कमल थापाको दाबी : जनताको आकर्षण राप्रपातर्फ

मंसिर १९, २०७५

धनुषा–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको आकर्षण आफ्नो पार्टीतर्फ रहेको दाबी गरेका छन् ।  

राप्रपाको प्रदेश २ स्तरीय प्रशिक्षण तथा सम्मेलन कार्यक्रमलाई आज जनकपुरमा सम्बोधन गर्दै अध्यक्ष थापाले ओली नेतृत्वको दुई तिहाइको सरकार गठन भएको नौ महीना बितिसक्दा पनि जनताको जीवनस्तरमा कुनै परिवर्तन आउन नसकेकाले जनतासँग राप्रपाको विकल्प नभएको दाबी गरे । 


ADVERTISEMENT

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले अहिले सामान्य जागिरका लागिसमेत दैनिकरुपमा दुई हजारभन्दा बढी युवा मलेसियाको जङ्गल र अरबको मरुभूमिमा गएर रगत पसिना बगाउन बाध्य भएको बताउँदै उनले भने, “सदियौँदेखिको दासताबाट मुक्ति पाउनका लागि भनेर लडेका नेकपा र सङ्घीय समाजवादी फोरम नेपालको दुई तिहाइ बहुमतको सरकार हुँदा पनि जनताले शान्ति, स्थायित्व, विकास र रोजगारी लगायतमा आश्वासनबाहेक केही पाउन सकेका छैनन् । 

उनले जनताको विकल्प आफूहरु भएको दाबी गर्दै जनता र कार्यकर्तालाई हिन्दूराष्ट्र पुनःस्थापना र राजसंस्थासहितको प्रजातन्त्रको पक्षमा वकालत गर्न निर्देशन दिए । 

मंसिर १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस