×

NMB BANK
NIC ASIA

प्रदेशमा संसदीय समिति सक्रिय, अनियमिततामाथि सांसदले छानबिन गर्ने

मंसिर १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – २ नम्बर प्रदेशसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले कार्यसञ्चालन कार्यविधि सर्वसम्मत पारित गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

मंगलवार बसेको समितिको दोस्रो बैठकले यसअघि मंसिर ८ गते गठित उपसमितिले प्रस्तुत गरेको प्रतिवेदनमा केही संशोधनसहित सर्वसम्मतले पारित गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समिति बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य समेत रहेका नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले भने, ‘पहिलो बैठकबाट गठित उपसमितिले कार्यविधि सम्बन्धी समितिमा पेश गरेको प्रतिवेदनमा केही संशोधन गरेर सर्वसम्मतले पारित गरिएको छ ।’ 


Advertisment
Nabil box
Kumari

१२ सदस्य रहेको लेखा समितिको मंगलवारको बैठकमा ८ जना सांसद उपस्थित भएका थिए । समितिमा ज्येष्ठ सदस्य नेकपाका लगनलाल चौधरी भएपनि उनी २ बैठकमा लगातार अनुपस्थित भएकाले अर्का ज्येष्ठ सांसद शिवचन्द्र चौधरीले बैठकको अध्यक्षता गरेको समितिका सचिव शान्तिराज प्रसाईले बताए ।

Vianet communication
Laxmi Bank

पारित भएको कार्यविधिमा समितिको कार्यक्षेत्र प्रदेश सार्वजनिक लेखा, प्रदेश कोष सम्बन्धी महालेखा परीक्षकको वार्षिक प्रतिवेदन, प्रदेश संवैधानिक निकाय तथा आयोगका प्रतिवेदन रहने उल्लेख छ ।

प्रदेश मन्त्रालय र स्थानीय तहको सार्वजनिक लेखासँग सम्बन्धित नीति तथा कार्यक्रम, स्रोत परिचालन, व्यवस्थापन लगायत क्रियाकलापको मूल्यांकन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने र समूचित टिप्पणी, सिफारिस र निर्देशन सहितको वार्षिक प्रतिवेदन प्रदेश सभामा पेश गर्ने लगायतका विभिन्न १२ वटा काम गर्न पाउने कार्यविधिमा उल्लेख छ ।

संघीय समाजवादी फोरम नेपालका सांसद रामअशिष यादवले भने, ‘समितिको कार्यलाई असहयोग गर्ने, समितिको निर्देशन पालना नगर्ने, समितिले माग गरेको विवरण नदिने र समितिले बोलाउँदा मुनासिव कारण बिना समितिलाई जानकारी नदिइ अनुपस्थित हुने पदाधिकारी वा कर्मचारीलाई कारबाही गर्न सम्बन्धित निकायमा सिफारिस समेत गर्नेछ ।’

नेकपाका सांसद सत्रुघन महतोले भने, ‘अब सार्वजनिक लेखा समितिमा प्रदेश सरकारदेखि स्थानीय सरकारद्वारा विनियोजित बजेटमा कुनै पनि किसिमको अनियमितताबारे उजुरी परे लेखा समितिले त्यसको छानबिन गरेर निर्देशन समेत दिन सक्नेछ ।’ अनियमितताको सन्दर्भमा कारबाही गर्ने निकायमा सिफारिस समेत गर्न सकिने महतोले बताए ।

‘प्रदेशमा भ्रष्टाचार छानबिन गर्नका लागि लेखा समिति प्रतिवद्ध छ,’ सांसद शिवचन्द्र चौधरीले भने, ‘जनतामा भ्रष्टाचार सम्बन्धी रहेको व्यापक गुनासो सम्बोधन गर्न समिति प्रतिबद्ध छ ।’ 

प्रदेश सभामा लेखा समिति सँगसँगै बाँकी समितिको बैठक पनि बस्न थालेको छ । प्रदेशमा सार्वजनिक लेखा समिति, प्रदेश मामिला समिति, अर्थ तथा योजना समिति, विकास समिति, महिला, बालबालिका तथा सामाजिक न्याय समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्थापन समिति गठन भई सबै समितिको बैठक बस्न थालेको प्रदेशसभा सचिवालयका उपसचिव शान्तिराज प्रसाईले बताए ।

प्रदेशमा १ सय ७ जना सांसदको संख्या रहेकोमा राजनीतिक दलले पठाएको नामावली अनुसार गठित विशेष समितिमा १२ देखि १४ जनासम्म सांसद रहेका छन् । ‘अहिले सबै समितिको २ वटासम्म बैठक बसी सकेको छ, प्रायः सबै समितिको कार्यविधि बनिरहेको छ,’ उपसचिव प्रसाईले लोकान्तरसँग भने ।

अहिले कुनै पनि समितिको सभापतिका लागि निर्वाचन भई नसकेकाले बैठकमा उपस्थित ज्येष्ठ सांसदको अध्यक्षतामा बैठक बसिरहेको छ । सबै समितिका लागि १ जना सचिव, १ जना कार्यालय सहयोगी र १ जना सहायक कर्मचारी उपलब्ध गराइएको सचिब प्रसाईले बताए ।

संसदको बैठक नचलेको बेला समितिको बैठक बस्ने गरेको छ । सबै समितिको बैठकका लागि हल समेत उपलब्ध गराइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x