×

NMB BANK
NIC ASIA

शुरूआतमै यो कुरा क्लीयर गर्न चाहन्छु : यो ‘आत्मकथा’ हैन ।

Muktinath Bank

यस देशको नागरिक हुनुको नाताले देशमा हुने हरेक घटनाले मनमा चोट पर्ने कुरा र ती घटनाप्रति चासो र सरोकार हुने विषय स्वाभाविक छ । सामाजिक सरोकारका सन्दर्भमा कोही माईकालालसँग कुनै पनि मूल्यमा सम्झौता गरिँदैन । हुनसक्छ पद, मर्यादा र हैसियतका आधारमा तलमाथि । तर यस्तो किसिमको तलमाथि मजस्तो फकीरको निम्ति खासै ठूलो कुरा हैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बलात्कारपछि हत्या गरिएको भनिएकी कञ्चनपुरकी निर्मला पन्तको प्रकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूप लियो ।  


Advertisment
Nabil box
Kumari

महिलाविरुद्धको हिंसासम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदक डुब्राभ्का सिमोनोभिकले निर्मलाको बलात्कार तथा हत्या अनुसन्धान तथा न्याय निरूपणमा नेपाल सरकारले कमजोरी देखाएको बताइन् । यस घटनामा नागरिक स्तरमा शंका तथा उपशंकाहरू अनेकौं उठे । विरोध र आन्दोलनका स्वरूपहरू पनि विशाल भए । मिडियाहरू यो विषय उठाउन कहिल्यै थाकेनन् ।

Vianet communication
Laxmi Bank

आमरण अनशनमै रहेका बेला एकाएक मानसिक सन्तुलन बिग्रिएपछि निर्मला पन्तका बुबा यज्ञराज पन्तलाई काठमाडौं महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गर्न ल्याइयो । यसभन्दा अघि यज्ञराजको  खल्तीमा ज्यान जान सक्ने विषादी भेटिएको समाचारहरू सम्प्रेषण भए । तर उनको स्वास्थ्य अवस्था सुधारोन्मुख भइरहेको उपचारमा संलग्न चिकित्सकहरूले दाबी गरिरहेका छन् । 

अनेकौं दुःख झेलेका यज्ञराजलाई टिचिङ अस्पतालमा भर्ना गरेपछि उनलाई हेर्न भनौं वा सहानुभूति प्रकट गर्न जाने मानिसको लर्को नै लाग्यो । विभिन्न दलका शीर्ष नेताहरू, एनजीओ तथा आईएजीओकर्मीहरू, महिला तथा मानवअधिकारकर्मीहरू सबै समूह बनाएरै पुगे । तर गोप्य स्रोतको सूचनाअनुसार यज्ञराजको उपचारमा लापरवाही भइरहेको जानकारी आएपश्चात् म बबुरो चाहिँ झसंग भएँ ।

तपार्इं पाठकहरूले टिचिङ अस्पतालको बेथितीहरू बेलाबेलामा पढिनैरहनुभएको होला भन्ने लाग्छ । हुन त यस्तो लाग्छ यो देश त बेथितीहरूकै देश हो । अस्पतालको लकरमा हतियारसमेत भेटिने अस्पताल हो टिचिङ । अनि उपचारमा गम्भीर लापरवाही भएका कैयौं उदाहरणहरू समेत छन्, ती गूगलमा खोज्दा भेटिएलान् । के यज्ञराजको उपचारमा पनि लापरवाही भइरहेको छ त ? म त्यो जान्न चाहन्थें । किन जान चाहन्थें भने म देशको जिज्ञासु नागरिक हुँ ।

स्रोतका अनुसार यज्ञराज चाँडै निको नहुन् र आन्दोलन झन् चर्किरहोस् भन्ने ध्याउन्नमा धेरै शक्तिकेन्द्रहरू लागिरहेका छन् । र अर्को शक्ति चाहिँ यज्ञराजको उपचार प्रभावकारी नहोस् र उनी चाँडै मरून् भन्ने पक्षमा उभिएका छन् । विभिन्न स्वार्थले काम गरेको छ ।

मैले झोलामा एक किलो स्याउका दानाहरू हालेर सरासर टिचिङ अस्पतालतिर निस्के । मेरो हैसियत नै यत्ति थियो । यो यही मंसिर १३ गते बिहान अन्दाजी साढे दश बजेतिरको कुरा हो । वास्तवमा म त्यो टिचिङ अस्पतालमा पहिलोपटक पुगेको थिए । बिरामीहरूको भीडभाड थियो । यज्ञराज कुन वार्डमा छन्, मलाई थाहा थिएन । खोज्दै जाँदा दोस्रो तलामा छन् भन्ने थाहा भयो ।

सामान्य बिरामीलाई भेट्न जाँदा हामी जुन मानसिकताका साथ जान्छौं होला, त्यही मानसिकता बोकेर गएको थिएँ म । अरू केही मतलब थिएन । मतलब यही थियो,  यज्ञराजको उपचारमा लापरवाही भएको छ भन्ने स्रोतको सूचना सही हो कि हैन होला भन्ने कुराको छिनोफानो गर्नुपर्ने थियो । साँचो कुरा भेट्न डाक्टरहरूसँग नै बुझ्नपर्ला भन्ने लागेको थियो । डाक्टरले बिरामीको के डायग्नोसिस गरेको छ ? औषधि कुन कुन चलाएको छ ? हेर्न पाए ‘गूगल सर्च’ गरेर केही जानकारी हासिल गर्न सकिन्थ्यो भन्ने पनि लागेकै थियो ।

यज्ञराजलाई राखिएको वार्डबाहिर पुग्दाबित्तिकै त्यहाँ एक किसिमको रौनक देखियो । तर नमीठो रौनक । बाबा ठाकुरे, त्यो रौनकको स्मरण म भुलेर पनि गर्न चाहन्नँ । यो गणतान्त्रिक मुलुकमा यस हदको रौनक कानले सुन्नुपर्ला भनेर मैले कहिल्यै सोचेको पनि थिइनँ । गाइँगुइँ हल्ला चलेको सुनें, ‘दिल निशानी मगर भन्ने मान्छे यही हो, माथि नसोधी यिनलाई भित्र जान दिन हुन्न । यिनले उल्टोसुल्टो जस्तो नि लेख्न सक्छन् ।’

मेरो कानमा परेको आवाज कसकसको थियो मैले चिन्ने कुरा भएन । थाहा छैन । तर म केहीबेर स्तब्ध भएर उभिए । मैले कति ठूलो भ्रम पालेर बाँचेको रहेछु यो देशमा भन्ने लाग्यो । अनि बिस्तारै बिरामी वार्डको ढोका खोल्ने प्रयास गरे । मुश्किलका साथ ढोकाको सानो छिस्किनी उघारियो । भित्रबाट निकै ज्याद्री देखिने महिलाले हेरिन् । मानांै कि बाहिर कोही चोर आएको छ कि भनेर घरबेटीले ढोका उघारेर हेरेजस्तो । म आफूलाई पहिलोपटक चोरको रूपमा आफूलाई त्यहाँ उभिएको पाएँ ।

त्यो वार्डको इन्चार्ज रहेछिन्, दिलमाया बुढाथोकी । तिनले टिचिङ अस्पताललाई आफ्नो घरजस्तो ठान्ने रहेछिन् । गज्जब ! हरेक कर्मचारी यस्तै होस्, दिलमाया जस्ती । कामप्रति बफादार, इमान्दार । तर सी वाज भेरी रुड एन्ड भल्गर वुमन, सी डिड नट नो हाउ टु डील विथ पिपुल, सी वाज जस्ट ब्ला, ब्ला, ब्ला, ओभर स्मार्ट । आई वाज कन्फ्युज्ड । बाबा ठाकुरे नि हो ।

मैले दिलमाया म्याडमलाई विनम्र आग्रह गरें, ‘म फलना हो, यज्ञराजजीलाई नजिकबाट हेर्न चाहन्छु । यज्ञराजले कुन औषधि खाइरहनुभएको छ त्यो पनि जान्न पाए राम्रो हुनेथियो किनभने म हल्काफुल्का लेख्ने काम पनि गर्छु । बरू डाक्टरहरूसँग पनि यज्ञराजको मुख्य समस्या के हो सोध्न मन छ ।’ दिलमायाले जवाफ दिइन्, ‘म तपार्इंलाई चिन्छु तर अनुमतिविना तपार्इंलाई प्रवेश निषेध छ ।’

‘कस्को अनुमति ?’ मैले सोधें ।

किनभने सामान्यतया बिरामी भेट्न जाँदा अस्पतालको अनुमति लिनुपरेको अहिलेसम्मको मेरो अनुभव थिएन । म छक्क परें । मैले सोधें, ‘हैन म्याडम, केको अनुमति चाहियो ? म त्यस्तो शंकास्पद मानिस हुँ र ?’ दिलमायाले भनिन्, ‘अस्पताल प्रमुखको अनुमतीविना तपार्इंलाई भेट्न मनाही छ ।’ मैले भनें, ‘अनुमति त स्वास्थ्यमन्त्रीकै लिएर पनि आउन सकिन्छ तर के प्रायोजनका निम्ति अनुमति हो ? कुन कानूनमा छ यो कुरा ?’ मैले केहीबेर गनगन गरें ।

दिलमायाको कथन थियो, ‘तपाईं जहाँ जानुहुन्छ जानुहोस्, तर अनुमतिपत्र लिएर आउनुहोस् ।’ रुखो स्वभावकी दिलमायाले कताकता फोन घुमाउन थालिन् । म भने प्रशासन खोज्न दौडिएँ । खोज्दैजाँदा थाहा भयो, प्रशासन प्रमुख रहेछन्, सूर्यप्रसाद अधिकारी । ती अधिकारी कुर्सीमा गजधम्म बसिरहेका थिए । उनका साथमा एकजना हँसिला बूढापाका थिए । तिनीहरू घरायसी बात मारेर बसिरहेका थिए ।

हाकिम साहेबलाई नमस्ते टक्राएपछि मैले निर्मला पन्तका बिरामी बुवा यज्ञराजलाई भेट्न पाउने अनुमति दिनुहुन्छ कि भनी बिन्ती बिसाएँ । बडो भारी मनले बिसाएँ यो बिन्ती । हो, अस्पतालमा भीडभाड हुन्छ । भिजिटरको चाप हुन्छ । व्यवस्थापन गर्न मुश्किल छ, कम्तीमा मजस्तो सिभिलाइज्ड मान्छेलाई यो कुरा थाहा छ । म कुनै उपहार चिट्ठा थुत्न त गएको थिइनँ नि त्यहाँ । र त्यो समय त्यहाँ अस्पतालका स्टाफहरू र यज्ञराजकी श्रीमतीबाहेक अरू कोही पनि थिएनन् । त्यो वार्डमा भीडभाड रत्तिभर थिएन ।

हाकिम साहेब, सूर्यप्रसाद अधिकारीले आफूलाई सम्बोधन गरेर निवेदन लेख्न लगाए । मैले उनकै अगाडि निवेदन लेखें । यज्ञराजलाई भेट्न पाऊँ भन्ने किसिमको निवेदन लेखें । त्यसपछि उनले तोक लगाए । सही गरे । आदेश लेखे । तर तिनले मेरो नामप्रति ध्यान दिएका थिएनन् भन्ने लाग्छ । तिनले तोक लगाएको पत्र मलाई थमाए । म फेरि रुखो स्वभाव भएकी दिलमाया इन्चार्ज म्याडम भएको वार्डमा पुगें ।

शायद सरकारको पोलिसी हुनुपर्छ, यज्ञराजलाई भेट्न कसलाई दिने र कसलाई नदिने भन्नेबारे । त्यो म मान्छु । तर अति गरे खति हुन्छ भनेजस्तो नागरिकको सूचना पाउने मौलिक हक हो । पछि ती हाकिमले मेरो नाम थाहा पाएछन् क्यारे । इन्टरकममा फोन गरेर माथि यज्ञराजको वार्डमा रहेका स्टाफहरूलाई फेरि केही आदेश दिएको चाल पाइहालें किनभने म ढोकामा पुगिसकेको थिएँ ।

यज्ञराजलाई भेट्ने लफडामा फसेको पनि २ घन्टा बितिसक्यो । र बडो मुश्किलले इन्चार्ज दिलमायालाई हाकिमसाहेबको तोक आदेश भएको पत्र देखाएँ । तर उनले फेरी पनि इन्कार गरिन् । र भनिन्, ‘भित्र सफाइको काम चलिरहेको छ, जान मिल्दैन । कुर्नुहोस् ।’ मैले कम्तीमा ३० मिनेट फेरि कुरें । त्यतिन्जेल ती इन्चार्ज आफ्नो कार्यकक्षमा गएर आराम गरेर बसेकी रहिछन् । मैले सोधें, म्याडम ३० मिनेट भइसक्यो, सफाइको काम सकिएन ?’

‘सकिएको भए त मैले भनिहाल्थें नि, तपाईं मलाई झम्टिन आउने ?’ भन्दै ती दिलमाया इन्चार्ज झर्किन् । तर उनलाई थाहा थिएन, सफाइको काम धेरै अगाडि सकिएको थियो । अरू भिजिटरहरू भेट्न गएका छन् भित्र । डाक्टरहरू पनि गएका छन् । अन्तिमपटक ती म्याडमसमक्ष अनुमतिपत्र देखाउँदै फेरि गएँ । ती इन्चार्जले भनिन्, ‘तपाईं जाँदा बिरामीलाई इन्फेक्सन हुन सक्छ । तपाई डाक्टर हो र ? तपाईंले निको पार्ने हो र ? किन जाने ?’

मलाई बडो अचम्म लाग्यो र मैले आफू यज्ञराजलाई किन भेट्न खोजेको भन्ने बारेमा जानकारी गराएँ । इन्फेक्सनको सम्भावना छ भने बरू आफैं किनेर शरीरमा स्टेरलाइज्ड सामानहरू प्रयोग गरेर जान्छु भनें । तर ती इन्चार्ज छक्क परिनन्, बरू उल्टै गाली गरिन् । ‘तपाईंहरू के लेख्नुहुन्छ भन्ने कुरा सबै थाहा छ, सबै उल्टोपाल्टो लेख्नुहुन्छ । तपार्इंलाई म जान दिन्नँ, जानुहोस् जहाँ गएर भन्नु छ भन्नुहोस् । सरकारलाई भने नि फरक पर्दैन ।’

त्यसपश्चात् भने मलाई बहुत डर लाग्यो । सरकारी नून खाएका मानिस गुण्डाको जस्तो भाषा कसरी बोल्न सक्छन् ? हाम्रो कर्मचारीको संस्कार किन यति रुखो ? के म उनको घरको ढोका ढकढकाउन गएको थिएँ र ? वा मैले तिनलाई तरुनी ठानेर जिस्काएको थिएँ ? पटकपटक तिनको अगाडि उभिन जान मन लाग्ने के तिनी विश्वसुन्दरी हुन् र ? के म चोर, फटाहा, अपहरणकारी, हुण्डीवाला हुँ र ? अरे यार, हातमा बकाइदा हाकिमको आदेशपत्र छ त ।

मैले यस्तै तर्क गर्दा उनले केही डाक्टरहरू बोलाइन् र मलाई झपार्न लगाइन् । डाक्टरहरू गुरगुरती आए, मलाई हेरे । मेरो तर्कका सामु ती नून खाएको कुखुरा झैं भए । झपार्न सकेनन् । कतिपयले मलाई चिने पनि होलान् । एकजना डाक्टरले भन्दै थिए, तपाईंलाई कता देखे देखे जस्तो पो लाग्यो । मैले कडा प्रतिवाद गरें, ‘डक्टर समथिङ रङ गोइङ अन ओभर हीयर, इज इट नट ?’ मलाई झपार्न आएका डाक्टरहरू आआफ्नो काममा फर्किए । बरा डाक्टर पनि डन बनेर आएका थिए ।

केही सीप नलागेपछि यज्ञराजलाई राखिएको वार्ड इन्चार्ज दिलमाया म्याडमले अस्पताल परिसरमा रहेका सम्पूर्ण सेक्युरिटी गार्डहरूलाई फोन गरेर बोलाइन् । मलाई समातेर अस्पताल बाहिर निकाल्न भनिन् । उनको पछिल्लो आरोप थियो, ‘होहल्ला भएको र बिरामीलाई डिस्टर्ब भएको ।’ तर सबैभन्दा धेरै होहल्ला गर्ने उनी नै थिइन् । नभन्दै अस्पतालका सेक्युरिटी गार्डहरू गुरगुरती आए । बाबा ठाकुरे, मलाई त त्यसबखत बहुत डर लाग्यो । आँतै काँप्यो जिरिरी ।

तर ती गार्डहरूले मलाई समात्न भने सकेनन् । फुच्चेहरू थिए । कतै लरबराए । तिनीहरू भित्र पसे । स्टाफहरूसँग सल्लाह गरे । र मलाई भने, ‘सर, जाम् हिँड्नुहोस् तल ।’ मैले भने, ‘कहाँ तल ?’ उनीहरूको जवाफ थियो, ‘प्रशासनमा ।’ सानो स्वर निकालेर मैले भनें, ‘अरे यार, म किन जाने प्रशासनमा ? म त्यही प्रशासनको अनुमति कागज बोकेर यज्ञराजलाई भेट्न आएको हुँ । यो हेर, कागज । मलाई उपचारमा शंका छ । लापरवाही छ भन्ने लागेको छ । म यो देशको नागरिक हुँ । विशेष परिस्थिति केही छैन । मलाई भेट्न दिनुहोस् ।’

तर गार्डहरूले मलाई हात समातेर प्रशासनमा ल्याइछाडे । सात गाउँमा डाँका काम गरेर भागेको चोरजस्तो भएँ म । के सोचें मैले, के भयो अहिले भन्ने पुरानो मार्मिक गीतको याद आयो । आखिरीमा म चार्ल्स शोभराज भएँ । शायद मैले अघिल्लो जन्ममा कुनै पाप गरेको हुनुपर्छ र नतिजा यो जुनीमा भोग्नुपर्‍यो भन्ने लाग्यो । एकजना गार्ड त महिला पनि रहिछन् । ती मुसुक्क मुस्कुराइन् । म तिनको पिछा गरिरहें । 

ती हँसमुख नभएका हाकिम सूर्यप्रसाद अधिकारी मुखमा फिँज काढेर गजधम्म कुर्सीमा बसेका थिए । शायद बेलाबेलामा गाँजा सेवन गर्ने रहेछन् क्यारे । मैले ‘हाकिम साहेब, के हो यस्तो ? डेमोक्रेसीमा नि यस्तो हुन्छ यार ? भनेर प्रश्न गरें । तर उनीसँग कुनै जवाफ थिएन । तैपनि वाक्य निकालिहाले, ‘हेर्नुहोस्, हाम्रा लागि सबै बिरामी समान हुन्, यज्ञराज पनि हाम्रा लागि सामान्य बिरामी नै हुन् ।’

‘यज्ञराज सामान्य बिरामी हुन् भने उनलाई भेट्न किन नदिएको त ? तपाईंकै आदेश किन बदर भयो त ? अघि केही समयअघि तपाईंले नै तोक आदेश दिएको हैन राणा र पञ्चेकालीन खरदारले जस्तो ? र यज्ञराजलाई तपार्इंले कसरी सामान्य बिरामी भनेर परिभाषित गर्नुहुन्छ ? अनि देशमा यत्रो बबण्डर भइरहेको विषयलाई तपाईंले सामान्यीकरण गर्न मिल्छ ? तपाईंले अलग्गै नियम बनाउन मिल्छ ?’ मेरा ती तमाम प्रश्नका अगाडि हाकिमसाहेब लाचार थिए ।

आखिरीमा ती हाकिम पनि के कम, जंगिए । तिनले भने, ‘तपार्इंलाई यज्ञराज भेट्न दिन्नँ, जे गर्नुहुन्छ गर्नुहोस् । खै ल्याउनुहोस्, अघिको आदेशपत्र म च्यातेर फाल्छु । र अर्को कुरा, जानुहोस् निर्मलाको बालाई हामीले मार्दैछौं भनेर लेख्दिनुहोस् । केही फरक पर्नेवाला छैन । प्रधानमन्त्री र गृहमन्त्री, प्रहरी प्रमुख सबैलाई फरक परेको छैन । लेखेर के हुन्छ ? जानुहोस्, लेख्दिए हुन्छ । केही फरक पर्दैन मलाई ।’ मैले मनमनै गम खाएँ । नेपालमा नयाँ जंगबहादुर जन्मिएछ । त्यो पनि टिचिङ अस्पतालमा ।

मलाई फेरि पनि डर लाग्यो । सातोपुत्लो उड्यो । आर्मीको जंगी अड्डामा छु कि अस्पतालमा भनी भेद छुट्ट्याउन पनि बडो मुश्किल भयो । आँखाहरू तिरमिराउन थाले । र मनभित्रका शंकाहरू झन् सलबलाउन थाले । र हाकिमसाहेबलाई अन्तिमपटक नमस्कार गर्दै म टिचिङ अस्पतालबाट बाहिर निस्कें । गेटबाहिर एकजना भाइले डोकोमा सुन्तला बेच्न राखेको रहेछ । दुईगोटा सुन्तला किनें र सुन्तलाको गेडा समेत चपाएर निलें । यस्तो लाग्यो, यस देशको कर्मचारीतन्त्रको अनुशासन र गेडामा कुनै भिन्नता छैन ।

सातोपुत्लो उड्यो । आर्मीको जंगी अड्डामा छु कि अस्पतालमा भनी भेद छुट्ट्याउन पनि बडो मुश्किल भयो । आँखाहरू तिरमिराउन थाले । र मनभित्रका शंकाहरू झन् सलबलाउन थाले । र हाकिमसाहेबलाई अन्तिमपटक नमस्कार गर्दै म टिचिङ अस्पतालबाट बाहिर निस्कें ।

यज्ञराजसँग मलाई भेट्न किन दिइएन ? त्यो गौण कुरा हो । म को हुँ र ? न म पूर्वराजा हुँ, न म प्रधानमन्त्री हुँ, न म बाबुराम भट्टराई नै हुँ । म त फगत दिलबहादुर मगर हुँ । तर म पनि सकेसम्म बाठो नै बन्ने कोशिश गर्छु । दुईगोटा सुन्तला निलेर भेष बदलेर मुखमा मास्क लगाएर फेरि दिलमाया इन्चार्ज भएकै वार्डमा गएँ । ए मेरा बा, मानिसहरू फटाफट पसिरहेका थिए, यज्ञराजलाई भेटिरहेका थिए । शायद एनजीओकर्मीहरूलाई प्रशासनको अनुमति पर्दैन रहेछ ।

बाबाले त सन्तुलन गुमाइहाले । शायद निर्मला पन्तकी आमा छोरीको दुःखद् घटनालाई लिएर जति चिन्तित छिन् त्यसभन्दा धेरै वा त्यति नै मात्रामा नेपाल आमा पनि चिन्तित छिन् । सिङ्गो देश नै चिन्तित छ । हामी पनि चिन्तित छौं । यसभन्दा अगाडि पनि मैले एउटा स्टोरी लेखिसकेको छु । यसको अर्थ हो, म पनि चिन्तित छु । तर जुन अपमान अस्पतालमा भोगें त्यो केवल अनुभवको पाटो बन्यो । 

अहिले परिस्थितिमा केही फेरबदल आएको छ भन्ने लाग्छ । विभिन्न स्रोतका अनुसार यज्ञराज चाँडै निको नहुन् र आन्दोलन झन् चर्किरहोस् भन्ने ध्याउन्नमा धेरै शक्तिकेन्द्रहरू लागिरहेका छन् । र अर्को शक्ति चाहिँ यज्ञराजको उपचार प्रभावकारी नहोस् र उनी चाँडै मरून् भन्ने पक्षमा उभिएका छन् । विभिन्न स्वार्थले काम गरेको छ । यज्ञराजको खल्तीमा विषादी भेटिनु यसको एउटा प्रमाण हो ।

निर्मला प्रकरणले सरकारको दिनदिनै बदनाम भइरहेको, मिडियामा प्रचार ज्यादै नै भइरहेको र गृहमन्त्री तथा आईजीपीको मर्यादा र कामप्रति नै प्रश्न उठेको बेला म वा अरू कोहीलाई यसरी यज्ञराजलाई भेट्न सुनियोजित रूपमा बन्देज लगाइनु रहस्यमय देखिन्छ । र भेट दिइहाले अस्पताल प्रशासनको अनुमति लिनुपर्ने जुन व्यवस्था गरिएको छ, यो हर्कतले निरंकुश राणाशासनको झल्को दिन्छ ।

निर्मला पन्तकी आमा पनि आजकल मिडिया फेमिलियर देखिन्नन् भन्ने सुनिन्छ । हुन त बिचरी उनलाई मिडियाको प्रभावबारे धेरै थाहा नहुन सक्छ । आफैं कति धेरै तनावमा होलिन् तर एनजीओ र केही मानवअधिकारवादी भनिएका नेताहरूको कुरा धेरै सुन्ने, मान्ने र अरूसँग झर्को मान्ने गरेको धेरैले बताएका छन् । जे होस्, निर्मला प्रकरण अब हामीजस्तो सामान्य नागरिकको बहसको विषय रहेन ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेको, रबिन शर्माले गाएको यो गीत मलाई सारै मन पर्छ :

कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पूजा गर्ने
साथ कसोरी लाने हो ?
मानिसहरूका काँध चढी
कुन देवपुरीमा जाने हो ?
हाडहरूका सुन्दर खम्बा
मांसपिण्डका दिवार ।
मस्तिष्कको यो सुनको छाना
इन्द्रियहरूका द्वार !
नसानदीका तरल तरङ्ग,
मन्दिर आफू अपार ।
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरको द्वार ?
मनको सुन्दर सिंहासनमा
जगदीश्वरको राज ।
चेतनको यो ज्योति हिरण्य,
उसको शिरको ताज ।
शरीरको यो सुन्दर मन्दिर,
विश्वक्षेत्रको माझ ।
भित्र छ ईश्वर बाहिर आँखा
खोजिहिँड्छौ कुन पुर ?
ईश्वर बस्तछ गहिराइमा,
सतह बहन्छौ कति दूर ?
खोजी गर्छौ ? हृदय उगाऊ,
बत्ती बाली तेज प्रचुर
साथी यात्री बीच सडकमा,
ईश्वर हिँड्छ साथ
चुम्दछ ईश्वर काम सुनौला
गरिरहेको हात
छुन्छ तिलस्मी करले उसले,
सेवकहरूको माथ ।
सडक किनारा गाउँछ ईश्वर
चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूको
पीडा, दुःखको गानामा
दर्शन किन्तु कहीँ दिँदैन,
चर्मचक्षुले कानामा ।
कुन मन्दिरमा जान्छौ यात्री,
कुन नवदेश बिरानामा ?
फर्क फर्क हे ! जाऊ समाऊ,
मानिसहरूको पाउ ।
मलम लगाऊ आर्तहरूको,
चहराइरहेको घाउ
मानिस भई ईश्वरको यो
दिव्य मुहार हँसाऊ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x