एक्सन नै एक्सनले भरिपूर्ण ‘रणवीर’को टिजर

मंसिर १६, २०७५

काठमाडौं– माघ १८ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘रणवीर’को टिजर सार्वजनिक गरिएको छ । मोसन पोष्टर र पोष्टर सार्वजनिक पश्चात टिजर सार्वजनिक गरिएको हो ।

सार्वजनिक टिजर एक्सननै एक्सनले भरिपूर्ण छ । टिजरमा चलचित्रका मुख्य कलाकार सुशील सिटौला र प्रशान्त ताम्राकारबीचको टकरावलाई देखाईएको छ ।


ADVERTISEMENT

चलचित्रमा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहारी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका लागि कलाकनर सुशीलले निकै नै मेहनत गरेको बताउँछन् । उनले आफ्नो तौल ७० बाट ८५ केजी पुर्याएका थिए ।

महङ्गो बजेटमा तयार भएको यो चलचित्रलाई गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । चलचित्रमा गोविन्द सिँह भण्डारीको कथा, पटकथा, संवाद तथा निर्देशन छ । चलचित्रमा महेश पौडेलको छायांकन, चन्द्र पन्तको एक्सन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी तथा कृष्ण भण्डारीको सम्पादन छ ।

मंसिर १६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस