×

NMB BANK
NIC ASIA

हेलिकप्टरबाट उद्धारले बच्यो पार्वतीको ज्यान, तीन दिनको छटपटाहटपछि जन्मियो छोरा

मंसिर १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं मंगलवार त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्ज पुग्दा प्रसूति विभागको १२ नम्बर वार्डमा थिइन्, सोलुखुम्बुकी २० वर्षीया पार्वती बस्नेत । 

Sagarmatha Cement
Muktinath Bank

झण्डै तीनदिन लामो प्रसव पीडालाई भुलेर छोरालाई दूध चुसाउँदै थिइन्, उनी । सुरक्षित ढंगले छोरालाई जन्मदिन पाएको खुशी उनको चेहेरामा झल्किन्थ्यो । पति रमेश बस्नेत पनि हँसिलो मुद्रामा पार्वतीकै छेउमा थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अहिले त ठीक छु, केही समस्या भएको छैन,’ पार्वतीले मुस्कुराउँदै लोकान्तरसँग भनिन् । 


Advertisment
Nabil box
Kumari

तीन दिनसम्म प्रसव पीडामा छट्पटाउँदा पनि सुत्केरी हुन नसकेपछि पार्वतीलाई हेलिकप्टरमार्फत् उद्धार गरी सोलुखुम्बुबाट काठमाडौं ल्याइएको थियो ।

Vianet communication
Laxmi Bank

घर आँगन नेपाल नामक सामाजिक संख्याको पहलमा हेलिकप्टरमार्फत् सोमवार त्रिवि शिक्षण अस्पताल ल्याइएकी पार्वतीले सोही दिन साँझ छोरालाई जन्म दिएकी थिइन् । पाठेघरको मुखभन्दा बच्चाको आकार ठूलो भएपछि टिचिङ अस्पतालका चिकित्सकहरूले भ्याकुमको सहायताले शिशु निकालेका थिए । 

यसरी भयो उद्धार

सोलुखुम्बुको सोताङ गाउँपालिका– ३ की २० वर्षीया पार्वती बस्नेत ८ महिनाकी गर्भवती थिइन् । उनको सुत्केरी हुने म्याद मंसिर १३ गतेको तोकिएको थियो । 

पार्वती चौंथोपटक आफ्नो गर्भ जाँच गर्न गत मंसिर २ गते सोताङ स्वास्थ्यचौकी पुगेकी थिइन् । स्वास्थ्य चौकीले उनलाई ३ दिन निगरानीमा राखेर पाठेघरको मुख नखुलेको भन्दै घर पठायो ।

शुरूमा सुत्केरी हुने समय नभएकाले पाठेघरको मुख नखुलेकाले म्याद आएपछि नै स्वास्थ्यचौकीमा आउन त्यहाँका स्वास्थ्यकर्मीले सुझाव दिएका थिए । १३ गतेसम्म पार्वतीको स्वास्थ्य अवस्था सामान्य थियो । तर स्वास्थ्यकर्मीले भनेको म्यादमा सुत्केरी भइनन्, उनी । उनलाई १५ गते एक्कासि सुत्केरी व्यथाले च्याप्यो । 

‘१३ गते म्याद दिएको थियो तर १५ गतेसम्म बच्चा जन्मिएन । ढाड कम्मर दुख्न थाल्यो भनेर रातभरि रोइन्, १५ गते डेढ घण्टा लगाएर सोताङ स्वास्थ्यचौकी पुर्‍यायौं,’ पार्वतीका पति रमेशले लोकान्तरसँग भने, ‘आइतबार सोताङ स्वास्थ्यचौकीमा नर्सले सदरमुकामको अस्पतालमा लैजानू, नर्मल डेरीभरी हुन सक्दैन भनिन् ।’

स्वास्थ्यकर्मीले भनेको अस्पतालसम्म लैजान दुईदिन पैदल हिड्नुपर्ने हुन्थ्यो । गाउँमा कच्ची सडक त थियो तर सामान ओसापसार गर्ने ट्रक मात्रै चल्थ्यो ।

प्रसव पीडाले छटपटाइरहेकी पत्नी र गर्भमै रहेको सन्तानको ज्यान जोगाउन मुस्किल देखेपछि पार्वतीका पति रमेश अलमलमा परे । उनले आइतवार स्वास्थ्यचौकीबाट सदरमुकाम लान नसक्ने अवस्था भएपछि पत्नी पार्वतीलाई घरमै लगे । पार्वती आइतवारको रात प्रसव पीडामा छट्पटाउँदै घरमै रहिन् । 

‘रातभरी कम्मर र ढाड दुख्यो भनेर रोइरहिन् । स्वास्थ्यचौकीले रिफर गरेको ठाउँमा लान सकिनँ । आइतवार रातभरि उनको पीडालाई हेरेर बस्नुबाहेक केही गर्न सकिनँ ।’ प्रसव पीडामा छट्पटाइरहेकी पार्वतीको अवस्थाले आफन्तहरू पनि अनिदै रहे । 

सोमबार बिहानै पार्वतीको भिनाजुले घरआँगन नेपाल नामक संस्थाका अध्यक्ष दीपक सिलवाललाई सम्पर्क गरे । सिलवालले सुत्केरीको अवस्था थाहा पाएपछि सिम्रिक एयरको हेलिकप्टर उद्धारका लागि पठाए । 
स्टेचरमा डेढघण्टा लगाएर सोताङबाट दूधकोशीमा

पार्वतीलाई उद्धारका लागि हेलिकोप्टर आउने त भयो तर उनको घरनजिकै ल्याण्ड गर्न सम्भव थिएन । पार्वतीलाई उनका पति र आफन्तले स्टेचरमा राखेर डेढ घण्टामा दूधकोशी खोलाको बगरमा पुर्‍याए ।
खोलाकै बगरमा दुईघण्टा छटपटाइन् पार्वती

आफन्तले पार्वतीलाई १२ बजे नै दूधकोशी खोलाको बगरमा पुर्‍याएका थिए । पार्वती खोलाकै बगरमा स्टेचरमा छटपटाउँदै थिइन् । दुई घण्टासम्म खोलाकै बगरमा कुरेपछि हेलिकप्टर २ बजे पुग्यो र पार्वतीको उद्धार भयो ।

‘उनी स्टेचरमा रुँदै थिइन्, दुई घण्टासम्म बगरमै कुर्‍यौं । २ बजेर १५ मिटेटमा हेलिकप्टर आइपुग्यो र एक घण्टामा यहाँ अस्पतालमा आइपुग्यौं,’ उनले भने, ‘सोमबार बेलुका भ्याकुमले बच्चा निकाल्नुभयो । मेरी श्रीमती र बच्चाको ज्यान जोगियो ।’

अस्पतालले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।  

हेलिकप्टरद्वारा पार्वतीको उद्धार गर्ने संस्था घर आँगन नेपालले विगत एक वर्षदेखि ग्रामीण क्षेत्रमा अप्ठ्यारामा परेका गर्भवतीको उद्धार गर्दै आएको छ । घर आँगन नेपालले यसअघि पनि धादिङ र सिन्धुपाल्चोकका सडक विस्तार नभएका विकट बस्तीका ४ जना महिलाको उद्धार गरी उपचारमा सहयोग गरेको संस्थामा अध्यक्ष दीपक सिलवालले बताए । 

‘हामीले सिम्रिक एयरको हेलिकप्टरमार्फत् सडक नपुगेका ठाउँमा स्वास्थ्य अवस्था जटिल भएका गर्भवती तथा सुत्केरी महिलाको उद्धार गर्दै आएका छौं,’ सिलवालले भने, ‘विकट बस्तीमा रहेका सुत्केरी महिलाले समयमै अस्पताल जान नपाउँदा ज्यान घुमाउन नपरोस् भनेर हामीले उद्धार कार्य थालेका हौं ।’

विभिन्न संघसस्था र सामाजिक सञ्जालमार्फत् रकम संकलन गरी उद्धार गर्ने गरेको सिलवालले बताए । 

सोलुखुम्बु जस्तै नेपालको विटक बस्तीहरूमा पार्वतीजस्तै धेरै गर्भवतीले लामो प्रसव पीडा सहनुपर्ने र ज्यानै समेत गुमाउनुपर्ने बाध्यता अझै छ । 

सरकारले विकट बस्तीहरूबाट गर्भवतीको उद्धार गर्ने रणनितीक योजना समेत बनाएको थियो । तर उक्त योजना अझैसम्म कार्यन्वयमा आउन सकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x