×

NMB BANK
NIC ASIA

अब समाधान होला नगरकोटको दोहोरो कर विवाद ? चार नगरपालिकाले गरे ४ बुँदे निर्णय

मंसिर २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काभ्रे–पर्यटकीय क्षेत्र नगरकोट जाने विदेशी पर्यटकका लागि दोहोरो कर लिएको भन्दै होटल व्यवसायी र स्थानीय बासिन्दाले कर लिने काम बन्द गर्न आग्रह गर्दै विरोध गरिरहेका बेला सो क्षेत्रको सिमानामा परेका चार नगरपालिकाले बिहीबार चार बुँदे निर्णय गरेका छन् । 

Muktinath Bank

काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा पर्ने पर्यटकीय क्षेत्र नगरकोटमा जाने विदेशी पर्यटकलाई दुवै सिमानामा पर्ने नगरपालिकाले दुवैतिरबाट करीब २०० मिटरको दूरीमा झण्डै दुई महीना अगाडिदेखि दोहोरो कर उठाउँदै आएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो विषयले चर्को रुप लिइरहेको बेला दुवै जिल्लाको सिमानामा पर्ने चार नगरपालिका काभ्रेपलाञ्चोकको मण्डनदेउपुर र बनेपा नगरपालिका तथा भक्तपुरको चाँगुनारायण र शङ्खरापुर नगरपालिकाले सयुक्त रूपमा चार बुँदे निर्णय गरेकोे मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

उनका अनुसार दुई जिल्लाबीचका चार नगरपालिकाले समेटेका सिमाना छुट्याउन नापी विभागमा अनुरोध गर्ने, नगरकोट एकीकृत नगर विकासका लागि दीर्घकालीन गुरुयोजना बनाउने र त्यसका लागि मण्डनदेउपुर र चाँगुनारायण नगरपालिकाले खर्च व्यहोर्ने, नगरकोट पर्यटन क्षेत्र घोषणा गर्न नेपाल सरकार, प्रदेश सरकार र पर्यटन बोर्डलगायत सम्बन्धित निकायमा पहल गर्ने र भक्तपुरबाट नगरकोट जाने सडक ठेक्का लगाएको चार वर्ष बितिसक्दा पनि निर्माण कम्पनीले काम नगरेकाले सडक विभागलगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन पहल गर्ने निर्णय भएको छ । 

Vianet communication
Laxmi Bank

मण्डनदेउपुर नगरपालिकाले सार्क राष्ट्रका नागरिकका लागि प्रतिव्यक्ति रु २२६ र रार्क राष्ट्रबाहेकका नागरिकका लागि रु ३३९ लिने गरेको थियो भने चाँगुनारायण नगरपालिकाले सार्क राष्ट्रका नागरिकका लागि प्रतिव्यक्ति रु २०० र रार्क राष्ट्रबाहेकका नागरिकका लागि रु ३०० लिने गरेको थियो । 
उक्त नगरपालिकाले भने यही २६ गतेबाट लागू हुने गरी तत्कालका लागि कर उठाउने काम बन्द गर्ने निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए । 
 ‘मण्डनदेउपुरले पनि कर उठाउन थालेपछि करको विषयमा धेरै विवाद निस्केका कारण तत्कालको लागि नउठाउने निर्णय गरेका छौँ”, नगरप्रमुख मिश्रले भन्नुभयो । 

भौगोलिक हिसाबले अग्लो ठाउँ भएको र त्यहाँबाट हिमशृङ्खलाका अवलोकन गर्नाका साथै बिहानको सूर्योदय र वरिपरिको प्राकृतिक सुन्दरतामा रम्न गर्न बाह्य तथा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्दछ । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x