माघ २७, २०८०
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
काठमाडौं –वैदेशिक रोजगारीका लागि करीब ९ महिनाअघि साउदी अरेबिया पुगेका ११ जना युवा बिचल्लीमा परेका छन् ।
क्याटरिङ र पेट्रोलपम्पमा काम गर्न भनेर गएका सोलुखुम्बुका मानबहादुर खड्का, चन्द्रप्रसाद हिङमाङ, गणेश हिङमाङ, टंक कार्की, सन्तोषकुमार बस्नेत, नारायणप्रसाद गिरी खोटाङका राजन राई, प्रेमचन्द्र तामाङ, सूर्यबहादुर बम्जन, सूर्यबहादुर तामाङ र हेटौडाका साङ्गे ब्लोन तामाङ भनेजस्तो काम र पारिश्रमिक नपाउँदा बिचल्लीमा परेका हुन् ।
गत फागुन १ गते र चैत्र ३ गते नेपालबाट ‘तीनजुरे म्यानपावर’ र ‘इम्पावर म्यानपावर’ले ३८ नेपाली युवालाई वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पठाएको थियो ।
अधिकांशलाई क्याटरिङमा काम दिलाउने शर्त सहित पठाइएको थियो । तर ६ महिनासम्म पनि भनेअनुसार काम नपाएपपछि पीडित बनेका युवाका नेपालमा रहेका आफन्तहरूले वैदेशिक रोजगार विभागको चक्कर लगाउने शुरू गरे । कयौं चरण म्यानपावरका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच बसेर पीडितहरूलाई नेपाल झिकाउने या साउदीमै राम्रो काम दिलाउने सहमति भयो ।
ती मध्ये कोही नेपाल फर्के, कोही जाँदा लागेको ऋण तिर्ने आशामा अर्को काम गर्न थाले तर अझै पनि भने अनुसार तलब सुविधा पाएनन् । तीमध्ये माथि उल्लेखित ११ जनालाई अझै पनि साउदीमा गैरकानूनी रूपमा बन्धक जस्तै बनाएर राखिएको छ । कम्पनीले दिनुपर्ने सुविधा केही नपाएको, त्यहाँको सरकारले कामदारको परिचयपत्रको रूपमा दिने कार्ड (अकामा) र स्वास्थ्य परिचयपत्र नदिइएको गणेश हिङमाङका दाइ रणबहादुर नेपालीले बताए ।
वैदेशिक रोजगार विभागको परिसरमा भेटिएका पीडितका आफन्तहरूका अनुसार उनीहरूले म्यानपावर कम्पनीलाई १ लाख २५ हजारदेखि १ लाख ८० हजारसम्म बुझाएर साउदी गएका थिए । पैसा बुझ्ने इम्पावर म्यानपावरका प्रतिनिधि तारामणि राई र उडाउने तिनजुरे म्यानपावरका बबिन राई रहेको पीडितका आफन्तले लोकान्तरलाई बताए ।
साउदी लगिएपछि काम र सेवा सुविधा नपाएर अलपत्र परेका पीडीतहरूलाई तत्काल काम दिलाउनका लागि गत भाद्र २५ गते साउदी अरबस्थित ‘सोनमार कन्ट्रयाक्टिङ एण्ड ट्रेडिङ’ कम्पनी र नेपालस्थित ‘तीनजुरे इम्प्लोयमेन्ट सर्भिसेज प्रालि’बीच समझदारी भएको बताइयो । पीडितलाई तत्काल काम दिलाउने, तलबका रूपमा १ हजार रियल र खानाका लागि २०० रियल प्रतिमहिना उपलब्ध गराउने, बस्ने व्यवस्था र यातायातको सुविधा कम्पनीले उपलब्ध गराउनुपर्ने, कामदार काममा संलग्न भएको एक हप्ता भित्रमा काम गरेको बाँकी अवधिको वर्कसिट अनुसारको पारिश्रमिक भुक्तानी दिने र काम नगरेको अवधिको पनि कबोल गरिएको आधारभूत तलब भुक्तानी गर्ने लगायतका विषयमा सहमति भएको थियो । तर उक्त सहमति हालसम्म पनि कार्यान्वयन भएको छैन ।
पीडीतका आफन्तहरू यतिबेला कहिले परराष्ट्र मन्त्रालय, कहिले श्रम मन्त्रालय र कहिले कन्सुलर सेवा विभाग धाइरहेका छन् । साउदी अरबमा फसेको यतिका समयसम्म पनि पीडितहरूले न्याय नपाएको गुनासो गर्दै आफन्तहरू श्रममन्त्री गोकर्ण विष्टसम्म पनि पुगेको र आश्वासन मात्र पाएको गुनासो गर्छन् ।
पीडितका आफन्तले वैदेशिक रोजगार विभागमा निवेदन दिएपछि सोमबार म्यानपावरका प्रतिनिधि बबिन राईलाई उपस्थित गराइएको थियो । लोकान्तर टीमले राईसँग यही विषयमा कुरा गर्न खोज्दा राईले शुरूमा केही बोल्न नचाहेको भन्दै लामो समयसम्म चुप रहे ।
तर बारम्बारको अनुरोधपछि राई केही बोल्न त तयार भए तर पीडितका आफन्तहरूलाई दोष लगाउन शुरू गरे । ‘यहाँ हल्ला चलेअनुसार केही भएको होइन । कामदारहरूले अस्थायी परिचयपत्र पाइसकेका छन् र स्थायी परिचयपत्रका लागि अझै केही दिन लाग्न सक्छ,’ राई भन्छन्, ‘उनीहरूले खान, बस्न र तलब पाइरहेका छन्, यहाँ नाटक बढी भइरहेको छ । तर पीडितका आफन्तहरू राईको यो कुरा मान्न तयार छैनन् ।
यस विषयमा वैदेशिक रोजगार विभागका अधिकृत हरिप्रसाद ज्ञवालीले आफूलाई केही जानकारी नभएको बताए । ज्ञवाली आफू नयाँ भएको र फाइल आफ्नो हातमा नपरेसम्म केही भन्न नसक्ने बताउँदै गर्दा पीडितका आफन्तहरू अचम्मित भएका थिए ।
छलफलपछि पुनः अर्को कागज गरिएको छ । सोमवार वैदेशिक रोजगार विभागमा गरिएको नयाँ सहमतिअनुसार पीडितहरूको सम्पूर्ण समस्या आगामी डिसेम्बर १० तारिखसम्म गरिने उल्लेख छ ।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...