कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
पाल्पा- रामपुर नगरपालिका–५ मा बहखोलामा लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको जनश्रमदानमा बहखोला लिफ्टिङ खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएको हो ।
उक्त खानेपानी आयोजना निर्माणका लागि नगरपालिकाबाट रु पाँच लाख विनियोजित रकममध्ये रु तीन लाख ६४ हजार ४०० प्राविधिकको लागत इष्टमेट र १०० स्थानीयवासीको जनश्रमदानमा आयोजना निर्माण सम्पन्न भएको अध्यक्ष मित्रलाल ढकालले बताउनुभयो ।
यहाँ खानेपानीको दिगो स्रोत नहुँदा छ महीना बस्तीदेखि तल रहेको बहखोलाबाट एक घण्टाको समय लगाएर डोकोमा पानी बोकेर गुजारा चलाउनुपर्ने बाध्यता थियो । बस्तीदेखि करीब ३०० मिटर तल रहेको सुघुरे खोलाबाट लिफ्टिङ गरेर खानेपानी बस्तीमा लगिएको छ ।
गाउँमा खानेपानीको आयोजना सम्पन्न भएपछि खडेरीयाममा ठूलो राहत पुग्ने स्थानीयवासी रुद्र श्रेष्ठ बताउनुहुन्छ । “माघदेखि असारसम्म खानेपानीको निकै समस्या हुन्थ्यो, डोकोमा नै बोकेर जीविका चलाउने हो, अब यो समस्याबाट मुक्त हुने भइयो”, उहाँले भन्नुभयो ।
परिक्षणका लागि उक्त आयोजनाको पानी केही समय उपभोग गरे पनि अहिले गाउँमा पानीको अभाव नभएका कारण पुरानै पानी प्रयोग गरिरहेको स्थानीयवासी विष्णुमाया श्रेष्ठ बताउनुहुन्छ । यस आयोजनाबाट यहाँका करीब १८ घरपरिवारका स्थानीयवासीलाई ठूलो राहत मिल्नेछ ।
यहाँ यस आयोजनाबाट खानेपानी उपभोग मात्र नभई तरकारीलगायतका विभिन्न बालीनाली सिँचाइ गरेर राम्रो आयआर्जन गर्न सकिने प्रशस्त सम्भावना छ ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...