प्रशान्त क्षेत्रको न्यु क्यालेडोनियामा भूकम्प, सुनामीको चेतावनी

मंसिर १९, २०७५

काठमाडौं — प्रशान्त क्षेत्रमा रहेको न्यु क्यालेडोनियामा बुधवार ७.५ म्याग्निच्युडको भूकम्प गएपछि एक हजार किलोमिटर क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ । 

भूकम्प १० किलोमिटर गहिराइबाट आएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ । 

प्रशान्त सुनामी चेतावनी केन्द्रले भूकम्पको केन्द्रविन्दुको हजार किलोमिटरभित्र विनाशकारी भूकम्प आउन सक्ने जनाएको छ । 

न्यु क्यालेडोनिया प्रशान्त महासागरको रिङ अफ फायरमा पर्छ र त्यहाँ धेरै भूकम्प गइरहेका हुन्छन् । 

भूकम्पको केन्द्रविन्दु टडाइन नामक स्थानमा रहेको भौगर्भिक संस्थाको भनाइ छ । त्यो फ्रान्सको अधीनस्थ भूभाग हो र त्यहाँको जनसंख्या दुई लाख ७० हजार छ ।

बीबीसीबाट
 


ADVERTISEMENT

मंसिर १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार