×

NMB BANK
NIC ASIA

सुर्खेत – अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको कार्यालयमा चालू आर्थिक वर्ष २०७५/०७६ को पहिलो ४ महिनामा ३ सय २३ वटा उजुरी आएका छन् ।

Muktinath Bank

गत आर्थिक वर्ष २०७४/०७५ बाट चालू आर्थिक वर्षमा १ सय ८० उजुरी थप भएका छन् । योसँगै अहिले आयोगले ५ सय ३ वटा उजुरीको अनुसन्धान गरिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीमध्ये सबैभन्दा धेरै उजुरी सुर्खेतबाट परेका हुन् भने सबैभन्दा कम डोल्पाबाट परेका हुन् । आयोगका सहसचिव एवं कार्यालय प्रमुख ज्ञानराज सुवेदीका अनुसार सुर्खेतबाट १ सय ६ उजुरी दर्ता भएकोमा ३२ वटा फर्छ्यौट भएको छ । दैलेखबाट ८५ उजुरी परेकोमा १९ वटा मुद्दा फर्छ्यौट भएका छन् ।


Advertisment
Nabil box
Kumari

जाजरकोट जिल्लाबाट ७३ वटा उजुरी परेकोमा १२ मुद्दा फर्छ्यौट भएका छन् । कालिकोटमा ५८ वटामा ६ वटा, जुम्लामा ४२ मा १२,  हुम्लामा ४० मा ५, रुकुम पश्चिममा ३५ मा ८, सल्यानमा ३३ मा ११, मुगुमा २१ मा ३ र डोल्पामा ६ वटा उजुरी दर्ता भएको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म ५ सय ३ वटा उजुरी दर्ता भएकोमा १ सय १२ वटाको फर्छ्यौट भएको छ भने ३ सय ९१ वटाको अनुसन्धान जारी रहेको छ ।

कार्यालयका अनुसार सुर्खेतमा अख्तियारको कार्यालय स्थापना भएपश्चात् २०७०/०७१ मा १ हजार ६४ मुद्दा दर्ता भएको थियो भने आर्थिक वर्ष २०७१/०७२ मा २ हजार १ सय ११, आर्थिक वर्ष २०७२/०७३ मा २०६९, २०७३/०७४ मा ६ सय ३३ र गत आर्थिक वर्षमा ७ सय ५१ वटा उजुरी दर्ता भएका थिए ।

२ करोड असुली

सहसचिव सुवेदीका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ वर्षको अवधिमा २ करोड १४ लाख ५६ हजार ७ सय १५ रुपैयाँ ५० पैसा रकम असुली गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७१/०७२ मा ५० लाख ४९ हजार ५ सय १२ रुपैयाँ ४६ पैसा, आर्थिक वर्ष ०७२/०७३ मा १ करोड १४ लाख ९२ हजार ६ सय ४६ रुपैयाँ, आर्थिक वर्ष २०७३/०७४ मा ११ लाख ७३ हजार ९ सय ९१ रुपैयाँ असुल गरेको हो । सोही वर्ष कार्यालयले आयोगको निर्णयबाट ५९ हजार ६ सय रुपैयाँ असुल गरेको जनाइएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा ११ लाख ७३ हजार ९ सय ९१ रुपैयाँ कार्यालयले असुली गरेको छ । कार्यालयले अहिलेसम्म ३६ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ । ती सबै मुद्दामा ९० जनालाई प्रतिवादी बनाइएको छ । चालू आर्थिक वर्षको पहिलो चौमासिकमा मात्रै ३ मुद्दामा ७ जनालाई प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गरिएको कार्यालय प्रमुख ज्ञवालीले बताए ।

आयोगले बुधवारसम्म २८ जनालाई रंगेहात पक्राउ गरेको जनाएको छ । चालू आर्थिक वर्षमा १ जनालाई रंगेहात समात्न आयोग सफल भएको हो ।

चालू आर्थिक वर्षको असार मसान्तसम्म आयोगमा परेका उजुरीमा सबैभन्दा बढी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्वद्ध १ सय ५५ वटा उजुरी परेका छन् । त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबारे १ सय ४५ वटा उजुरी परेका छन् । सबैभन्दा कम उजुरी युवा तथा खेलकुद मन्त्रालयको परेको छ । मन्त्रालयको १ वटा मात्रै उजुरी परेको छ ।

सुर्खेत जिल्लामा मात्रै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका ३७ वटा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका २३ वटा, वन तथा वातावरण मन्त्रालयका १९ वटा, स्वास्थ्य जनसंख्या मन्त्रालयका १० वटा उजुरी कार्यालयमा दर्ता भएका छन् । 

खानेपानी मन्त्रालयका ४, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका ३ वटा, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको २ कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको २, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको १, गृहको १ र युवा तथा खेलकुद मन्त्रालयको १ गरी १ सय ६ वटा कार्यालयमा उजुरी आएकोमा ३२ वटा फर्छ्यौट भइसकेका छन् भने ७४ वटा बाँकी छन् ।

आगामी मंसिर २३ गते बिहान ११ बजे कार्यालयले भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने भएको छ । कार्यालयका अनुसार उक्त दिन बिहान प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ भने बिहान ११ बजे मुख्यमन्त्री सहितको सहभागितामा कार्यक्रमको आयोजना गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x