×

NMB BANK
NIC ASIA

सीमा व्यवस्थापनमा गम्भीर लापरवाही : दशगजामा गहुँ खेती, सीमाबारे अन्योल

मंसिर १५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

कैलाली (रामपुर) – दशगजा अर्थात् ‘नो म्यान ल्याड एरिया’को जिरो पोइन्टदेखि दायाँ र बायाँ करीब ९/९ मिटरको दूरीमा कुनै पनि स्थायी किसिमका मानवीय क्रियाकलाप हुनु हुँदैन । 
तर कैलाली जिल्लासँग जोडिएको २ देशीय सीमा नाकाको दशगजा क्षेत्र दुवै तर्फको अतिक्रमणको चपेटामा परेको छ ।

Muktinath Bank

जिल्लाको कैलारी गाउँपालिका–७ रामपुर र भारतको लखिमपुर खिरी जिल्लाको बेलापरासुवाबीचको दशगजा क्षेत्र अतिक्रमणको चपेटामा परेको हो । दुवै देशका स्थानीयले आ–आफ्नो क्षेत्रबाट अतिक्रमण गर्दै दशजगा क्षेत्र नै खनजोत गरी हाल गहुँ लगायत हिउँदे बाली छरेको कैलारी गाउँपालिका–७ का वडा अध्यक्ष कमल चौधरीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यहाँ एक पक्षबाट मात्रै होइन । दुवै पक्षका स्थानीयले अतिक्रमण गरी दशगजा बाँकी राखेनन् । जसले गर्दा सीमा क्षेत्र छुट्याउनै गाह्रो छ,’ वडा अध्यक्ष चौधरीले भने, ‘बेलैमा सावधानी अपनाउन सकिएन भने यसले भविष्यमा ठूलो दुर्घटना निम्त्याउँदैन भन्न सकिँदैन । सीमा क्षेत्र निकै संवेदनशील क्षेत्र भएकाले केही भइहाल्यो भने कञ्चनपुरको पुनर्वासको घटना दोहोरिन्न भन्न सकिन्न ।’


Advertisment
Nabil box
Kumari

दुवै तर्फका केही स्थानीयले दशगजा अतिक्रमण गर्दा हाल करीब ३ किलोमिटर २ देशीय सीमाना खेतको आलीमा परिणत भएको छ भने कतिपय स्थानमा त झनै आली समेत नभएकाले सीमाना छुट्याउन सकिने अवस्था नभएको वडा अध्यक्ष चौधरीले जानकारी दिए । तर भारतीय पक्षले बढी सतर्कता अपनाएपनि नेपाली पक्ष बेखबर भएको बताइएको छ ।

Vianet communication
Laxmi Bank

तर सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भजनीका प्रहरी निरीक्षक धनबहादुर सिंहले सीमा क्षेत्र स्पष्ट नहुँदा समस्या भएको बताए । सो क्षेत्र नदीको बगर क्षेत्र रहेको बताउँदै प्रहरी निरीक्षक सिंहले बगरका कारण सीमाना स्पष्ट नहुँदा स्थानीय किसानले आ–आफ्नो तर्फबाट अतिक्रमण गरेको बताए । समस्या समाधानको लागि माथिल्लो निकायलाई समेत जानकारी गराइसकेको उनले बताए ।

सो क्षेत्रमा सहायक सीमा स्तम्भ पनि हराएका छन् । प्रहरी निरीक्षक सिंहका अनुसार ७२२/१, ७२२/२ र ७२२/३ नम्बर गरी ३ वटा सहायक स्तम्भ हराएका छन् । जसले गर्दा सीमा क्षेत्र कुन देशको कहाँसम्म हो ? भनेर छुट्याउन सकिने अवस्था समेत नरहेको बताइएको छ । जसको मौका छोपी किसानले दशगजा क्षेत्र अतिक्रमण गरेका हुन् ।

सीमा विवादले नेपालीलाई पीडा

सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लामा २ देशीय सीमा विवाद बेला बखत हुँदै आएको छ । चाहे कञ्चनपुरको सीमा क्षेत्रमा एसएसबीको गोली काण्ड होस्, चाहे दार्चुलामा एसएसबीले नेपाली भूमिमा काठे पूल निर्माणको घटना होस् । नेपाली जनताले नै दुःख पाएका छन् । कैलालीको फूलवारी, भजनीको मौरियामा पनि बेलाबखत सीमा विवाद हुँदै आएको छ ।

२०७३ फागुन २६ गते कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रमा सीमा विवादपछि एसएसबीले गोली चलाउँदा आनन्द बजारका २० वर्षीय गोविन्द गौतमले ज्यान गुमाउनुपरेको थियो । घटनाबाट पाठ सिकेर सावधानी अपनाउनुपर्नेतर्फ राज्य अग्रसर हुनुपर्ने स्थानीयको भनाई छ ।

केही समय अगाडि नेपाली भूमि हौसलपुर क्षेत्रमा पनि सीमा विवाद देखिएको थियो । भारतीय पक्षले दशगजा क्षेत्रसहित नेपाली भूमि अतिक्रमण गरी बेसार रोपेका थिए । पछि स्थानीयबीच बेलाबखत विवाद हुन थालेपछि २ देशीय सुरक्षा टोलीलगायत सरोकारवालाले अतिक्रमित क्षेत्र खाली गराएको थियो । तर रामपुर क्षेत्रको अतिक्रमित क्षेत्र खाली नगराउँदा स्थानीयबासी चिन्तित बनेका छन् ।

२ सय ९० सीमा स्तम्भ निर्माण हुन बाँकी

कैलाली–कञ्चनपुर जिल्लास्थित अझै २ सय ९० सीमा स्तम्भ निर्माण हुन बाँकी रहेको छ । नेपाल–भारत सीमा सर्वे टोली सदस्य सुदर्शन सिंह धामीका अनुसार कैलाली–कञ्चनपुरमा अझै २ सय ९० सीमा स्तम्भ निर्माण हुन बाँकी रहेको छ । कैलालीमा पर्ने २ सय ८२ सीमा स्तम्भमध्ये ७३ वटा र कञ्चनपुरमा पर्ने ३ सय ७७ पिलरमध्ये २ सय १७ वटा अझै निर्माण हुन बाँकी रहेको हो । 

कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले २ देशीय सीमा विज्ञ टोलीमार्फत् सर्वेक्षण भई निर्माण हुन बाँकी सीमा स्तम्भ निर्माण तथा मर्मत सम्भार हुने जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x