काठमाडौं — अमेरिकी सिनेटरहरूले साउदी युवराज मोहम्मद बिन सलमानले पत्रकार जमाल खशोग्गीको हत्यामा भूमिका खेलेको विषयमा आफूहरू विश्वस्त रहेको बताएका छन् । जासूसी संस्था सीआईएले निजी रूपमा ब्रिफिङ गरेपछि आफूहरू यसमा ढुक्क भएको उनीहरूको भनाइ छ ।
सलमानविरुद्धको शाब्दिक आक्रमणमा सिनेटर लिन्डसे ग्राहामले खशोग्गीको हत्यामा सलमान मतियार रहेको कुरामा आफूलाई उच्च विश्वास रहेको बताए ।
दक्षिण क्यारोलाइनाका रिपब्लिकन सांसद लिन्डसेले ‘पागल’ र ‘खतरनाक’ संज्ञा दिए ।
साउदीहरूले ११ जनाविरुद्ध अभियोग लगाएका छन् घटनामा युवराजको संलग्नता अस्वीकार गरेका छन् ।
सिनेटको परारष्ट्र मामिला समितिका सदस्यहरूले सीआईए निर्देशक गिना हास्पेलको कुरा सुनेपछि खुला रूपमा सलमानको आलोचना गरे ।
‘बन्दूकले नभई उनीहरूले खशोग्गीलाई आराले चिरेछन्,’ उनले भने । अक्टोबरमा इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा खशोग्गीको शरीर टुक्राटुक्रा पारिएको कुरालाई उनले सन्दर्भ बनाए ।
सिनेटर लिन्डसेले सलमान युवराज रहुन्जेलसम्म यमनमा भइरहेको युद्धमा साउदी अरबको संलग्नतालाई र साउदी सरकारलाई हतियार बिक्री गर्ने कार्यलाई आफूले समर्थन गर्न नसक्ने उनले बताए ।
न्युजर्सीबाट डेमोक्रेटिक पार्टीका सिनेटर बब मेनेन्डेजले उनकै बोलीमा लोली मिलाए ।
यस्ता कार्यहरू विश्व रंगमञ्चमा स्वीकार्य नहुने प्रस्ट सन्देश अमेरिकाले पठाउनुपर्ने उनको भनाइ छ ।
बीबीसीबाट
थप समाचार
- मेक्सिकोको सीमामा पर्खाल लगाउन ट्रम्पको यस्तो रणनीति
- पुलवा आक्रमणः मृतक ४१ सुरक्षाकर्मीको सम्झनामा शोक प्रदर्शन
- डिसेम्बरमा अमेरिकी बजेट घाटा १३.५ अर्ब डलर
- इरानमा रेभोल्युसनरी गार्ड्स चढेको बसमा आत्मघाती आक्रमण, २७ सैनिकको मृत्यु
- ट्रम्प—किम बैठकपूर्व उत्तर कोरियाली अधिकारी चीन पुगे
- रेनल्टद्वारा गोउनको भूक्तानी रोक्का, झुटो वित्तीय प्रतिवेदन तयार गरेको आरोप
प्रतिक्रिया दिनुहोस