मनाङलाई पछ्याउँदै थ्री स्टार

मंसिर २०, २०७५

काठमाडौँ– उपाधि होडमा रहेको थ्री स्टार क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पाँचौं जित निकालेको छ । बुधबार हल्चोकस्थित शसस्त्र प्रहरी बलको खेल मैदानमा भएको छैटौँ चरणको खेलमा थ्री स्टारले सरस्वती युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो ।

सरस्वति क्लबले लिएको शुरुआती अग्रतालाई उल्ट्याउँदै थ्रीस्टारले नजिता आफ्नो पक्षमा पारेको हो । थ्री स्टारको जितमा रञ्जित धिमाल र निराजन खड्काले एक एक गोल गरे  । सरस्वतीका भिक्टरले एक गोल गरे ।


ADVERTISEMENT

जितसँगै थ्री स्टारले लिगमा छ खेलबाट १५ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । थ्री स्टारले शीर्ष स्थानको मनाङ मर्स्याङ्दीसँगको अङ्क दुरी तीनमा झार्न समेत सफल भएको छ । सरस्वती भने सात सात अङ्कका साथ आठौँ स्थानमा छ ।
 

मंसिर २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस