×

NMB BANK
NIC ASIA

सरकारी अनुदानको रासायनिक मलमा कालोबजारी

मंसिर २०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

वीरगञ्ज – पश्चिम पर्साको ग्रामीण क्षेत्रमा रहेको केही सहकारी संस्थाले प्रतिबोरा (५० केजी) ७०० का दरमा खरीद गरेको सरकारी अनुदानको युरिया मल प्रतिबोरा रु ८०० का दरमा बिक्री गरेको पाइएको छ । 

Sagarmatha Cement
Muktinath Bank

कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जले ढुवानी खर्चसमेत गरी बढीमा प्रतिबोरा ७५० रुपैयाँभन्दा बढीमा बेचेको खण्डमा कार्यवाही गरिने चेतावनी दिँदै आइरहेका छन् । तर ग्रामीण क्षेत्रमा रहेका ती सहकारी संस्थाका सञ्चालकहरुले भने ढुवानी खर्च बढी लाग्ने, बाटोभरि ट्राफिक प्रहरीले रकम लिने गरेकाले प्रतिबोरा रु ७५० मा बेच्दा घाटा लाग्ने भएकाले बाध्य भई बढी रकम लिनुपर्ने बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्सामा १११ वटा सहकारी संस्थामार्फत कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयले किसानमाझ रासायनिक मल पुर्‍याउँदै आइरहेका छन । गहुँ खेतीकालागि अति आवश्यक पर्ने मल युरियाको कालोबजारी तथा कृत्रिम अभाव सिर्जना भएपछि पर्साका ग्रामीण क्षेत्रका किसान प्रभावित हँुदै आएका छन् । माग अत्यधिक भए पनि संस्थानले प्रतिसहकारी संस्थालाई हप्तामा २६० बोरा युरिया डिएपी र पोटास मल दिने गरेको तथा ग्रामीण क्षेत्रमा रहेका सहकारी संस्थाहरुले मलको अभाव देखाएर बढी मूल्यमा बेच्ने गरेको पाइएको छ । 


Advertisment
Nabil box
Kumari

सहकारी संस्थाले कृत्रिम अभाव सिर्जना गर्नु, बाटोमै अन्य व्यापारीलाई बढी मूल्यमा बिक्री गर्नुजस्ता करणले किसान भारतीय मल किन्न बाध्य रहेका छन् । एउटा ट्र्याक्टरमा सय बोराभन्दा बढी लोड गरिएमा ट्राफिक प्रहरीले फाइन काट्ने, जथाभावी रकम लिने गरेकाले खर्च धान्न प्रतिबोरा रु ८०० मा युरिया मल बेच्नुपर्ने बाध्यता रहेको बताएका छन् । तर क्षेत्रीय प्रबन्धक अजयकुमार श्रीवास्तवले बढी मूल्यमा मल बेचेको सूचना आएमा टोली खटाइने र बढी मूल्यमा अनुदानको मल बिक्री गरेको पाइएमा त्यस्ता सहकारी संस्थाको बिक्री वितरण प्रमाणपत्र खारेज गरी कार्यवाही गरिने बताए ।

Vianet communication
Laxmi Bank

कम्पनीले पर्सामा आर्थिक वर्ष २०७५/७६ को चार महीनामा युरिया मल २६ हजार ४३७ मेट्रिक टन, डिएपी १३ हजार ३५१ मेट्रिक टन तथा पोटास ५४७ मेट्रिक टन बिक्री गरिसकेको छ भने कात्तिकमा युरिया ४८२ मेट्रिक टन, डिएपी ७११ मेट्रिक टन मल बिक्री गरेको छ । कम्पनीले क्षेत्रीयस्तरमा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सिन्धुली, मकवानपुर, काभ्रे, धादिङ, काठमाडौं, त्रिशूली चितवनलगायत क्षेत्रमा रहेको २० हजार ११४ सहकारी संस्थामार्फत रासायनिक मल बिक्री गर्दै आइरहेको छ । 

संस्थानले तेस्रो मुलुक चीन र तुर्कमैनिस्तानकाट रासायनिक मल मगाउँदै आइरहेको छ भने संस्थानसँग हाल युरिया एक हजार टन र डिएपी एक हजार ४०० टन मौज्दात अवस्थामा रहेको छ । ती मुलुकबाट दैनिकजसो रासायनिक मल आउने क्रम जारी रहेको छ । रासायनिक मलको अभावको मौका छोपी केही सहकारी संस्थाले आफू खुशी बढी मोलमा मल बिक्री गर्ने गरेकाले गहुँ खेती गर्ने किसान प्रभावित हुँदै आएकाले यसतर्फ सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने माग पीडित किसानको छ । पर्सामा किसानले २६ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गर्दै आइरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x