सीके राउत राज्यद्रोह मुद्दाको पुर्पक्षका लागि जेल चलान

मंसिर २०, २०७५

काठमाडौं– स्वतन्त्र मधेस गठवन्धनका संयोजक डा. सीके (चन्द्र कान्त) राउत राज्यविरुद्धको संगठित अपराध (राज्यद्रोह) मुद्दाको पुर्पक्षका लागि जेल चलान भएका छन् । 

जिल्ला अदालत रौतहटले राउतलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । बिहीवारको थुनछेक बहसपछि जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलाशले राउतलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको हो । 


ADVERTISEMENT

गत असोज २९ गते जिल्ला अदालत रौतहटमा नै तारेख बुझाउन आएका क्रममा राउत पक्राउ परेका थिए । 

राउतको गिरफ्तारी गैरकानूनी भएको भन्दै उनका दाई जयकान्तले कात्तिक ११ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए । 

जयकान्तको रिटको सुनुवाई गर्दै सर्वाेच्चकी न्यायाधीश मिरा खड्काले १३ कात्तिकमा सीके राउतलाई अदालतमा उपस्थित गराउन आदेश जारी गरेकी थिइन् । 

त्यसयता राउतको मुद्दामा ६ वटा पेशी तोकिएका थिए । सातौं पेशीको रुपमा सोमवार न्यायाधीश दीपकराज जोशी र वम कुमार श्रेष्ठको इजलाशले राउतको गिरफ्तारीविरुद्ध परेको रिट खारेज गरिदिएको थियो । 


 

मंसिर २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस