×

NMB BANK
NIC ASIA

सामाजिक सुरक्षा योजनामा छिटो सूचीकृत हुन रोजगारदातालाई जिफन्टको आग्रह

मंसिर १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सरकारले हालै ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको छिटो कार्यान्वयनमा जान रोजगारदातालाई आग्रह गरेको छ ।

Muktinath Bank

सरकारले लाखौं श्रमिकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन ल्याएको सुरक्षा योजनाको छिटो पूर्णरूपमा कार्यान्वनमा जान आग्रह गरेको हो । सुरक्षा योजनाको विपक्षमा जाने छुट कुनै पनि रोजगारदातालाई नभएको महासंघको भनाइ छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामाजिक सुरक्षा विभागका संयोजक तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) राष्ट्रिय कमिटी उपाध्यक्ष  कमल गौतमले सामाजिक सुरक्षा योजनाले रोजगारीमा रहेको विभेद अन्त्य गरेको भन्दै रोजगारदातालाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन आग्रह गरे । 


Advertisment
Nabil box
Kumari

योजना (स्किम) लागू भएपछि कर्मचारी तथा श्रमिकको सामाजिक सुरक्षा सुनिश्चत हुने गौतमले बताए । ‘यसले रोजगारदाताको दायित्व व्यवस्थापन पनि सहज हुनेछ,’ गौतमले भने, ‘यसले नेपालमा असल श्रम सम्बन्ध कायम हुने र लगानीमैत्री वातावरण र रोजगारको अवसर पनि सिर्जना हुनेछ ।’

Vianet communication
Laxmi Bank

‘जागिर खाँदा जुन विभेद थियो त्यो अब अन्त्य भयो,’ गौतमले थपे, ‘सरकारी जागिर खानेले मात्र पेन्सन पाउने व्यवस्था थियो, त्यो अब हट्यो । अब निजी क्षेत्रमा काम गर्ने श्रमिकहरूले पनि पेन्सन पाउने छन् । यो आफ्नो मुलुकमा रोजगारी गर्ने मजदूरका लागि ठूला योजना हो । यसको पूर्ण कार्यान्वनका लागि सबै क्षेत्रमा काम गर्ने श्रमिक र रोजगारदाता पनि लाग्नुपर्छ ।’ 

योजनामा विषेशत चार वटा सुविधा रहेका छन् । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाको सुविधा, दुर्घटना तथा अशक्तता सुरक्षाको सुविधा, आश्रित परिवार सुरक्षाको सुविधा र वृद्धावस्थामा सुरक्षाको सुविधा रहेका छन् ।  

सुरक्षा योजना मंसिर ११ गतेदेखि सुरू भएको छ । कोषको योजनाका लागि सहभागी हुन रोजगारदाताले सरकारले ल्याउको अनलाइनमा गई सूचीकृत हुनुपर्छ । रोजगारदातालको सुचीकरणको कार्य मंसिर ६ गतेदेखि शुरू भइसकेको छ । आफू सूचीकरण भएको ३ महिनाभित्र रोजगारदाताले आफ्ना कर्मचारी तथा श्रमिकको समेत सूचीकृत गरिसक्नुपर्छ । 

त्यसपछि रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको ११ प्रतिशत रकममा रोजगारदाताले २० प्रतिशत रकम थप गरी ३१ प्रतिशत बराबरको योगदान रकम मासिक रूपमा कोषमा जम्मा गनुपर्नेछ । 

गौतमले थपे, ‘यो कोषमा राज्यले पनि १० प्रतिशत लगानी गर्न हामीहरू आग्रह गरेका छौं ।’ कोषमा हालसम्म ५५ अर्ब रूपैयाँ जम्मा भइसकेको छ । 

३१ प्रतिशत रकम कोषमा जम्मा भएपछि मजदूहरूले पेन्सन स्वरूप जीवनको आर्थिक निरन्तरता पाउने छन् । हाल सरकारले नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० निर्धारण गरेको छ ।  गौतमले आउँदो माघ १ गतेदेखि यस क्षेत्रमा पनि प्रतिष्ठानमा दर्ता शुरू हुने जानकारी दिए । ७ वटै प्रदेशमा सामाजिक सुरक्षा कार्यालय खुल्ने गौतमको भनाइ छ । सामाजिक सुरक्षा कोष कार्यान्वन नगर्ने रोजगारदातालाई १ लाख जरिवाना र १ वर्ष कैदको व्यवस्था कानूनमा गरिएको छ । 

जिफन्ट ५ नम्बर प्रदेशका अध्यक्ष हरि कार्कीले सरकारले ल्याएको कार्यक्रम श्रमिकका लागि कोशेढुंगा भएको बताए । कोेषबाट सञ्चालन हुने योजना अन्तर्गत औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा सेवा प्राप्त गर्न सामाजिक सुरक्षा कोषमा ६ महिना योगदान गर्नुपर्ने बताए । कार्यक्रममा हुमाकान्त काफ्ले लगायतले बोलेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x