निर्मला प्रकरण : आइजिपी आफैं सोधपुछमा

मंसिर २०, २०७५

काठमाडाैं- निर्मला प्रकरणले प्रहरी नेतृत्वमाथि कति धेरै दबाब बढाएको छ भने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैं सोधपुछमा खटिएका छन् ।
 काठमाडौंमा पक्राउ परेका एक युवकमाथि सोधपुछ गर्न महानिरीक्षक खनाल आफैं सिआईबीमा पुगेको स्रोत बताउँछ ।

घटनामा उनको प्रबल सम्भावना रहेको ब्रिफिङका आधारमा उनी आफैं सोधपुछका खटिएका हुन् । 


ADVERTISEMENT

विगतमा सिआईबीबाट भएको अनुसन्धान विवादमा परेकाले पनि आइजिपी आफैं खटिएका हुन् ।सोधपुछका क्रममा उनको संलग्नताको धेरै क्लुहरू मिलेको प्रहरी स्रोत बताउँछ । अाजकाे नयाँ पत्रिकाले खबर छापेकाे छ । 

मंसिर २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस