सलमानको कमाइ सबैभन्दा धेरै, हिरोइनमा दीपिका मात्र धेरै कमाउने !

मंसिर १९, २०७५

फोर्व्स २०१८ को १०० सबैभन्दा धनी सेलिब्रेटीको लिस्ट जारी गरेको छ ।

यस लिस्टमा भारतीय सुपरस्टार सलमान खानको नाम सबैभन्दा माथि छ । सलमान खानले क्रिकेटर विराट कोहलीलाई पछि छोड्दै टपमा स्थान बनाएका छन् । टप १० को लिस्टमा अक्षय कुमार, दीपिका पादुकोणको नाम पछि छ ।


ADVERTISEMENT

शाहरुख खान १३ औं न्बरमा पुगेका छन् । यस वर्ष शाहरुखको कमाइमा ३३ प्रतिशतले कमी आएको छ । 

सलमान खानले २५३.२५ करोड वार्षिक कमाइका साथ पहिलो स्थानमा रहेका छन् । 

विराट कोहलीको वार्षिक कमाइ २२८.०९ करोड रुपैयाँ  छ र उनी सूचीको दोस्रो नम्बरमा रहेका छन् । 

तेस्रो नम्बरमा रहेका अक्षय कुमार १८५ करोड कमाइ साथ रहेका छन् । 

चौथोमा दीपिका पादुकोण रहेकी छिन् । २०१७ मा ५९ करोड वार्षिक कमाउने दीपिकाको कमाइ यस वर्ष ११२.८ करोड रहेको फोव्र्सले जनाएको छ । 

त्यसपछि १०१.७७ करोड साथ धोनी, ९७ करोड कमाइका साथ छैठौं स्थानमा आमिर, ९६.१७ करोडका साथ अमिताभ वच्चन, त्यसपछि क्रमश रणवीर सिंह, सचिन तेन्दुलकर, अजय देवगन रहेका छन् ।
 

मंसिर १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस