×

NMB BANK
NIC ASIA

दीपकराज भन्छन्– ‘प्रविधिमा प्रतिस्पर्धा गर्न सक्दैनौं, कथा र प्रस्तुतिमा अब्बल छौं’

मंसिर १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

चलचित्र ‘छक्का पञ्जा ३’ ले ५१ दिन मनाएको सफलता हाम्रो मात्र होइन् । यो तपाईं हामी सबै चलचित्रकर्मीसँगै नेपालीको सफलता हो । यो सफलता म सम्पूर्ण नेपाली चलचित्र उद्योगलाई समर्पित गर्न चाहन्छु ।

Sagarmatha Cement
Muktinath Bank

अहिले नेपाली चलचित्रले यति ठूलो बजारसँग प्रतिस्पर्धा गरिरहनुपरेको छ । विश्वमै दोस्रो स्थान ओगटेको बलिउडसँग प्रतिस्पर्धा गरिरहेका छौं । जहाँ अर्बौको लगानीमा चलचित्रहरू बन्ने गर्छ, भीएफएक्समा बलिउड धेरै माथि पुगिसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यहाँको प्रविधि पनि कति माथि पुगिसक्यो । नेपाली चलचित्रहरू त्यस्तो महङ्गो बजेटका चलचित्रहरूसँग प्रतिस्पर्धा गरिरहेका छन् । अर्बाैका हलिउड, बलिउड चलचित्र र हाम्रा एक करोड, दुई करोडमा बनेका चलचित्रहरू एउटै पर्दामा लाग्छ, एकै दिन लाग्छ र एउटै मूल्यमा हेर्न पाइन्छ ।


Advertisment
Nabil box
Kumari

यस्तो खालको प्रतिस्पर्धामा समेत कुनै पनि भारतीय चलचित्रले नेपालमा गरेको व्यापार भन्दा उत्कृष्ट व्यापार ‘छक्का पञ्जा ३’ ले गरेको छ । आज हाम्रो सफल भयो, भोलि अर्कोको चलचित्र सफल हुन्छ ।

Vianet communication
Laxmi Bank

हामीसँग चलचित्र प्रदर्शनका लागि वर्षमा ५२ वटा हप्ता छ । ती ५२ वटै हप्तामा एकदिन हामीले प्रमाणित गर्नु छ कि नेपालमा नेपाली चलचित्र नम्बर एकमा छ । हिन्दी/अंग्रेजी २, ३ तिर पर्छ भनेर ।

हो, हामीले बलिउड, हलिउडको प्रविधिसँग प्रतिस्पर्धा गर्न सक्दैन् । किनकी हामीसँग न्यून बजेट छ । तर कथामा, प्रस्तुतिमा, मौलिकतामा हामी प्रतिस्पर्धा गर्न सक्छौं र उनीहरू भन्दा अब्बल साबित हुन सक्छौं । जुन कुरा हामीले पछिल्ला दिनहरूमा प्रमाणित पनि गर्दै आएका छौं । 

नेपाली चलचित्र क्षेत्रलाई अगाडि बढाउन हामी चलचित्रकर्मी कार्यगत एकतामा अगाडि बढनुपर्छ । त्यो भयो भने भोलिका दिनमा नेपालमा सधै नेपाली चलचित्र नै अगाडि हुनेछन् । गीतसंगित तिर हेर्नुस्, म कलेजमा पढ्दा ‘तुम मिले’ गीत गाएर हिँडथें अथवा रेडियो ट्याक्सीमा पनि त्यही गीत बज्थ्यो । पार्टी प्यालेसमा त्यो खालका गीतहरू बज्थ्यो ।

अहिले ‘सुर्के थैली खै’पछि हेर्नुस् अवस्था परिवर्तन भएको छ । अहिले पार्टी प्यालेसमा हेर्नुस् चाहे स्कूलमा जहाँपनि ८० प्रतिशत हाम्रा नेपाली गीतहरू बज्छन् ।

एकताका शम्भुजित बास्कोटा दाइले शुरू गर्नुभएको ‘रातो टीका निधार’मा गीतको व्याप्तता थियो । त्यतिबेला बीचमा पुन: लोक गीत हराएको थियो, अहिले लोकगीत आएको छ ।

यो पक्कैपनि नेपाली चलचित्र क्षेत्रकै लागि सुखद कुरा हो । नेपाली चलचित्रलाई हामी एक्लै अगाडि लैजान्छौं भनेर सम्भव छैन । हामी चलचित्रकर्मीहरू मिलेर, कार्यगत एकताका रुपमा अगाडि बढ्ने हो भने नेपाली चलचित्रको सुनौलो दिन हेर्न धेरै वर्ष लाग्ने छैन । नेपाली चलचित्र अवश्य पनि अगाडि बढ्नेछ । 

(चलचित्र ‘छक्का पन्जा ३’ले ५१ दिन मनाएको खुसीयाली आदानप्रदान कार्यक्रममा चलचित्रका लेखक तथा कलाकार दीपकराज गिरीले दिएको मन्तव्य ।)

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x