प्रभू बैंकका ७ वटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा

मंसिर १९, २०७५

काठमाडौं – नेपाल–भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयमा बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यसहित प्रभू बैंकले नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

झापाको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सति भन्सार कार्यालयमा बैंकले बुधवारदेखि एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएर सेवा प्रारम्भ गरेको छ ।


ADVERTISEMENT

भन्सार विभागका महानिर्देशक तोयम रायाबाट एक समारोहबीच बैंकको जलेश्वर भन्सार राजस्व संकलन काउन्टर समुद्घाटन भयो ।

अन्य भन्सार कार्यालयका एक्स्टेन्सन काउन्टर सम्बन्धित भन्सार कार्यालयका प्रमुखबाट समुद्घाटन भएको हो ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका बैंकका एक्स्टेन्सन काउन्टरको सेवाबाट सम्बन्धित भन्सार कार्यालयको स्तरोन्नतिसँगै आयात निर्यातको क्रियाकलापमा बढोत्तरी हुन गई राजस्व संकलनको आँकडामा वृद्धि हुन जाने तथा स्थानीय सेवाग्राही तथा संघसंस्थाले प्रभू बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् ।

नेपाल सरकारको राजस्व संकलन प्रक्रियामा पनि टेवा पुग्ने बैंकले विश्वास लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए ।

मंसिर १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस