‘गीत गजल’को छायांकन सकियो

मंसिर २०, २०७५

काठमाडौं–चलचित्र ‘गीत गजल’को छायांकन सकिएको छ । निर्माण टिमका अनुसार ३५ दिनमा चलचित्रको छायाँकन सकिएको हो । चलचित्रको एउटा गीत बाँकी राखेर अरु छायांकन सकिएको निर्माता आरोहण क्षेत्रीले जानकारी दिए ।

नितिन चन्द निर्देशित चलचित्रमा रुप पोखरेल, आरोही सिंह, रश्मी भट्ट, विशाल पहाडी, भिमा मैनाली लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ ।


ADVERTISEMENT

आरोहण प्रोडक्सन प्रा.लिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा बाबु श्रेष्ठको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ ।

मंसिर २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस