प्रस्तावित राजदूतविरुद्ध कुनै उजुरी परेन, आइतबार  सुनुवाइ

मंसिर २०, २०७५

काठमाडौँ-सदीय सुनुवाइ समितिले प्रस्तावित चारजना राजदूतहरूको आउँदो आइबार संसदीय सुनुवाइ गर्ने निर्णय गरेको छ । 

समितिको बुधबारको बैठकले प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । 


ADVERTISEMENT

शुक्रबार समितिले राजदूत नियुक्तिका विषयमा समावेशी नभएको भन्दै दर्ता उजुरीमा उजुरीकर्तासँग छलफल गर्नेछ । प्रस्तावित राजदूतविरुद्ध भने कुनै पनि उजुरी दर्ता भएका छैनन् ।
सङ्घीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले प्रस्तावित राजदूतलाई सुनुवाइका लागि बोलाउने निर्णय भएको बताए । घिमिरेले भने, ‘मङ्सिर २३ गते प्रस्तावित चारै जना राजदूतलाई सुनुवाइका लागि बोलाउने निर्णय भएको छ । त्योभन्दा अघि शुक्रबार उजुरीकर्तालाई छलफलका लागि आमन्त्रण गर्ने निर्णय भएको छ ।’
गत कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न चार देशका लागि राजदूत सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले नीलाम्बर आचार्यलाई भारत, उदयराज पाण्डेलाई मलेसिया, कृष्णप्रसाद ढकाललाई यूएई र
इजरायलका लागि आडा. अञ्जान शाक्यलाई सिफारिस गरेको हाे। गाेरखापत्र दैनिकमा खबर छ ।

मंसिर २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस