के राखिएला प्रदेश ५ को नाम ?  तीन सांसदलाई कार्यविधि बनाउने जिम्मा

मंसिर १९, २०७५

बुटबल– प्रदेश नं ५ को नामारकण र स्थायी राजधानी सिफारिश समितिको कार्यविधि बनाउने विषयलाई टुङ्गो लगाउन प्रदेशसभाका तीन सदस्यलाई जिम्मा दिइएको छ । 

प्रदेश नं ५ को प्रदेश सचिवालयमा आज बसेको प्रदेश नं ५ को नामकरण र स्थायी राजधानीसम्बन्धी विशेष समितिको बैठकले समितिका संयोजक दीपेन्द्रकुमार पुन, तुलसी चौधरी र रमा अर्याललाई जिम्मा दिइएको प्रदेश सचिवालयले जनाएको छ । उनीहरुले प्रदेशसभा सञ्चालन हुनुअघि २६ गतेभित्र कार्यविधिमा संशोधन गर्ने बताइएको छ । 


ADVERTISEMENT

विशेष समितिका सदस्य तुलसी चौधरीले स्थायी राजधानीका लागि अझै केही समय लाग्ने उल्लेख गर्दै कार्यविधि पूर्ण भएपछि जिल्ला जिल्लाबाट सुझाव सङ्कलन गरिने जानकारी दिए । 
प्रदेश सदस्य चौधरीले प्रदेश नं ५ का विभिन्न जिल्लाबाट नामकरण र स्थायी राजधानीका विषयमा सुझाव सङ्कलन गरिने उनले बताए । 
 
 

मंसिर १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस