धनगढी पुगेर निर्मलाको पोस्टर टाँस्दै हिसिला

मंसिर २०, २०७५

धनगढी–  नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी निर्मला पन्तको पोस्टर टाँस्न धनगढी पुगेकी छिन् । 

बलात्कारपछि हत्या भएकी १३ वर्षीया निर्मलाको हत्यारा पक्राउ र न्यायको माग गर्दै शुरु भएको पोस्टर अभियानमा सहभागी हुन उनी धनगढी पुगेकी हुन् । 


ADVERTISEMENT

यमीले सुदूर पश्चिम प्रदेशको मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद् कार्यालयमा पोस्टर टाँसेकी हुन् । यसका साथै सडक र पोलहरुमा पनि पोस्टर टाँसिएको छ । सरकार भेटियो न्याय भेटिएन पोस्टर पछिल्लो समय काठमाडौंमा टाँसिएको थियो । त्यसपछि यो देशका विभिन्न स्थानमा अभियानको रुपमा नै टाँस्न शुरु गरिएको छ । 
 

मंसिर २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस