सको बेजोड प्रयोग गरिएको भएपनि फिल्मको कथा कमजोर देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x