×

NMB BANK
NIC ASIA

मृत सागरको आकृति बनाई विश्व कीर्तिमानको प्रयास सफल

मंसिर २०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – स्टेम फाउन्डेसन नेपाल र वातावरण विभागको संयुक्त आयोजनामा प्रयोग भइसकेका प्लास्टिकका झोलाबाट मृत सागरको आकृति बनाई विश्व कीर्तिमान राख्ने कार्यक्रमको प्रयास सफल भएको छ ।

Muktinath Bank

विश्व वन्यजन्तु कोषको प्राविधि तर्फको र जगदम्बा स्ट्ल्सिले आकृति निर्माण गरी सहआयोजक भूमिका निर्वाह गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा विभिन्न संघसंस्था तथा विद्यालयका प्रतिनिधिको उपस्थितिमा ८७ हजार २ सय ३२ थान प्लास्टिकको झोला आकृतिमा बाँधिएको हो । वातावरणमा प्लास्टिकले पारेको असरलाई सांकेतिक रुपमा सिगापुरले ६८ हजार प्लास्टिकले अक्टोपसको आकृति निर्माण गरिएको रेकर्ड प्राप्त भएको छ । 


Advertisment
Nabil box
Kumari

कार्यक्रममा बोल्दै शहरी विकासमन्त्री मोहम्मद ईस्तिहाक राईले कार्यक्रमको सफलतासँगै प्लास्टिकले वातावरणमा परेको असर न्युनीकरणमा नेपाल सरकार जिम्मेवार रहेको बताए । उनले युवा पुस्ताको यस अभियानलाई समर्थन र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Vianet communication
Laxmi Bank

हजारौं नागरिकको उपस्थितिमा सो कार्यक्रम सम्पन्न हुनाले वातावरणप्रतिको संवेदनशीलता बढ्दै गएको छ । कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्रविधि प्रमुख डा. रविन्द्र ढकालले प्लास्टिकबाट डिजेल बनाउने प्रविधि ल्याएसँगै प्लास्टिकमा न्युनीकरण भएको र प्लास्टिकको पूर्ण प्रयोगमा सबैलाई जोड दिन आग्रह गरे ।

आयोजकका तर्फबाट बोल्दै स्टेम फाउन्डेसनका अध्यक्ष सर्जन बिसीले पर्यावरण र प्रकृतिमा प्लास्टिकको अनावश्यक र अव्यवस्थित प्रयोगले पारेको नकारात्मक असरबारे विश्वको ध्यानाकर्षण गर्दै नेपालीमा सचेतना ल्याउन कार्यक्रम आयोजना गरिएको बताए ।

विश्व कीर्तिमानको लागि पहिला दाखिला भएको रेकर्डभन्दा १९ हजार २ सय ३२ थान प्लास्टिकका झोला बढी बाँधिएको हो । कार्यक्रममा वातावरणविद् प्रा.डा. दिनेश भुजु, विश्व वन्यजन्तु कोषका उपनिर्देशक राजेन्द्र सुवाल लगायतका वक्ताले प्रतिवद्धता मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बागमती अभियन्ता डा. राजु अधिकारी र युवा अभियन्ता केपी खनाल लगायतले वातावरणप्रति जिम्मेवार बन्न आग्रह गरेका थिए । जगदम्बा स्टिल्सले संस्थागत सामाजिक दायित्व बहन गर्दै मृत सागरको आकृति निर्माण गरिदिएका हो ।


विश्व वन्यजन्तु कोषले वन, वातावरण र पर्यावरणका क्षेत्रमा यससँगै विभिन्न कार्यक्रममा सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको छ । स्टेम फाउन्डेसन नेपालले आवश्यक प्रक्रिया पूरा गरी विश्व कीर्तिमानीका लागि प्रमाण पेश गर्ने जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x