×

NMB BANK
NIC ASIA

बुटवल – नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले मुलुकमा क्रान्ति पूरा नभएको भन्दै आफूहरू त्यसको तयारीमा लागेको बताएका छन् ।

Muktinath Bank

देशमा विभिन्न परिवर्तन भएपनि राज्यसत्ता पुरानै वर्गले नेतृत्व गरेका शक्तिमा पुगेको भन्दै त्यसविरूद्ध संघर्ष गरी नयाँ जनवादी क्रान्ति स्थापनाका लागि आफूहरू अभियानमा जुटेको दाबी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्रान्तिकारी माओवादीको यहीँ मंसिर १२ देखि १७ गतेसम्म बुटवलको ढवाहामा सम्पन्न बैठकपछि पार्टीले मंगलवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वैद्यले भने, ‘मुलुक अझै अर्धसामन्त, नवउपनिवेशवाद, भारतीय विस्तारवाद र दलालको हातबाट बाहिर आउन सकेन । अब सर्वहारा वर्गको नेतृत्वमा सत्ता स्थापनाका लागि फेरि एक संघर्ष आवश्यक परेकोले हामीहरू त्यसको तयारीमा जुटेका छौं ।’


Advertisment
Nabil box
Kumari

महासचिव वैद्यले थपे, ‘जनयुद्धमा बलिदान गरेका योद्धाहरूको रगतको आहालमा बसेर गरिएको शान्ति सम्झौताको कुनै अर्थ छैन । अब नयाँ जनवादी क्रान्ति फेरि आवश्यक छ ।’ त्यसको लागि आफूहरू सच्चा क्रान्तिकारीबीच पार्टी गोलबन्द गर्ने अभियानमा पनि लागेको जानकारी गराए । उनले भने, ‘प्रचण्ड र ओली जीले नेतृत्वको गरेको पार्टी कम्यूनिस्ट पनि होइन । अहिले सरकार पनि वामपन्थी पनि होइन । उनीहरूसँग पार्टीसँग गोलबन्द हुँदैनौं । अन्यसँग तयारी गरिराखिएको छ ।’

Vianet communication
Laxmi Bank

वैद्यले वर्तमान ओली नेतृत्वको सरकारसँग भिजन नभएको बताए । ‘आफूलाई राष्ट्रवादी भनेर मत पाएका ओलीले सरकारमा पुगेपछि मुलुकका सीमा मिचिँदा, नबोल्नु, नदीनाला, बेच्नु सीमा स्तम्भ फालिँदा समेत मौन बसेर जनतालाई भुलभुलैयामा पारेको छ,’ वैद्यले भने, ‘मुलुकमा भएका उद्योगधन्दा निजीकरण गरिए । व्यापार घाटाले सीमा नाघेको छ । उदारीकरणले र निजीकरणले मुलुकमा समाजवाद आउँदैन । सरकारले आफ्नो धज्जी आफै उडायो ।’

नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बुटवलमा सम्पन्न बैठकले सशक्त आन्दोलन गर्नेसहित ६ बँुदे निर्णण गरेको छ । ६ दिने बैठकले राष्ट्रियता, जनतन्त्र, जनजीविका, हत्या, हिंसा, बलात्कार, भ्रष्ट्राचार, करवृद्धि सीमा अतिक्रमण लगायतका विषयलाई लिएर देशव्यापी सशक्त संघर्ष गर्नेदेखि विभिन्न दिवस मनाउनेसम्म निर्णय गरिएको केन्द्रीय सदस्य परी थापाले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x