×

NMB BANK
NIC ASIA

धार्मिक सम्प्रदाय र संस्थाले गरेको कार्यक्रममा सहभागी हुनु नेपाली परम्परा हो –प्रचण्ड

मंसिर २०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भैरहवा–नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक धार्मिक सम्प्रदाय र संस्थाले गरेको कार्यक्रममा सरकार प्रमुख सहभागी हुने नेपाली परम्परा रहेको बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

सिद्धार्थनगर उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा प्रचण्डले हिन्दू, मुस्लिम लगायत धेरै धार्मिक संप्रदायमा कार्यक्रममा राजनीतिक नेतृत्व सहभागी हुन कुनै अनौठो नभएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मुस्लिमले आयोजना गरेको कार्यक्रममा मुस्लिमले लगाउने टोपी लगाएर त्यही अनुसार गर्ने गरेको छौं’ प्रचण्डले भने,‘ हामीले नवाज वाचन गरेको सम्मानपूर्वक सुनेका छौं ।’


Advertisment
Nabil box
Kumari

मंसिर १३–१६ गते सम्म काठमाडौंमा आयोजना गरिएको एसिया प्यासिफिक समिटका क्रममा प्रधानमन्त्रीले धार्मिक संस्थाबाट सम्मान ग्रहण गरेको भन्दै आलोचना भएपछि प्रचण्डले कार्यक्रमको नाम नलिइ उक्त सम्मान र कार्यक्रममा प्रधानमन्त्रीको सहभागीताको बचाउ गरेका हुन् । 

Vianet communication
Laxmi Bank

प्रचण्डले जनता जहाँ जहाँ हुन्छन् त्यहाँ राजनीतिक नेतृत्व र नेताहरुको उपस्थिती हुने उल्लेख गरे । धार्मिक कार्यक्रममा जाँदा आलोचना हुने गरेको प्रति कटाक्ष गर्दै प्रचण्डले भने,‘ केही दिन पहिला गोकर्णेश्वरमा गएर दियो घुमाएको थिए, धेरै आयो, जनता जहाँ छन् हामी त्यहाँ छौं ।’ 

प्रचण्डले हरेक धर्मावलम्बीहरु लुम्बिनीको भ्रमणमा आउनुपर्ने बताए । ‘लुम्बिनी कुनै धर्मको भन्दा पनि शान्तिको क्षेत्र भएकोले सबै धर्मावलम्बीका मान्छे लुम्बिनीमा आउनु पर्छ यो पवित्र भूमि हो । विश्वका हरेक शान्ती प्रकृयाका हस्ताक्षर यहाँ गर्नुपर्छ ’ प्रचण्डले भने  ।

फरक प्रसंगमा प्रचण्डले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेपनि अव गति लिने दाबी गरे । काम केही सुस्त हुँदैमा कोही हौसिन नहुने प्रचण्डको भनाइ थियो । ‘हौसिएर यो सरकारले काम सुस्त ग¥यो भन्दैमा कोही नाँच्दै हिड्ने, विदेश गएर गुहार माग्ने ? यस्ता काम गर्न हुँदैन’ प्रचण्डले भने । 

सरकारको समिक्षा गर्न तयार रहेको भन्दै प्रचण्डले नराम्रो कामलाई करेक्सन गर्न आफूहरु तयार रहेको बताए ।

‘सरकारले पूर्वाधार निर्माण गर्ने काम राम्रो गरेको छ । केही भएको छैन भन्यो भने पूर्वाग्रही हुन्छौं’ प्रचण्डले भने ।

तर कतिपय घटनाक्रमहरु समिक्षा गर्न लायक रहेको प्रचण्डको भनाइ थियो । ‘कतिपयमा जताको गुनासो सुनिएको छ, निर्वाचनमा गरिएका बाँचा अनुसार काम भएनन् कि ? समिक्षा गर्नुपर्छ’ प्रचण्डले भने,‘वृद्ध भत्ता पाँच हजार पु¥याउँछौ भन्दै भाषण गर्दै हिड्यौैं अहिले एक रुपैयाँ पनि नवढाउँदा खल्लो भएको छ । आगामी बजेटमा व्याजसहित थपेर वृद्धभत्ता बढ्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x