×

NMB BANK
NIC ASIA

जनकपुरधाम – सरकारी कागज कीर्ते गरेको आरोपमा पक्राउ परेका मन्दिरका महन्थ बैकुण्ठ दास वैष्णवलाई प्रहरीले सार्वजनिक गरेको छ ।

Muktinath Bank

पक्राउ परेका महन्थ बैकुण्ठलाई जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीवार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलियाले उनलाई सार्वजनिक गर्दै सरकारी कागज कीर्ते गरेको आरोपमा पक्राउ गरी अनुसन्धान थालिएको बताए ।


Advertisment
Nabil box
Kumari

जनकपुरधामको अत्यन्तै प्रमुख मठ मन्दिरमध्येका एक रत्न सागर मन्दिरका महन्थ बैकुण्ठलाई बुधवार काठमाडौंको बागबजारस्थित होटेल तिरुपतिबाट अपराध अनुसन्धान महाशाखाको सहयोगमा पक्राउ गरिएको एसपी थपलियाले बताए । उनलाई बिहीवार काठमाडौंबाट विमानमार्फत् १२ बजे जनकपुर ल्याइएको थियो ।

Vianet communication
Laxmi Bank

जनकपुरधामस्थित जनक हजारी विद्यापीठ क्याम्पसको हकभोगमा रहेको गुठी संस्थानको स्वामित्वमा रहेको करीब ३ बिघा जग्गाको नक्कली मालपोत कागजात बनाएको आरोपमा पक्राउ गरिएको एसपी थपलियाले बताए । महन्थ बैकुण्ठ समेत मिलेर जग्गाको लालपूर्जा नै नक्कली बनाएर स्थानीय अशोक शर्माको नाममा हक स्वामित्व गराइदिएको आरोपमा पक्राउ परेको उनले बताए ।

अशोक शर्मा १ साताअघि नै पक्राउ परी अनुसन्धानको क्रममा दिएको बयानको आधारमा महन्थ बैकुण्ठ समेतको संलग्नता देखिएपछि धनुषा जिल्ला अदालतको आदेशबाट महन्थको नाउमा पक्राउ पुर्जी जारी गरिएको थियो ।

गुठी संस्थान वा मालपोत कार्यालय कहीँबाट पनि त्यो जग्गाको स्वामित्व परिवर्तन भएको छैन । तर महन्थ बैकुण्ठ लगायतले गुठी संस्थानको नक्कली कीर्ते कागजात बनाएर नक्कली प्रमाणपत्र बनाएर अशोक शर्माको हकमा स्वामित्व परिवर्तन गरेको देखिको एसपी थपलियाले बताए । ‘विगतमा पनि उनले कुनै अपराध गरेका छन् कि भन्ने कुराको समेत अनुसन्धान हुनेछन् । त्यसपछि कानून बमोजिम उनलाई सजाय माग दाबी गर्दै अदालतमा उपस्थित गराइने छ,’ उनले भने, ‘मुद्दाको अहिले पनि म्याद बाँकी नै रहेकाले महन्थ बैकुण्ठसँग अब प्रहरीले बयान लिने काम गर्छ र अनुसन्धान पूरा गरेर अदालतसमक्ष उपस्थित गराउने छौं ।’

क्यापम्सका प्राचार्य विजयकुमार चौधरीले दिएको जाहेरीको आधारमा अनुसन्धान गरिएको उनले बताए । उनलाई पक्राउ गरेपछि एसपी थपलियाले भने, ‘धर्मको आधारमा, राजनीतिको आवरणमा वा अन्य कुनै शक्तिको आवरणमा कसैले अपराध गरेपनि उनले उन्मुक्ति पाउँदैनन् । कानूनको दायरामा यसैगरी ल्याइन्छ ।’

पुरानो मुद्दा भएकाले पुरानै मुलुकी ऐन अन्तर्गत सजाय माग दाबी गरिने एसपी थपलियाले बताए । महन्थ बैकुण्ठ पक्राउ परेसँगै जनकपुरधाम शहरमा अहिले यतिबेला उनकै सर्वत्र चर्चा भइरहेको छ । महन्थ बैकुण्ठ जनकपुरमा शक्तिशाली व्यक्तिको रूपमा चिनिने गर्छन् ।

पछिल्लो समय प्रतिनिधि सभाको निर्वाचन हुँदा राजपाका नेता राजेन्द्र महतो र नेकपाका नेता रघुवीर महासेठ पनि उनको मठमा पुगेर उनीसँग आशिर्वाद लिएका थिए । महासेठ हाल भौतिक पूर्वाधार मन्त्री छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x