कात्तिक १९, २०८०
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
काठमाडौं – गायक शम्भु राईलाई धेरै चिनाइराख्नु पर्दैन । गीतसंगीत क्षेत्रमा उनको आफ्नै नाम छ, पहिचान छ, अनि योगदान पनि ।
आजभन्दा ३ दशकअघि उनले गाएका गीत अझै पनि स्रोताको मनमा बसेका छन् । चलेछ बतास सुस्तरी, चिट्ठी तिमीलाई लेखुँ भन्थें ..., उनले गाएका चर्चित गीत हुन् ।
३ सय बढी गीतमा स्वर दिएका शम्भु ती गीतको लोकप्रियताबारे भन्छन्, ‘यी गीत गाउँघरमा हिँड्दै गर्दा, मेलापात गर्दा, कतै थकान मेट्दा आएका हुन् । त्यसैले यी गीतमा आफ्नोपन छ । सबैलाई आफ्नै जस्तो लाग्छ । जुन कुरामा आफ्नोपन हुन्छ, त्यो सबैलाई मनपर्छ ।’
बाल्यकाल : आमाले जसरी हुर्काउनुभयो, मैले त्यसैलाई सहज स्वीकारे
२ दिदीका एक्ला भाइ हुन् उनी । सानैमा बुवाको निधनपश्चात् आमा र दिदीको छत्रछायाँमा हुर्किए । बुवाको अभावले सामाजिक रुपमा अपहेलना, स्कूले जीवनमा साथीभाइ, समाजको तिरस्कारसँगै दुःख र अभावबीच बित्यो वरिष्ठ गायक शम्भु राईको बाल्यकाल ।
‘मेरो बुुवा बित्दा म १८ महिनाको थिए रे ! आमा ३० वर्षको हुनुहुन्थ्यो रे ! आमाले भन्नुहुन्थ्यो,’ उनले आफ्नो बाल्यकालबारे लोकान्तरलाई सुनाए । आमाबाट पाउनुपर्ने मायाको भने उनलाई कहित्यै कमी भएन ।
‘समाजमा जे–जस्तो भएपनि आमाको मायाको साथमा हुर्के,’ उनले भने, ‘आमाले जसरी मलाई हुर्काउनुभयो, मैले त्यसलाई नै सहज स्वीकारे ।’ धनकुटा चुङबाङमा जन्मिएका शम्भुको १७–१८ वर्षसम्म अर्थात् बाल्यकाल जन्मस्थानमै बित्यो । एसएलसीसम्मको अध्ययनपश्चात् उच्च शिक्षाका लागि धरान पुगे र महेन्द्र कलेजमा आईएसम्मको अध्ययन पूरा गरे ।
विवाहपश्चात् फक्रियो प्रतिभा
शम्भु बाल्यकालदेखि नै गीत गुनगुनाउँथें । उनकै भनाईमा समाज तुलनात्मक रुपमै स्वतन्त्र थियो । ‘जन्मिँदै स्वतन्त्र संस्कार भएकाले गीतसंगीत क्षेत्रमा लाग्न सहज थियो । कसैको छेकथोक हुँदैन्थ्यो,’ उनले भने ।
हाटबजार, घाँस दाउरा, मेलापातमा गीतसंगीत गुञ्जिन्थ्यो । उनले त्यसैलाई सुनेर, देखेर समाजको त्यो वातावरणबाटै गीतसंगीत सिके । गीत गुनगुनाउँदा साथीभाइ, समाजबाट पाएको सकारात्मक प्रतिक्रियाबाट उनलाई गीतसंगीत क्षेत्रमा अगाडि बढ्न हौसला मिल्दै गयो ।
त्यसपछि उनी एसएलसीपश्चात्को शिक्षाका लागि धरान पुगे । २०३४÷३५ सालतिर पञ्चायती व्यवस्थाविरुद्ध राजतन्त्र फालेर गणतन्त्र ल्याउनुपर्छ भन्ने अभियानमा हिँडे । ‘संकल्प’ गीति कार्यक्रममार्फत् प्रगतिशील गीतसंगीतको अभियानमा हिँड्दा उनले धेरै गीत गुनगुनाए । धरानमै रहँदा उनको भेट प्रमोदा राईसँग भयो । २०३९ सालमा उनै प्रमोदासँग बिहे गरेर जीवनको नयाँ पाटोको यात्रा शुरू गरे ।
विवाहपश्चात् मात्र उनको प्रतिभा संगीत जगतमा फस्टाउने मौका पायो । आफ्नो प्रतिभा देखेर पत्नीको भनाई उदृत गर्दै उनले भने, ‘तपाईसँग यस्तो प्रतिभा छ, त्यसले अब रेडियो नेपालमा गएर गीत रेकर्ड गर्नुपर्छ ।’ पत्नीकै आग्रहमा उनले परिवारसहित काठमाडौंको यात्रा तय गरे ।
काठमाडौं यात्रा र संघर्ष
विवाहपश्चात् २०४१ सालमा परिवारसहित काठमाडौं आएका उनका लागि यो ठाउँ नौलो मात्र थिएन, जिउन उत्तिकै कठिन पनि थियो । काठमाडौं आएपश्चात् रेडियो नेपालमा सारंगी बजाउने काम गरे उनले ।
केही स्कूलमा संगीत पनि पढाउन थाले । त्यो संघर्ष उनका सामु अझै ताजै छ । बिहान ५ बजेदेखि १२ बजेसम्म काममा व्यस्त हुन्थे । त्यो संघर्ष गाँस, बास, कपासको थियो । परिवारलाई काठमाडौं बस्ने वातावरण मिलाउनु थियो । ‘म बिहान काममा जाँदा मेरा छोराछोरी सुतिरहेका हुन्थे भने आउँदा पनि सुतिरहेकै हुन्थे,’ शम्भु भन्छन् ।
‘आर्थिक स्रोत भनेको मुस्किलले महिनामा एक–डेढ सय रुपैयाँ हुन्थ्यो । पत्नीको जागिर थियो,’ उनी थप्छन्, ‘पतिपत्नीको कमाइले चल्थ्यो जिन्दगी ।’ रेडियो नेपालमा केही समय काम गरेपछि २०४४ सालदेखि उनले रेडियो नेपालको काम छाडेर राष्ट्रिय नाँचघरमा काम गरे । त्यहाँ उनले ६ वर्ष काम गरे । पछि २०५० सालताका आफैंले काठमाडौंको पुतलीसडकमा रेकर्डिङ स्टुडियो खोले – श्रद्धा रेकर्डिङ स्टुडियो ।
त्यसपछि भने उनले जागिर गर्न छाडे । स्टुडियोलाई नै प्राथमिकता दिए । गीतहरू ल्याउँदै गए । गीतसंगीतमा चर्चा पाउँदै जाँदा सांगीतिक कार्यक्रममा व्यस्त बन्दै गए ।
जुन गीतबाट शम्भु चर्चामा आए
उनले २०४२ जेठमा रेडियो नेपालबाट गीत रेकर्ड गरे चलेछ बतास सुस्तरी ... । जतिबेला उनी रेडियो नेपालमा सारंगी बजाउँथे, रेडियो नेपालमै भएपनि गीत रेकर्ड गर्न सहज थिएन । स्वर परीक्षा पास गर्नुपर्थ्यो । स्वर परीक्षा पास भएपछि रेडियोले दिएको डेटमा गीत रेकर्ड गर्नुपथ्र्यो । उनले त्यो परीक्षा पास गरेर गीत रेकर्ड गराए ।
गीत रेकर्ड भइसकेपछि रेडियोबाट प्रसारण हुन्थ्यो । अन्य विकल्प नभएकाले रेडियो नेपालबाट प्रसारण हुने गीत धेरै स्रोताले सुन्थे र राम्रा गीतले चर्चा पनि राम्रै पाउँथे । उनको सन्दर्भमा पनि त्यति भयो । रेडियो नेपालमा रेकर्ड भएको उनको पहिलो गीत नै स्रोताले रुचाए । गीत रुचाएसँगै उनको चर्चा पनि स्वभाविक भयो ।
सर्जकमै जुधेको गीत ‘चिठी तिमीलाई लेखुँ भन्थें’
२०४४ सालतिरको कुरा हो । नेपालमा टेलिफोनको विकास त्यति भइसकेको थिएन । चिठी सन्देश आदानप्रदान गर्ने माध्यम थियो । मानिसहरू सूचना आदानप्रसाद गर्न चिठीकै भर पर्नुपर्ने अवस्था थियो । सोही समयमा शम्भुले गाए, ‘चिठी तिमीलाई लेखुँ भन्थे’ । जुन गीतलाई स्रोताले पनि औधी रुचाए । त्यो समय गीतकारले गीत लेखेर गायकलाई दिने प्रचलन थियो । जुन समयमा २ जनाबाट एउटै खालको गीत शम्भु कहाँ आएको थियो । ‘शंकर थापा र राजेन्द्र शाहले जुध्ने खालको शब्द लेख्नुभएको थियो,’ शम्भु सम्झन्छन्, ‘मैले त्यसलाई केही मिलाएर शब्दमा दुवै जनाको नाम राखेर गीत सार्वजनिक गरेँ ।’
रेडियो नेपालमा बजिरहेकाभन्दा त्यो गीतको विषयवस्तु फरक थियो । आफू नयाँ भएकाले शम्भु पनि फरक ढंगले प्रस्तुत हुन चाहन्थें । उनले जे सोचेका थिए, त्यही भयो । गीतले चर्चा पायो, सँगै शम्भुको चर्चा थप चुलियो । चिठीको माध्यमबाट विवाह समेत भएका कयौं घटना उनले सुनेका थिए । तर उनी स्वयम्ले भने चिठी लेख्ने अवसर नपाएको बताउँछन् ।
सिर्जनाको कमी हुँदैछ, विकृति बढ्दैछ
पहिला–पहिला गीत निकाल्न त्यति सहज थिएन । सर्वप्रथम त गीत गाउन रेडियो नेपालमा स्वर परीक्षा पास गर्नुपथ्र्यो । स्वर परीक्षा पास गरिसकेपछि रेडियो नेपालले गाउनका लागि समय दिन्थ्यो । त्यो समय पाउन मुस्किल थियो । समय पाइसकेपछि, गाइसकेपछि प्रसारण हुन्थ्यो । प्रसारण भएपछि धेरैले सुन्न पाउँथे । अन्य विकल्प थिएन, रेडियो नेपालबाहेक ।
शम्भु प्रविधिको विकाससँगै अहिले गीतसंगीत क्षेत्रमा केही विकृति भित्रिएको बताउँछन् । ‘अहिले चर्चाको नाममा जानेर वा नजानेर विकृति विसंगतितर्फ लाग्नेहरू बढेका छन्,’ उनी भन्छन्, ‘तर त्यसको सुधारको प्रयास हामी आफैंबाट गर्नुपर्छ । चर्चाको नाममा, पपुलर हुन्छु भनेर नजानेर नै विकृति, विसंगतितर्फ लाग्नु भनेको अज्ञानता हो भने जानिजानी लाग्नु कमजोरी हो ।’
शम्भुले गाएका कैयौ गीत अहिले पनि स्रोता दर्शकको मन मस्तिष्कमा बसेका छन् । हिजोआज दिनहुँ गीत सार्वजनिक हुन्छन् । धेरै गीत आउँछन्, जान्छन् । त्यसमा शम्भु सिर्जनाको कमी देख्छन् । भन्छन्, ‘आजभोलि सिर्जनाको कमी हुँदैछ, अन्तरआत्माबाट शब्द नआउनु, पुराना गीतलाई छोएर, बंग्याएर गीत ल्याउने प्रचलन बढ्दो छ ।’
हिजोआजका गीतले छाप छोड्न नसक्नुको कारण नै जनताको भावनालाई समेट्न नसक्नु रहेको बताउँछन् उनी ।
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...