×

NMB BANK
NIC ASIA

निर्मलामाथि सामूहिक बलात्कारको आशंका : चार जना पक्राउ, आश्रमबाटै हराए ८ महिला

मंसिर २०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ । यही आशंकामा चारजना पक्राउ परेका छन्, एक काठमाडौँमा र तीन महेन्द्रनगरमा ।

Muktinath Bank

सामूहिक बलात्कार गरेको आशंकामा छिमेकी प्रदीप रावल काठमाडौँ आएपछि पक्राउ परेका हुन् । केही युवकले गल्ती आफूहरुले गरेको, तर प्रहरीले अरुलाई दुख दिएको भन्दै आपसमा कुरा गरेको स्थानीयले सुनेका थिए । तिनै कुरा गरेको स्थानीयले त्यससम्बन्धी सूचना प्रहरीलाई दिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, त्यतिन्जेलसम्म चारैजना भारत गएका थिए । चारैजनाको स्केच बनाउन महानगरीय अपराध महाशाखाबाट एक प्रहरीलाई कञ्चनपुर लगिएको थियो । पिछा गर्दै जाँदा प्रदिपलाई काठमाडौँ र अरुलाई महेन्द्रनगरमा समातिएको प्रहरीले जनाएको छ ।, नयाँ पत्रिकामा खबर छ ।


Advertisment
Nabil box
Kumari

वाइडबडी प्रकरणः मन्त्री र मन्त्रालय संवेदनशील नभएको आरोप
नेपाल वायुसेवा निगमको वाइडबढी ए ३३०—२०० विमान खरिद प्रकरण अहिले सर्वाधिक चासोको विषय बनेको छ । महालेखाको प्रतिवेदनपछि संसदीय समिति र उपसमितिमा यसबारे छलफल भइरहेको छ भने छानबिन पनि जारी छ । 

Vianet communication
Laxmi Bank

तर, खरिद प्रकरणमा मुछिएका निकायका जिम्मेवार अधिकारीले भने ‘आलटाले’ जवाफ दिएर वास्तविकता लुकाएको सांसदहरुको आरोप छ । संसदको सार्वजनिक लेखा समितिको पछिल्ला बैठक निगमको वाइडबढी विमान खरिद प्रकरणमा केन्द्रीत छ । 

दुई साताअघि वाइडबडी खरिदमा भएको अनियमितता बारे निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहित अन्य अधिकारी र पर्यटन मन्त्रालयका सचिव समेतलाई बोएर छलफल गरेको समितिले बुधबार पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई बैठकमा बोलाएर छलफल गरेको छ । छलफलमा सहभागि मन्त्री अधिकारीले समेत स्पष्ट जवाफ नदिएको सत्तापक्षकै सांसदको आरोप छ । नेकपा सांसद प्रेम आलेले सत्यतथ्य बाहिर आउनु पर्ने बताए ।

छलफलका क्रममा पर्यटन मन्त्रालय र मन्त्री नै संवेदनशील विषयमा गम्भीर नभएको भन्दै एयरलाइन्सलाई अब भगवान भरोसामा छोडिदिए हुन्छ भन्दै सांसद सांसद हृदयश त्रिपाठीले आक्रोश पोखे ।

लेखा समितिको बैठकमा पर्यटन मन्त्री अधिकारीलाई वाइडबडी खरिद प्रक्रिया र मूल्यमा भएको अनियमितताको विषयमा विभिन्न १३ वटा प्रश्न गरिएको थियो । निगमबाट कुनै बिजनेस प्लान नै नबनाई विमान खरिद प्रक्रिया अगाडि बढाइएको सांसद मिनेन्द्र रिजालले बताए ।

बैठकमा आफ्नो अधिकांश समय युरोपियन युनियनले लगाएको कालोसूची र आफ्नो व्यापारिक योजना सुनाउनमै खर्चिएका मन्त्री अधिकारीले अनियमितताको विषयमा नेपाल एयसलाइन्सले अध्ययन गरेर मन्त्रालयलाई प्रतिवेदन बुझाएको बताए ।

महालेखा परीक्षकको २०७४–०७५ को ५ औं वार्षिक प्रतिवेदनले एयसबस निर्माता कम्पनीलाई छली बीचमा दलाल राख्ने उद्देश्यले एक हजार घण्टा उडेको जहाजका लागि आरएफपी जारी गर्नु र त्यसपछि तीन चार वटा दलाल खडा गरी खरिद गर्नु कानुन विपरीत भएको उल्लेख गरेपछि लेखा समितिले यसलाई महत्वका साथ छलफलमा उठाउँदै आएको छ । 

कांग्रेसमा समावेशीताका आधारमा पदाधिकारी संख्या बढाउन माग 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा समावेशीताका आधारमा पदाधिकारी संख्या बढाउनुपर्ने आवाज उठेको छ । कांग्रेसको बुधबारको  केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले समावेशीताका आधारमा पदाधिकारीको संख्या बढाउनुपर्ने, सभापतिलाई सहजरुपमा काम गर्न अधिकार सम्पन्न बनाउनुपर्ने, क्रियाशील र साधारण दुवै सदस्यता राख्नुपर्ने सम्बन्धमा धारणा राखे । 

यही मंसिर १३ गतेदेखि जारी कांग्रेसको केन्द्रीय समिति बैठकमा विधान संशोधन मस्यौदामा छलफल केन्द्रित छ । बैठकमा हालसम्म बोल्ने संस्थापन पक्षका केन्द्रीय सदस्यले हालको पदाधिकारी सङ्ख्या नै यथावत राख्नुपर्ने तर्क गरिरहेका छन् भने संस्थापन ईतर पक्षले केन्द्रीय सदस्य सङ्ख्या बढेसँगै पदाधिकारी सङ्ख्या पनि बढाउनुपर्ने धारणा राख्दै आएका छन् । 
बैठक बिहीबार बिहान ११ बजे पुनःबस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

प्रस्तावित राजदूतको सुनुवाई आइतबार
संसदीय सुनुवाइ समितिले विभिन्न चार मुलुकका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ आगामी आइतबार गर्ने भएको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले भारतसहित चार देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ आइतबार गर्ने निर्णय गरेको हो ।

त्यसअघि यही मंसिर २१ गते शुक्रबार दिउँसो २ बजे राजदूत नियुक्तिको प्रक्रियाका विषयमा उजुरीकर्ताहरुसँग छलफल गर्ने निर्णय समितिले गरेको छ । सरकारले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, युएईका लागि कृष्ण ढकाल र इजरायलका लागि अन्जान शाक्यलाई सिफारिस गरेको छ ।

आश्रमबाटै हराए ८ महिला
भारतको नयाँदिल्लीको दिलसाद गार्डेनस्थित संस्कार आश्रम सेल्टर होम बाट शनिबार मध्यरातिदेखि हराईरहेका आठ नेपाली महिलाको अवस्था अज्ञात छ । उनीहरु गत वैशाखदेखि त्यहाँ बस्दै आएका थिए ।

स्थानीय प्रहरी र दिल्ली महिला आयोगको समन्वयमा एक बर्षअघि जीबी मार्केटबाट उद्धार गरिएका उनीहरुलाई त्यसअघि द्धाराकास्थित अर्को आश्रलयमा राखिएको थियो । नेपाली महिलाको अवस्था पनि अज्ञात छ । आश्रममा बालिका तथा महिला गरी ८० जना बस्दै आएका थिए । 

चौबीसै घण्टा सीसीटिभी क्यामराको निगरानी र तारबारसहित अग्लो पर्खाल लगाईएको ठाउँबाट बेपत्ता हुनुलाई रहस्यमय ठानिएको छ ।, कान्तिपुर दैनिकमा खबर छ ।

राजदूत शेर्पाका सम्बन्धमा छानबिन गर्न माग 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका गतिविधिबारे उठेका प्रश्नलाई गम्भीर रुपमा लिएको जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्तिमार्फत राजदूतकै सहयोगीले सो विषय सार्वजनिक गरेको साता दिन भइसक्दासमेत सरकारले चासो प्रकट गरी अनुसन्धान नथाल्नु र मौनता राख्नु दुःखद भएको उल्लेख गरे । राजदूतका बारेमा उठेका प्रश्नउपर तत्कालै सत्यतथ्य निरुपण गर्ने कर्तव्य सरकारको रहेको विज्ञप्तिमा उल्लेख छ । 

प्रदेशको राजधानी र नाम तोक्ने कार्यविधि बनाउने जिम्मा
प्रदेश नं ५ को नामरकण र स्थायी राजधानी सिफारिश समितिको कार्यविधि बनाउने विषयलाई टुङ्गो लगाउन प्रदेशसभाका तीन सदस्यलाई जिम्मा दिइएको छ । प्रदेश नं ५ को प्रदेश सचिवालयमा बुधबार बसेको प्रदेश नं ५ को नामकरण र स्थायी राजधानीसम्बन्धी विशेष समितिको बैठकले समितिका संयोजक दीपेन्द्रकुमार पुन, तुलसी चौधरी र रमा अर्याललाई जिम्मा दिइएको प्रदेश सचिवालयले जनाएको छ । 

उनीहरुले प्रदेशसभा सञ्चालन हुनुअघि २६ गतेभित्र कार्यविधिमा संशोधन गर्नुहुने बताइएको छ । विशेष समितिका सदस्य तुलसी चौधरीले स्थायी राजधानीका लागि अझै केही समय लाग्ने उल्लेख गर्दै कार्यविधि पूर्ण भएपछि जिल्ला जिल्लाबाट सुझाव सङ्कलन गरिने जानकारी दिए । 

महानिर्देशकलाई जिम्मेवारीबाट हटाइयो 
सरकारले खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलाई जिम्मेवारीबाट हटाइएको छ । नेपालगन्ज खानेपानीको पाइप खरिदमा २५ करोड रुपैयाँ घोटला गरेको आरोप लागेका उनलाई खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले जिम्मेवारीबाट हटाएकी हुन् । 

मन्त्रालयसँग कार्यसम्पादन करार गर्न अटेरी गरेको, घोटलामा मुछिएको, कर्मचारी आन्दोलनको व्यवस्थापन नगरेको भन्दै उनलाई जिम्मेवारीबाट मुक्त गराइएको मन्त्रालय स्रोतले जनाएको छ । 

लोकसेवा आयोग गठन गर्न सैद्धान्तिक स्वकृति
सङ्घीय सरकारले कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेसँगै गण्डकी प्रदेश सरकारले प्रदेश लोकसेवा आयोग गठनको काम अघि बढाएको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेकोे बैठकले प्रदेश लोक सेवा आयोग गठनका लागि आवश्यक कानून तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिएसँगै आयोग गठन प्रक्रिया शुरु भएको हो । 

सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बैठकका निर्णय सार्वजनिक गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोग गठन सम्बन्धमा आवश्यक कानूनको मस्यौदा बनाउन सैद्धान्तिक स्वीकृति दिएको जानकारी दिए । नेपालको संविधानको धारा २४४ मा प्रदेशमा लोक सेवा आयोग रहने उल्लेख भएअनुसार आयोग गठनको काम अघि बढाएको बताउँदै उनले आयोगले कर्मचारी भर्ना, छनोट, पदपूर्ति र बढुवासम्मका काम गर्ने अधिकार प्राप्त गरेको जानकारी दिए ।

राष्ट्राध्यक्षस्तरमा नेपाल–पोल्याण्डबीच द्विपक्षीय वार्ता
नेपाल र पोल्याण्डबीच राष्ट्राध्यक्षस्तरमा द्विपक्षीय वार्ता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका पोलिस समकक्षी आद्रेज दुदा कातोभिचबीच भेटवार्ता अत्यन्त सौहार्दपूर्ण एवं मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

नेपाल र पोल्याडबीचको घनिष्ट सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने उपयाबारे राष्ट्रपतिद्वयबीच घनीभूतरुपमा विचार विमर्श भएको छ भने उहाँहरूले जलवायु परिवर्तन र त्यसले गरीब तथा जोखिममा रहेका राष्ट्रमा पार्ने दुष्प्रभावको समीक्षासमेत गर्नुभएको थियो । 

पोल्याण्डको कातोभिचमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप २४’मा सहभागी हुने सिलसिलामा त्यहाँ रहनुभएकी राष्ट्रपति भण्डारीसँग सम्मेलनमा सहभागी हुन यहाँ एकत्रित भएका नेपालका विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधिसँग सङ्क्षिप्त भेटवार्ता पनि भएको थियो । राष्ट्रपति भण्डारी पोल्याण्डको पाँच दिवसीय भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्कने कार्यक्रम छ । 

कांग्रेसको आर्थिक नीतिः ६५ वर्षपछि वृद्धभत्ता
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टीको समग्र आर्थिक नीति सम्बन्धी प्रस्ताव पेस भएको छ । समिति संयोजक डा. प्रकाशशरण महतले बुधबार पार्टीको प्रस्तावित आर्थिक नीति पेस गरेका हुन् ।
कांग्रेसको प्रस्तावित नयाँ आर्थिक नीतिमा ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकहरुलाई वृद्ध भत्ता दिने, जटिल प्रकारका रोगीहरुलाई उपचार भत्ता दिन नीति अगाडि बढाउने, वर्षमा १२० दिनको रोजगारी सुनिश्चित गर्नुका साथै युवा उद्यमीहरुलाई सहुलियतपूर्ण ऋण दिने जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ । यसैगरी, सबैलाई कम्तिमा एक एक गिलास दूध भन्ने जस्ता नारा नै दिएर आर्थिक नीति प्रस्ताव गरिएको छ । 

यस्तै, स्वास्थ्य र शिक्षाको गुणस्तरीय विस्तारका लागि ‘सबैका लागि गुणस्तरीय स्वास्थ्य र सबैको लागि गुणस्तरीय शिक्षा’ को अवधारणालाई कार्यान्वयन गर्ने जस्ता विषय पनि कांग्रेसको प्रस्तावित अहार्थिक नीतिमा उल्लेख छ ।

लागुऔषधसहित चारजना पक्राउ
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मध्यबिन्दु नगरपालिका–८ स्थित फूलबारीबाट लु१ख ७९८५ नंको बसमा लागुऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा भरतपुर महानगरपालिका–२१ का २८ वर्षीय अर्जुन सुनार, नवलपरासी रामग्राम नगरपालिका–८ का ३१ वर्षीय राममिलन केवट र भारत उत्तर प्रदेश भहाराजगञ्ज ठुटीबारी ग्राम लोहरौली घर भई रामग्राम–६ बस्ने ४१ वर्षीय अमरजित केवटलाई पक्राउ गरेको हो । 

‘ए’ डिभिजन लिग 
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएका खेलमा मनाङ–मर्स्याङ्दी, थ्रीस्टार र च्यासल युथ क्लब विजयी भएका छन् । लिगमा आफ्नो शतप्रतिशत विजयी यात्रालाई निरन्तरता दिनेक्रममा मनाङ–मर्स्याङ्दीले जावलाखेल युथ क्लबलाई १–० ले हरायो ।

यस्तै, थ्री स्टार क्लबले पाँचौ जित निकालेको छ । बुधबार भएको खेलमा थ्री स्टारले सरस्वती युथ क्लबलाई २– १ गोल अन्तरले पराजित गरेको हो । जितसंगै थ्री स्टारले लिगमा ६ खेलबाट १५ अंक जोडेको छ । 
यस्तै, अर्को खेलमा च्यासल युथ क्लबले लिग फुटबलमा दोस्रो जित निकालेको छ । खेलमा हिमालयन शेर्पा क्लबलाई २ – १ गोल अन्तरले हराएर च्यासलले दोस्रो जित निकालेको हो । 
यसैबीच, ‘ए’ डिभिजन लिगमा बिहीबार दुई खेल हुनेछन् । पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लब भिड्दा दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले मच्छिन्द्र क्लबसँग खेल्नेछ ।

‘वल्डकप ट्रफी’सहित पाँच जनाको टोली नेपालमा
काठमाडौँ– जापानमा आगामी वर्ष आयोजना हुने रग्बी विश्वकपको ट्रफी बुधबार नेपाल ल्याइएको छ । विश्व रग्बी ट्रफी टुरअन्तर्गत विश्वकप ट्रफी लिएर अन्तर्राष्ट्रिय रग्बी फुटबल बोर्डका पाँचजना प्रतिनिधि बुधबार अपराह्न नेपाल आइपुगेको नेपाल रग्बी सङ्घका अध्यक्ष टङ्कलाल घिसिङले जानकारी दिए ।

अन्तर्राष्ट्रिय रग्बी फुटबल बोर्डको मुख्याल आयरल्याण्डबाट नेपाल रग्बी सङ्घको पहलमा नेपाल आउन लागेको ट्रफी यही मङ्सिर २३ गतेसम्म नेपालमा राखिनेछ । नेपालमा रहँदा विश्वकप ट्रफी सगरमाथाको आधार शिविरसम्म पु¥याइने कार्यक्रम रहेको उनले जानकारी दिए । 

ट्रफी बिहीबार बिहान सगरमाथाको आधारशिविर लगेर पहिलो प्रदर्शन गरिनेछ । त्यसैगरी मङ्सिर २१ गते विश्व सम्पदा सूचीमा रहेका स्थानहरू स्वयम्भूनाथ, बौद्धनाथ, पशुपति र पाटन दरबार स्क्वायरमा प्रदर्शनी गरिनेछ । त्यस्तै मङ्सिर २२ गते टँुडिखेलमा आयोजना हुने रग्बी फेस्टिभलमा प्रदर्शनी गरिनेछ । फेस्टिभलमा नेपाली कलाकारको प्रस्तुतिसँगै स्कूल रग्बी प्रतियोगिता, महिला रग्बी सेभेन, पुरुष रग्बी प्रतियोगिता हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुने कार्यक्रम छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x