×

NMB BANK
NIC ASIA

१२६ घण्टा नाच्ने कीर्तिमानी बन्दना: २ महिनाअघि सोच, अभ्यासका लागि नै लगातार सय घण्टा नृत्य

मंसिर १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं केही दिनयता उनलाई फुर्सद छैन । आफन्त, साथीभाइ, शुभचिन्तक उनको घरमा पुगिरहेका छन् । बधाई लिने र दिने क्रम जारी छ । उनको घरमा सञ्चारकर्मी तथा युट्यूबरको उपस्थिति बाक्लो छ ।

Muktinath Bank

उनी अर्थात् १ सय २६ घण्टासम्म निरन्तर नृत्य गरेकी १७ वर्षीया बन्दना नेपाल । काठमाडौं नारायणस्थान बस्दै आएकी बन्दना चेल्सी स्कूलमा कक्षा १२ मा अध्ययनरत छिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले काठमाडौं पुरानो बानेश्वरमा अवस्थित विग पार्टी प्यालेसमा १ सय २६ घण्टासम्म शास्त्रीय नृत्य गरेकी थिइन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएर नेपाललाई विश्वसामु चिनाउने उद्धेश्यका साथ बन्दनाले नृत्य गरेकी हुन् । अहिले उनको नाम वर्ल्ड रेकर्डमा दर्ता हुने प्रक्रियामा छ । 


Advertisment
Nabil box
Kumari

‘दुई महिना अघिमात्रै फुरेको सोच’

Vianet communication
Laxmi Bank

आजभन्दा दुई महिना अघि नृत्य प्रशिक्षणका लागि बुवाका साथ भारत पुगेकी थिइन् बन्दना । त्यहाँ रहँदा उनको मनमा एउटा कुरा खेलिरह्यो । नृत्यको माध्यमबाट देशलाई चिनाउने काम आफू के गर्न सक्छु ? उनले युट्युबमा सर्च गर्न थालिन् । बन्दना सम्झन्छिन्, ‘बुवा र मसँगै बसेर नृत्यको माध्यमबाट के गर्न सकिन्छ भनेर युट्युबमा सर्च गर्‍यौं ।’ 

त्यत्तिकैमा उनले लगातार १ सय २३ घण्टा १५ मिनेट लामो नृत्य गरेर वर्ल्ड रेकर्डमा नाम लेखिएकोबारे भिडियो भेटाइन् । गिनिज बुक अफ वर्ल्डको रेकर्डअनुसार अहिलेसम्म सबैभन्दा लामो समय नृत्य गरेको रेकर्ड एक भारतीय युवतीको नाममा छ । सन् २०१६ मा भारतको केरला राज्यकी कलामण्डलम हेमलथाले लामो शास्त्रीय नृत्य गरेर विश्व रेकर्ड राखेकी थिइन् ।

बन्दनाले त्यसलाई हेरिन् । वर्ल्ड रेकर्ड र प्रक्रियाबारे बुझिन् । आफूले पनि त्योभन्दा लामो नृत्य गर्न सक्छु कि भन्ने सोच उनमा पलायो । बुबासंग कुरा शेयर गरिन् । बुवापनि नृत्यमा पारगंत छोरीको कुरामा सहमत देखिए । अनि काठमाडौं आएपछि ‘वर्ल्ड रेकर्ड’का लागि नृत्यको तयारी भयो । 

‘प्राक्टिसका लागि १ सय घण्टा लामो नृत्य गरें’

बन्दनालाई भारतको नाममा रहेको त्यो रेकर्ड तोडन सक्छु भन्ने आँट पलायो । लगातार १ सय २३ घण्टा बढी नृत्य गर्नु आफैंमा ठूलो चुनौति थियो ।

उनले आफ्नो आँटलाई मूल्याङ्कन गर्न एक महिना अघिमात्र नृत्यको प्राक्टिस गरिन् । उनले लगातार एक सय घण्टा लामो नृत्य गर्न सफल भइन् । त्यसपछि भने उनी केही निर्धक्क भइन्, म लगातार एक सय २३ घण्टा बढी नृत्य गर्न सक्छु भन्नेमा । अनि उनी वर्ल्ड रेकर्ड राख्ने तयारीमा लागिन् । 

लगातार ६ दिन नाच्दा

नेपाललाई विश्वमा चिनाउनका लागि भन्दै ६ दिन नाचेकी बन्दना यसलाई शव्दमा वर्णन गर्न नसक्ने बताउँछिन् ।

नेपाली लोकलयका गीतमा नृत्य गरेकी उनलाई शुरुका दुई दिन त्यति गाह्रो भएन् । तर तेस्रो दिनबाट उनलाई पीडा हुन थाल्यो । नाँचिरहेका बेला उनी घर सम्झन्थिन्, बेड सझिन्थिन्, सोफा सम्झिन्थिन् । परिवारले सोध्थेँ, ‘गाह्रो त भएको छैन नी ? तर उनी सबै पीडा लुकाउँदै नृत्य गरिरहिन् । बन्दनालाई हौसला दिन चर्चित व्यक्तिहरु पनि पुगेका थिए । जसका कारण हौसला बढेको उनी सुनाउँछिन् । निर्णायक पनि उपस्थित नृत्यस्थलमा उनले नाचेको दृश्य तीनवटा क्यामेराले कैद गरिएको थियो । 

गिनिज बुक अफ वर्ल्ड रेकर्डको नियमअनुसार हरेक घण्टा नृत्य गर्दा उनले ५ मिनेटको समय शौचालय र पानी पिउनका लागि पाउँथिन् । खुट्टा सामान्य सुन्निएको भए पनि अरू समस्या नदेखिएको उनले बताइन् ।
१ सय २६ घण्टा नाचिसकेपछि उनी बेहोस् अवस्थामा घर पुगेकी छिन् । ‘कतिवेला घर आए, त्यो थाहा नै भएन’ उनले भनिन् ‘भोलिपल्ट दिउँसो होस आएपछि नृत्य सपना जस्तो लाग्यो ।’ 

भोलिपल्ट आफन्त, शुभचिन्तक, साथीभाई सबैले शुभकामना दिन थालेपछि अत्यन्तै खुसी लागेको उनले बाइन् ।

पारिवारिक पृष्ठभूमि र बाल्यकाल

काठमाडौं नारायणस्थानमा बस्छ बन्दनाको परिवार । भाइ, बाबा, आमा गरी चार जनाको परिवार छ । खुसी अनि सुखी परिवारको सोही स्थानमै हस्तकलाको उद्योग छ । बन्दनाका बुवा पहिले गीतसंगीत क्षेत्रमा सक्रिय थिए । रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका बन्दनाका बुवाका केही एल्बम पनि सार्वजनिक छन् । अहिलेपनि गीत गुनगुनाउँने उनमा मात्र व्यवसायले व्यस्त बनाएको छ । परिवारबाट बन्दनालाई नृत्यमा लाग्न पूरा साथ र सपोर्ट छ, बन्दनामा नृत्यको त्यो क्षमता ।  

हुने विरुवाको चिल्लो पात भनेझै बन्दना सानैदेखी नृत्यमा रुचि राख्थिन् । ५ वर्षको उमेरदेखि नै नृत्य गर्ने बन्दना स्कूलका कार्यक्रमहरुमा धेरै पटक नाचेकी छिन् । धेरै पुरस्कार हात पारेकी छिन् । उनले काठमाडौं नारायणस्थानमा डान्स प्रशिक्षण केन्द्र समेत संचालन गर्दै आएकी छिन् ।  

रेकर्ड भन्दा पनि देशलाई चिनाउन नाचेँ

बन्दनाले गत शुक्रबार (मंसिर ७ गते)देखि बुधबार (मंसिर १२ गते)सम्म नृत्य गरेकी थिइन् । बन्दना आफूले रेकर्ड राख्न भन्दा नि नेपाललाई विश्वसामु चिनाउन नृत्य गरेको बताउँछिन् । भन्छिन्, ‘नृत्यबाट देशलाई विश्वसामु चिनाउने भन्ने सोच पहिल्यैबाट थियो । तर कसरी चिनाउने त भन्ने सर्च गर्दै गर्दा यसरी लामो नृत्य गरेर चिनाउन सकिन्छ भन्ने थाहा भएको हो ।’

उनी आफ्नो नृत्य केवल रेकर्डका लागि नभएको बताउँदै  भन्छिन्, ‘केवल मेरो लागी र रेकर्डका लागि मात्र मैले नृत्य गरेको होइन्, यसमा सिङ्गो देशको गौरव लुकेको छ ।’

‘नृत्यसंगै समाजसेवा गर्छु’

बन्दना आउँदा दिनमा नृत्यसंगै समाजसेवा गर्ने सोचमा छिन् । म्यूजिक भिडियो, चलचित्रमा अभिनय गर्ने पनि उनको रुचि छ । तर समाजलाई सही सन्देश दिने खालका छानेर मात्र । समाजसेवामा लाग्नका लागि उनले बन्दना नेपाल फाउण्डेसन स्थापना गरिसकेकी छिन् । ‘त्यही फाउण्डेसन मार्फत टुहुरा बालबालिका र असहाय महिलाहरुलाई सेवा गर्नेछु’–उनी भन्छिन् ।

फाउण्डेसन स्थापना गरेको धेरै भएको छैन् । उनले हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरेले स्थापना गरेको ‘धुर्मुस सुन्तली फाउण्डेसन’को अवलोकनपश्चात आफूले फाउण्डेसन स्थापना गरेको बताइन् । ‘उहाँहरुसंग भेटेर सरसल्लाह गरेर फाउण्डेसन स्थापना गरेकी हुँ, उहाँहरु एउटा कलाकार भएर पनि देशको लागी त्यति ठूलो समाजसेवा गरिरहनुभएको छ । त्यो देखेर मलाई प्रेरणा मिलेको छ ।’  

‘राजेश र रेखा मनपर्छ’

बन्दना नेपाली चलचित्रहरु पनि समयसमयमा हेर्ने बताउँछिन् । पछिल्लो समय चलचित्र ‘छक्का पञ्जा ३’ हेरेकी उनले आफूलाई नेपाली नायकमा राजेश हमाल सबैभन्दा मनपर्ने बताउँछिन् । नायिकामा भने उनलाई रेखा थापा सबैभन्दा मनपर्छ ।

‘सबै नायक नायिकाहरु राम्रो हुनुहुन्छ तर राजेश हमाल र रेखा थापा विशेष मन पर्छ’ कारणबारे बन्दना भन्छिन्, उहाँहरुको कामबाट नै म प्रभावित छु ।’ उनलाई पनि चलचित्रमा अभिनय गर्ने रुचि छ । ‘पारिवारिक सन्देशमूलक चलचित्र खेल्न मन छ । जुन चलचित्र हेरिसकेपछि दर्शकले केही न केही सन्देश पाउन् न,’ बन्दना भन्छिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x