दिल्लीको आश्रमबाटै हराए ८ नेपाली महिला

मंसिर २०, २०७५

नयाँदिल्ली — नयाँदिल्लीको दिलसाद गार्डेनस्थित संस्कार आश्रम सेल्टर होमबाट शनिबार मध्यरातिदेखि हराईरहेका आठ नेपाली महिलाको अवस्था अज्ञात छ । 
उनीहरु गत वैशाखदेखि त्यहाँ बस्दै आएका थिए । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

स्थानीय प्रहरी र दिल्ली महिला आयोगको समन्वयमा एक बर्षअघि जीबी मार्केटबाट उद्धार गरिएका उनीहरुलाई त्यसअघि द्धाराकास्थित अर्को आश्रलयमा राखिएको थियो । 
सो आश्रममा बालिका तथा महिला गरी ८० जना बस्दै आएका थिए । 


ADVERTISEMENT

चौबीसै घण्टा सीसीटिभी क्यामराको निगरानी र तारबारसहित अग्लो पर्खाल लगाईएको ठाउँबाट बेपत्ता हुनुलाई रहस्यमय ठानिएको छ ।
 

मंसिर २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार