पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं– नेपालको पुरानो व्यवसायिक घराना ज्योति समूहका उपाध्यक्ष रुप ज्योतिलार्इ पक्राउ गर्न पक्राउ पूर्जी जारी भएकाे छ । काठमाडाैं जिल्ला अदालतले रुप ज्याेतिलार्इ पक्राउ गर्न पूर्जी जारी गरेकाे हाे ।
पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका भनिएका रुप ज्योति (कंसकार)ले एउटा व्यक्तिबाट जग्गाको मूल्य लिएर अर्कैलाई बेचेको भेटिएपछि प्रहरीले उनीविरुद्ध ठगी मुद्दामा अनुसन्धान अगाडि बढाएकाे थियाे ।
काठमाडौंको बाँसवारी क्षेत्रमा हाउजिङ निर्माण गर्ने भनेर ल्याण्डमार्क डेभलपर्स प्रा.लि.मार्फत सर्वसाधारण व्यक्तिबाट पैसा लिएर जग्गा फिर्ता नगरेपछि रुप ज्योतिविरुद्ध प्रहरीममा उजुरी परेको थियो ।
काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा बिज्ञेन्द्रकृष्ण मल्लले बाँसवारीस्थित हाउजिङमा घर खरिदका लागि आफूले ल्याण्डमार्क डेभलपर्स प्रा.लि.लाई २ करोड ७० लाख रुपैयाँ बुझाए पनि घर र जग्गा नपाएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
प्रहरीले मल्लको उजुरीमाथि छानबिन गर्ने क्रममा उनलाई दिने भनिएको जग्गा रुप ज्योतिकै सक्रियतामा अर्कै कम्पनीलाई बिक्री गरेको पाइएको छ ।
प्रहरी स्रोतका अनुसार रुप ज्योतिले क्वालिटी डेभलपर्स प्रा.लि. नामको कम्पनी खडा गरेर मल्ललाई बिक्री गरेको जग्गा हडप्ने योजना बनाएका थिए ।
‘अहिलेसम्मको अवस्था हेर्दा रुप ज्योतिले विभिन्न कम्पनी खडा गरेर जग्गा हडप्ने योजना बनाएको देखिन्छ,’ रुप ज्योतिविरुद्धको उजुरीमाथि छानबिन गरिरहेका काठमाडौं प्रहरीका अधिकारीले लोकान्तरसँग भने, ‘जग्गा बिक्री गर्ने भनेर एउटा व्यक्तिबाट पैसा लिएर उक्त जग्गा अर्को कम्पनीका नाममा नामसारी गर्नुको उद्देश्य नै ठगी गर्ने देखिन्छ ।’
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...